पर्यटन मन्त्रालयकाे एक वर्ष, यस्ताे छ प्रगति विवरण

पर्यटन मन्त्रालयकाे एक वर्ष, यस्ताे छ प्रगति विवरण


बैंकिङ्ग समाचार, काठमाडौं– पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा सरकार गठन भएकाे एक वर्ष पूरा भयाे । प्रधानमन्त्री दाहालले सत्ताराेहणकाे एक वर्ष पुगेकाे अवसरमा विभिन्र मन्त्रालयबाट प्राप्त प्रगति विवरणसहित राष्ट्रकाे नाममा सम्बाेधन गरेका थिए ।

सरकार गठनपछि मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा प्रधानमन्त्री दाहालले माघ ३ गते सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गरेका थिए । मन्त्रालयले किरातीले नेतृत्व सम्हालेपछिकाे करिब एक वर्षीय कार्यकालयकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ ।

यस्ताे छ मन्त्रालयकाे प्रगति विवरण :

प्रमुख नीतिगत विषय

नीतिगत विषय/क्षेत्रप्रगति/सुधार/आगामी कार्यदिशा
राष्ट्रिय संस्कृति नीति २०६७संशोधनको प्रक्रियामा रहेको
राष्ट्रिय अभिलेख नीति (नयाँ), नयाँ सम्पदा कार्यविधिमस्यौदा तयार भएको
पर्यटनऐन २०३५, प्रतिलिपि अधिकार संरक्षण ऐन २०५९, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन २०५५ र  प्राचीन स्मारक संरक्षण ऐन २०१३समसामयिक बनाउन संशोधनको कार्य अन्तिम चरणमा रहेको
संस्कृतिऐन र पर्यटन प्रतिष्ठान स्थापना सम्बन्धी ऐन (नयाँ)प्रारम्भिक मस्यौदा तर्जुमा भएको
नेपाल नागरिक उड्डयन प्राधिकरण(नियमन)विधेयक तथा हवाई सेवा प्राधिकरण (सेवा प्रदायक)विधेयक, २०८०मस्यौदा मन्त्रिपरिषद्‍मा पेशभएको (२०८० जेठ)
अभिलेख संरक्षण ऐन, २०४६ (संशोधन)राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएको
पर्वतारोहण नियमावली, २०५९ को संशोधनअर्थ मन्त्रालयको राय/सहमति प्राप्त भई कानून मन्त्रालयमा पठाउने चरणमा रहेको
गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली तथा हवाई सेवा व्यवस्थापन नियमावलीमस्यौदा उपर कानून मन्त्रालयमा राय-सहमतिका लागि प्रेषित
दुर्गम क्षेत्र हवाइ सेवा कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधिमस्यौदा तयारी अन्तिम चरणमा रहेको

मन्त्रालयको कार्यसम्पादन चुस्त बनाउन गरिएका प्रयास/व्यवस्थाहरु

  • सूचना प्रविधिको माध्यमवाट होटल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली लागु  गरिएको।
  • मन्त्रालयमा अनलाइन ग्रिभेन्स सिस्टम लागू गरी सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासोको सम्वोधन गर्ने व्यवस्था मिलाइएको।
  • भरतपुर विमानस्थल विस्तार तथा भरतपुर, भोजपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलको आन्तरिक टर्मिनल भवन निर्माण कार्य प्रारम्भ भएको।
  • नेपालगञ्ज, धनगढी र विराटनगर विमानस्थलहरुमा ब्यागेज कन्भेयर बेल्ट जडान भई सञ्चालनमा आएको।
  • काठमाडौं उपत्यका बाहिरका ८ वटा विमानस्थलबाट रात्रीकालीन उडान हुने गरेको र वायुसेवा रात्री विश्राम गर्ने व्यवस्था मिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप कम गरिएको।
  • हालसम्म ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएको। हालै नेपाल र रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको तथास्वीजरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौता गर्ने प्रकृया अन्तिम चरणमा रहेको।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु सेवा सुविधाका लागि अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनमा यात्रु प्रस्थान कक्ष विस्तार भएको।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सम्बन्धी कार्य भइरहेको। आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म यात्रुहरुको आवतजावतको लागि विद्युतीय बसको व्यवस्था, पर्याप्त व्यागेज ट्रलिहरुको व्यवस्था गरिएको।
  • भूकम्पबाट क्षति भएका ९२० पुरातात्त्विक सम्पदाहरुको मर्मत सम्भार र पुनर्निर्माणको कार्य हालसम्म  ७२६ वटा (७९ %)सम्पन्न भएका साथै बाँकी सम्पदाहरुको पुनर्निर्माण कार्यभइरहेको।
  •  कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नतयार भएको ।

जनतामा आशा र भरोसा जगाउन सेवा प्रवाहमा सुधार

  • दुर्गम क्षेत्र उडान गर्ने तीन थान साना जहाज टेन्डर गरी मुल्यांकनको चरणमा रहेको । वर्षौं अगाडिबाट ग्राउन्डेड जहाज मर्मत गरी सञ्चालनमा ल्याउन मर्मतसम्भार अगाडी बढेको । ट्रङ्क रुटमा उडान गर्ने ३ वटा र अन्तर्राष्ट्रिय उडानको लागि न्यारf] बडी ३ वटा  जहाजको लिज प्रक्रिया अघि बढेको। लामो समय देखी थन्किएर रहेका चिनियाँ जहाज लिलाम बिक्री प्रक्रिया अगाडि बढेको।
  • नेपाल वायुसेवा निगमले ३ (तीन) वर्षमा ३ (तीन) गुणाले व्यापार वृद्धी गरेको ।
  • सम्पदा सरसफाई निर्देशिका जारी गरी सम्पदा सरसफाईलाई निरन्तरता दिदै आएको,
  • वायुसेवा निगम र नारायणहिटी दरवार संग्रहालयमा इ – टिकट लागु गरिएको,
  • एयरपोर्ट सरसफाई गरी स्यानिटरी प्याड तथा संगीत सहितको सौचालय व्यवस्थापन गरिएको तथा अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन परिसरमा रहेको गुनासा सम्बोधन गर्दै यात्रुमैत्री विधुतीय भर्याङ र नयाँ लिफ्ट जडान गरिएको,
  • लगेज हराउने समस्यालाई चुस्त गुनासो सुनुवाईको प्रवन्ध गरी यात्रु गुनासो न्यूनीकरण गरिएको,
  • सम्पदा बस यात्रा (हप अन हप अफ) सेवा परीक्षणको रुपमा सुरु गरिएको ,
  • वायुसेवा निगमलाई व्यवस्थापन करारमा लान अध्ययन समिति बनाई कार्य प्रारम्भ गरिएको,
  • निजगढ़ विमानस्थल निर्माणको कार्य प्रारम्भिक रुपमा अघि बढाइएको,
  • गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक तयारी गरिएको।
  • पशुपति हिन्दु,रैथाने र पर्यटन विश्वविद्यालय स्थापनाको लागि अध्ययन अघि बढाइएको,
  • पर्वतारोहणका लागि पर्यटक  सूचना व्यवस्थापन  प्रणाली (TIMS) लागु गरिएको,
  • वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय सुधार अध्ययन समिति बनाई सो समिति बाट प्राप्त प्रतिवेदन कार्यन्वयन र सुधार कार्यलाई तिब्रता दिइएको,
  • पशुपतिमा निशुल्क विधुतीय शव दाह गृह संचालन गर्ने कार्य अन्तिम चरणमा पुगेको,
  • पर्यटन तथा सांस्कृतिक कुटनीतिलाई प्रभावकारी बनाउन पोखरामा नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट फेस्टिभल र लुम्बिनी तथा पोखरामा नेपाल भारत संयुक्त योग कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको,
  • नयाँ सम्पदा निर्माण ( कहिरन पहाड र रिसिया पहाड) को अवधारणा ल्याई कार्य अघि बढाइएको,
  • खुला संग्रहालय, मौखिक ज्ञान संग्रहालय, सम्पदा गाँउ निर्माण (लुम्बिनी), पुरानो सांस्कृतिक गाँउको खोजी गर्ने कार्य अगाडि बढाइएको।
  • पशुपति क्षेत्रको सुकुम्वासी समस्या समाधान र संस्थाको नाममा रहेको जग्गा हाल साविक गर्ने कार्य अन्तिम चरणमा रहेको।
  • नेपालबाट विभिन्न ढङ्गले विदेशिएका मूर्ति तथा सम्पदाहरु हालसम्म 145 वटा फिर्ता ल्याइसकिएको र बाँकी फिर्ता ल्याउने कार्य जारी रहेको।
  •  राजतन्त्रकालीन समय देखि गैरकानुनी तरिकाबाट पशुपतिमा विसंगतिपूर्ण कार्य गर्ने  सयभन्दा बढी संख्यामा रहेका सल्लाहकार हरु खारेज गरिएको
  •   वर्षौं देखि ९ रोपनी जग्गा वार्षिक ५१ हजारमा गैर कानुनी तरिकाबाट संचालन गरिरहेको पशुपति गौशाला धर्मशालाको सम्झौता रद्ध गरी  समसामयिक बनाउन नयाँ प्रक्रिया थालनी गरेको,
  • पर्यटकलाई लक्षित गर्दै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नका लागि सांस्कृतिक संस्थानमार्फत प्रत्येक शुक्रबार मौलिक संस्कृति झल्कने कार्यक्रमको प्रस्तुति प्रारम्भ भएको।
  • अभौतिक सांस्कृतिक सम्पदाहरुलाई कार्यविधि तयार गरी सूचीकरणको कार्य प्रारम्भ भएको।
  • “नेपाल घुमौं नेपाल चिनौं” भन्ने कार्यक्रम अन्तर्गत पर्यटकका लागि सम्पदा नाटक,घुमन्ते अभियन्ताहरुसंग सहकार्य, रैथाने खाना महोत्सव,जात्रा महोत्सव जस्ता कार्य अघि बढाइएको |