स्टान्डर्ड चार्टर्ड बैंक नेपाल: किन सदैव राष्ट्र बैंकको दाहिना ?

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल: किन सदैव राष्ट्र बैंकको दाहिना ?

न चुक्ता पुँजी वृद्धि, न त व्यापार नै


बैंकिङ्ग समाचार, काठमाडौँ ।
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बहुराष्ट्रिय कम्पनी स्टान्डर्ड चार्टर्ड ग्रुपद्धारा प्रंर्वधित नेपाली बैंक हो । यो बैंकको स्टान्डर्ड चार्टर्ड समुहको ७० दशमलव २१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने नेपाली लगानीकर्ताहरुको २९ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेको छ । सन् १९८७ देखि सञ्चालनमा आएको यो बैंकको अहिले न चुक्ता पुँजी बृद्धि भएको छ, न व्यापार नैं बृद्धि भएको छ ।

सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरु मध्येमा बिदेशी कम्पनीद्धारा प्रर्वधित बैंक भएकै कारण यो बैंकलाई नेपाल राष्ट्र बैंकले सदैव काखमा राख्ने गरेको देखिएको छ । अन्य बाँणिज्य बैंकहरुमा चुक्ता पुँजी झण्डै ३५ अर्ब रुपैंयाँ पुगी आक्रामकरुपमा बजार बिस्तार गरिरहँदा बहुराष्ट्रिय समुहद्धारा प्रर्वधित यो बैंक राष्ट्र बैंकले बाँणिज्य बैंकहरुको लागि तोकेको न्युनतम चुक्ता पुँजीकै भरमा सुस्त गतिमा वित्तीय कारोबार सञ्चालन गर्दे आएको छ ।

यस्तो हुँदा पनि पुँजी बृद्धि, कारोबार बृद्धि आदिमा राष्ट्र बैंकले अनदेखा गर्नुले नेपालमा स्टान्र्डड चार्टड बैंकलाई सबै कुरामा छुट दिएको प्रष्ट देखिएको छ । अन्य बैंकलाई चुक्ता पुँजी कम भएकै आधारमा नगद लाभाँशमा रोक लगाउने, मर्जरमा दबाव दिने, नगद लाभाँश वितरणमा कडाई गर्ने राष्ट्र बैंकले स्टान्डर्ड चार्टर्ड बैंकको हकमा भने सबै कुरामा अनदेखा गरिरहेको देखिएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकको हालको अवस्थामा चुक्ता पुँजी नौं अर्ब ४२ करोड रुपैंयाँको हाराहारीमा रहेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब १९ अर्ब १० करोड रुपैंयाँ निक्षेप संकलन गरी ७९ अर्ब ३८ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा एक अर्ब ३८ करोड रुपैंयाँ खुद व्याज आम्दानी गरेको देखिएको छ । यसबाट ८२ करोड ७७ लाख रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव १० प्रतिशत कर्जा खराब रहेको छ भने स्प्रेड दर तीन दशमलव ९३ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १७ अर्ब ५० करोड रुपैंयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८३ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा एक अर्ब ४१ करोड रुपैंयाँ खुद व्याज आम्दानी गरेको थियो । उक्त अवधिमा ८१ करोड १३ लाख रुपैंयाँ खुद मुनाफा कमाएको बैंकमा शुन्य दशमलव ७७ प्रतिशत कर्जा खराब देखिएको थियो भने स्प्रेड तीन दशमलव ८७ प्रतिशत देखिएको थियो ।