काठमाडौं – कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ।
सन् २०१३ मा नेपाली व्यवसायी डा . मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको हो ।अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी काम गर्दै आएको छ ।नास्डाकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कम्पनीबीच मर्जर सम्झौता भएको हाे।
सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २ करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने छ ।सन् २०२४ को दोस्रो त्रैमासको अन्त्यसम्ममा नास्डाकमा सूचीकृत हुनेगरी मर्जर सम्झौतालाई अगाडि बढाइएको दुवै कम्पनीले जनाएका छन् ।






About Us
प्रतिक्रिया