बैंकिङ्ग समाचार, काठमाडाैं-ईपीएस कार्यालय बालकुमारीअगाडि विद्यार्थीले गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते अर्का युवककाे पनि मृत्यु भएकाे छ । प्रहरीकाे गाेली लागेपछि पाटन अस्पताल पुर्याइएका वीरेन्द्र शाहीकाे मृत्यु भएकाे केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गरे ।
यसअघि प्रहरीको गोली लागेर घाइते भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको थियाे ।
जहाज निर्माणसम्बन्धी कामका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण विद्यार्थीले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै ईपीएस कार्यालय बालकुमारी अगाडि प्रर्दशन गरेका थिए । सोक्रममा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएपछि प्रदर्शनले उग्र रूप लिएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी, अश्रुग्यास र केही राउन्ड गोलीसमेत चलाएको छ।
प्रतिक्रिया