काठमाडौं- विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
लघुवित्तको सञ्चालक समितिको हिजो बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७र७८ मा ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेपछि त्यसयता लाभांश वितरण गरेको छैन ।
प्रतिक्रिया