बालकुमारी घटना : गोली लागेका एक जनाको मृत्यु

बालकुमारी घटना : गोली लागेका एक जनाको मृत्यु


बैंकिङ्ग समाचार, काठमाडौं– ईपीएस कार्यालय बालकुमारीअगाडि विद्यार्थीले गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले बताए । गोली लागेका अर्का एक जनाको उपचार भइरहेको छ ।

जहाज निर्माणसम्बन्धी कामका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण विद्यार्थीले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै ईपीएस कार्यालय बालकुमारी अगाडि प्रर्दशन गरेका थिए । सोक्रममा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएपछि प्रदर्शनले उग्र रूप लिएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी, अश्रुग्यास र केही राउन्ड गोलीसमेत चलाएको छ।