सरकारलाई २३ खर्ब ५७ अर्ब ऋणको भार, ४ महिनामा ५५ अर्ब ४४ करोड रुपैंयाँ सावाँ भुक्तानी

सरकारलाई २३ खर्ब ५७ अर्ब ऋणको भार, ४ महिनामा ५५ अर्ब ४४ करोड रुपैंयाँ सावाँ भुक्तानी

कहिले हुन्छ ऋण चुक्ता ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारको टाउकोमा २३ खर्ब ५७ अर्ब छ करोड ८० लाख रुपैंयाँ ऋण देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक बर्षको यही कात्र्तिक मसान्तसम्ममा सरकारले तिर्न बाँकी रहेको आन्तरिक र बाह्य ऋण २३ खर्ब नाघेको हो ।
सरकारको तिर्न बाँकी रहेको कुल ऋण दायित्वमा आन्तरिक ऋणतर्फ ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्यतर्फ ११ खर्ब ७३ अबृ ४९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार सरकारले चालु आर्थिक बर्षको यही कात्र्तिक मसान्तसम्ममा तिर्न बाँकी रहेको कुल ऋणदायित्व मध्येमा ५५ अर्ब ४४ करोड ६८ लाख रुपैंयाँ भुक्तानी गरेको छ । जसमध्ये आन्तरिक ऋणतर्फ ४४ अर्ब ८४ करोड १७ लाख र बाह्यतर्फ १२ अर्ब ६० करोड ५१ लाख रुपैंयाँ सावाँ भुक्तानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको यही कात्र्तिक मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ ९७ अर्ब ३१ करोड र बाह्य तर्फ १५ अर्ब ८५ करोड ३० लाख रुपैंयाँ गरी कुल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख रुपैंयाँ ऋण प्राप्त गरेको छ । तिर्न बाँकी रहेको ऋणको अवस्था अन्र्तगत चालु आवको कात्र्तिक मसान्तममा तिर्न बाँकी ऋणको सुरु मौज्दात २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैंयाँ रहेको छ । यस मध्ये आन्तरिकतर्फ ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख र बाह्यतर्फ ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैंयाँ रहेको छ ।

यही कात्र्तिक मसान्तसम्ममा सरकारले तिर्न बाँकी रहेको ऋण दायित्व (रकम रु करोडमा)

ऋणको स्थितीशुरु मौज्दातप्राप्तीसावाँ भुक्तानीतिर्न बाँकी दायित्व
तिर्न बाँकी ऋणको अवस्था२२९९३५.२५११३१६.३०५५४४.६८२३५७०६.८७
आन्तरिक ऋण११२९१०.३८९७३१.००४२८४.१७११८३५७.२१
बाह्य ऋण११७०२४.८७१५८५.३०१२६०.५१११७३४९.६६
(श्रोतः सार्वजनिक ऋण व्यवस्थापन कार्यालय)