बैंकहरूको सम्पत्ति ६४ खर्ब, कुन बैंकको कति सम्पत्ति ?

बैंकहरूको सम्पत्ति ६४ खर्ब, कुन बैंकको कति सम्पत्ति ?



बैंकिङ्ग समाचार, काठमाडौं ।

देशमा सञ्चालित २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय रिपोर्ट सार्वजानिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको सम्पत्ति १०.९७ प्रतिशतले बढेको छ ।

२० वटा बैङ्कहरूको कुल सम्पत्ति हाल ६३ खर्ब ८२ अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधि साउन, भदौ, असोज मा वाणिज्य बैंकहरूको यस्तो सम्पत्ति ५७ खर्ब ५१ अर्ब २२ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैङ्कका अनुसार बैङ्कहरूको सम्पत्तिको मूल्य वृद्धि, कतिपय बैङ्कहरूले खराब कर्जाको धितो सकार्नु लगायतले पनि वाणिज्य बैङ्कहरूको सम्पत्ति बढेको हो।

गत आवको सोही अवधि साउन, भदौ, असोज मा वाणिज्य बैंकहरूको यस्तो सम्पत्ति ५७ खर्ब ५१ अर्ब २२ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

वित्तीय विवरण अनुसार सबैभन्दा धेरै सम्पत्ति बैंक ग्लोबल आइएमई बैंकको रहेको छ भने दोस्रो बढी सम्पत्ति हुने बैंकमा नबिल बैंक र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको कुल सम्पत्ति ५ खर्ब ४६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । बैंकको गत वर्षको सोही अवधिमा ३ खर्ब ५४ अर्ब ६५ करोड रुपैयाँ सम्पत्ति थियो । गत आर्थिक वर्षको असारसम्म ५ खर्ब २६ अर्ब ३७ करोड रहेको थियो । बैंकको गत वर्षको समीक्षा अवधिको तुलनामा १ खर्ब ९१ अर्ब ६१ करोडले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको सम्पत्ति ५ खर्ब २ अर्ब ७५करोड लाख रुपैयाँ पुगेको छ । बैंकको गत आवको समीक्षा अवधिमा बैंकको यस्तो सम्पत्ति ४ खर्ब २१ अर्ब ८ करोड रुपैयाँ थियो । गत वर्षको अन्त्यमा बैंकको जम्मा सम्पति ८१ अर्ब ६७ करोडमात्रै थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा ९एनआइएमबि० बैङ्कसँग ४ खर्ब ५३ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बराबरको कुल सम्पत्ति छ। विशेष गरी मर्जरमा गएका बैङ्कहरूको सम्पत्ति वृद्धि भएको देखिन्छ।

हाल एनआइसी एशिया बैङ्कसँग ४ खर्ब २९ अर्ब ३७ करोड ८८ लाख, राष्ट्रिय वाणिज्य बैङ्कसँग ४ खर्ब ३ अर्ब ३६ करोड ७५ लाख, कुमारीसँग ३ खर्ब ९० अर्ब ७९ करोड १९ लाख, लक्ष्मी सनराइजसँग ३ खर्ब ५८ अर्ब ७३ करोड २५ लाख, हिमालयनसँग ३ खर्ब ४१ अर्ब ७१ करोड ९० लाख, प्रभुसँग खर्ब ३९ अर्ब ८१ करोड २० लाख र नेपाल बैङ्कसँग ३ खर्ब ५ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ कुल सम्पत्ति रहेको छ।

यता, नेपाल एसबिआईको कुल सम्पत्ति १ खर्ब ९४ अर्ब ८१ करोड ५३ लाख, माछापुच्छ्रे १ खर्ब ८७ अर्ब ५६ करोड ८२ लाख र स्ट्याण्डर्ड चार्टर्ड १ खर्ब ५२ अर्ब ५ करोड ५५ लाख रुपैयाँ छ।

यस्तै, सिद्धार्थ बैङ्कको कुल सम्पत्ति २ खर्ब ८३ अर्ब २ करोड, एनएमबिको २ खर्ब ७९ अर्ब १७ करोड ६६ लाख, कृषि विकासको २ खर्ब ७५ अर्ब ८९ करोड, एभरेष्टको २ खर्ब ५८ अर्ब ९४ करोड ७२ लाख, प्राइमको २ खर्ब ५० अर्ब ७२ करोड १८ लाख, सानिमाको २ खर्ब २४ अर्ब २ करोड ६५ लाख र सिटिजनको २ खर्ब ४ अर्ब २८ करोड ७२ लाख रुपैयाँ रहेको छ।