स्वदेशमै सम्भव छ

दिपिका र समीक्षाको ‘प्याक माई लन्च’

दिपिका र समीक्षाको ‘प्याक माई लन्च’


काठमाडौं-‘स्वस्थ जीवनको लागि आवश्यक स्वस्थकर खाना’ यो त हामी सबैको जीवनको आवश्यकता जस्तै नै छ । स्वस्थकर र घरको स्वाद आउने खानाको खोजीमा हामी सबै हुन्छौ । स्वस्थकर खाना, उत्कृष्ट सेवा र घरको स्वाद एकै ठाउँमा कहाँ पाइन्छ भन्दा ‘प्याक माई लन्च’ मा । तर कसरी ? १० वर्ष पहिलाको कुरा हो विशालनगरमा वासोवास गर्ने दिपिका अफिसमा अत्यन्तै व्यस्त हुन्थिन । उनीसँग खाना खाने एकै मिनेट पनि फर्सद हुँदैनथ्यो । धेरैजसो बाहिरबाटै खाना–खाजा मगाएर खानुपर्ने बाध्यता थियो । तर बाहिरबाट मगाउँदा भनेजस्तो खाजा नपाउँदा अत्यन्तै समस्या हुन्थ्यो । २०६२ देखि २०६६ साल सम्म दिपिका भारतको दिल्लीमा थिइन । त्यहाँ उनी पढ्थिन ।

पढ्ने क्रममा दिल्लीमै समीक्षा राईलाई दिपिकाले भेटिन् । उनीहरु साथि बने । दिपिकाले दिल्ली विश्वविद्यालयबाट इन्टेरियर डिजाइनिङ्ग गरेकी हुन् । समीक्षा पनि दिल्ली विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायमा स्नातक सकेर उनी व्यवसाय प्रशासनमा स्नातकोत्तर गर्न अमेरिका गइन् । उनी २०६७ सालतिर नेपाल फर्किन । दिपिका र समीक्षा नेपाल फर्केर आफ्नै काममा व्यस्त भए । तर दुवैले एउटै समस्या भोगिरहेका थिए ।
भिडियो

त्यो हो समयमा खाना खानै नपाइने पाए पनि राम्रै नहुने । त्यो क्षणलाई सम्झिँदै उनले भने, ‘दिल्लीमा हुँदा धेरैले टिफिन बक्समा खानामा डेलिभरि गरिदिने कम्पनीबाट खाना आँउथ्यो । खाना पनि स्वस्थकर नै हुन्थ्यो । नेपालमा पनि त्यस्तै खाना डेलिभरी सेवा खोज्दा भेट्दै भेटिएन ।’ त्यसपछि एउटै समस्या भोगेका उनीहरुले एकदिन कुरा गर्दा नेपालमा पनि त्यस्तै खोल्न पाए हन्थ्यो भन्ने भान भयो । उनीहरुले त्यस विषयमा पनि ब्यापक छलफल गरे । अमेरिका बसाइमा समीक्षाले पनि विभिन्न खाना डेलिभरी कम्पनीबारे बुझेको बताईन । केही समय उनीहरूबीच नेपालमा सोही अवधारणामा कम्पनी खोल्ने विषयमा छलफल चल्यो । त्यसपछि उनीहरुको मनमा कुरा खेल्न थाल्यो र भने, ‘नेपालमा यस्तो व्यवसाय नेपालमा ठिक होला त ? व्यवसाय चल्छ कि चल्दैन फेरि ।’

यस्ता थुप्रै प्रश्नले कामको सुरुवात गर्न उनीहरुमा इच्छा जाग्यो । त्यसपछि उनीहरुलाई केही कुराले पनि रोकेन । कम्पनी सुरुवात गर्दै गर्दाको समयलाई सम्झीदै उनीहरु दुवैले भने, ‘रोक्न खोजे पनि कोसिस नगरी हार खानु भन्दा कोसिस गर्दा अवस्य सफल भइन्छ । अन्त्यमा हामीले त्यही रोज्यौं । त्यही गर्यौ।’

त्यसपछि २०७० सालको असोजमा उनीहरूले अत्यन्तै नौलो व्यवसाय सञ्चालनमा ल्याए । त्यो हो ‘प्याक माई लन्च’ । ‘प्याक माई लन्च’ स्वस्थ, सुलभ, स्वादिलो खाना खाजा डेलिभरी गर्ने उद्देश्यले खुलेको कम्पनी हो । यसले क्यान्टिन, क्याटरिक, फ्रोजन फुड, इभेन्ट म्यानेजमेन्ट, पुजा वर्तमान लगायत सम्पूर्णलाई ध्यानमा राखेर खाना खाजाको सेवा दिईरहेको छ । शुरुवाती दिनमा महिला उद्यमीलाई हेर्ने नजर फरक रहेको र गम्भिर नसोचिदिने, मजाकमा लिइदिने जस्तो समस्या रहेको बताउँछिन । दिपिका ‘पहिला व्यवसाय हुरुवात गर्ने क्रममा हामीलाई गम्भीरताले नलिने समस्या थियो अहिले विस्तारै सहज हुँदै गएको छ ।’
‘प्याक माई लन्च’ खुलेको १० वर्षको अवधिमा अधिकांश ग्राहकबाट घरको स्वाद पाइने खाना भन्ने प्रतिक्रिया पाएको बताउँछिन दिपिका सह सञ्चालिका समीक्षा भन्छिन्, ‘छोटो समयमै मिलेको सकारात्मक प्रतिक्रियाले व्यवसाय विस्तार गर्न हौसला मिलेको छ ।’

कुनै पनि व्यवसायलाई शुरुवात गर्न होस या विस्तार गर्न आर्थिक पक्ष सवल हुनु आवश्यक हुन्छ । ‘प्याक माई लन्च’ को सुरुवात गर्ने क्रममा सरकारले महिला उद्यमी ऋण दिएको हुँदा सहज भएको बताउँछिन । समीक्षा भन्छिन, ‘सरकारले कम ब्याजमा ऋण दिएको भएर व्यवसायलाई शुरुवाती दिनमा सहज भएको थियो । तर पछिल्लो समय नेपालमा केही गर्न सकिँदैन भन्नेहरुको जमात धेरै छ । नयाँ उद्यमी गर्न चाहनेहरूका लागि केही अवसर नै छैन भन्ने मानिसहरु पनि छ्याप्छ्याप्ती भेटिन्छन । तर त्यती धेरै निराश पनि हुनुहुँदैन । नेपालमा धेरै कुरा सम्भव छ । यहीँ उद्यम गर्नुपर्छ ।’ उनी भन्छिन, ‘सरकारलाई सधैँ दोष दिनु हुदैन विभिन्न प्रावधानहरू छन हामीले खोजी गर्न अल्छी गरेको मात्र हो ।’

सरकारले घरघरमा सेवा पुर्याउँदैन सरकारको पनि आफ्नै काम गर्ने तरिका हुन्छ । तर सहयोग भने पक्कै गर्छ । धाउनुपर्यो ।’ उनीहरु भन्छन, ‘शुरुवात गर्न सरकारले केही हदसम्म सहयोग गरेको छ । गएर बुझदा सरकारले सहयोग गर्छ । अरु समाचार जस्तो बनाएर विज्ञापन गरेर प्रचार गर्न पर्दैन । आफ्नो कम्पनीको लागि बुझेर हेर्नुस केही प्रावधानहरू हुन सक्छन ।’ पछिल्लो समय धेरै युवाहरु विदेशिएको देखेर डराउनुपर्दैन । विगतको अवस्था र अहिलेको अवस्थाको कुरा गर्ने हो भने नेपालमा धेरै परिवर्तन आइसकेको छ । अहिले नेपालमा धेरै अवसरहरु पनि उत्पन्न भइरहेका छन । विदेश जानै पर्दैन । नी ।’

समिक्षा भन्छिन, ‘ मलाइ त युवाहरु त्यसै विदेशिएको जस्तो लाग्छ । यहाँ कोसिस नगर्ने तर विदेश गएर जे काम पनि गर्ने । मिहेनेत त जाहाँ गएपनि गर्नैपर्यो नि ।’ उनीहरु भन्छन, ‘नेपालमा सानो–सानो काम गर्न लजाउने । त्यही काम विदेश गएर गर्न केही नहुने । नेपालमा सानो काम गर्न लाज लाग्ने हुँदा पनि हाम्रो देश पछाडी पर्यो कि भन्ने लाग्छ ।’

समीक्षा र दिपिकाले धेरै युवाहरुलाई सीप सिकाएर रोजगारी दिन पाएकोमा खुशी मिल्ने बताउँछन । विभिन्न चुनौतीलाई पार गरेर १० वर्ष सम्म आफ्नो व्यवसाय टिकाउन पाउनु, स्वस्थकर खाना र सेवा दिँदाको खुशी, ४०/५० जनालाई रोजगारी दिन पाउनु लाई नै सफलताको परिभाषा मान्छन दिपिका र समीक्षा ।