आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट

आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट


काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९।.६ प्रतिशत कम हो। गत आर्थिक वर्ष लघुवित्तले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी पनि गत आर्थिक वर्षको तुलनामा घटेको छ । हाल लघुवित्तको खुद ब्याज आम्दानी १२.२० प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ९.०८ प्रतिशत घटेको छ। लघुवित्तको वितरण योग्य मुनाफा २ करोड ४६ लाख रुपैयाँ रहेको छ।

हाल उक्त संस्थाको चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ राखेको छ ।