बैंकिङ्ग क्षेत्रमा गैर-बैंकिङ्ग सम्पती बढ्ने जोखिम

बैंकिङ्ग क्षेत्रमा गैर-बैंकिङ्ग सम्पती बढ्ने जोखिम

कर्जा असुलीको लागि ऋणीको नाउँमा एकै दिन ५१ वटा सुचना, अर्बौ सम्पती लिलाम हुने


बैंकिङ्ग क्षेत्रमा गैर-बैंकिङ्ग सम्पती बढ्ने जोखिम देखिएको छ । आर्थिक मन्दीको कारण बैंकिङ्ग क्षेत्रको निक्षेप तथा कर्जा प्रवाह र कर्जाको सावाँ व्याज असुलीमा समस्या देखिंदा बैंकिङ्ग क्षेत्रमा गैर–बैंकिङ्ग सम्पती बढ्दै गएको छ ।

कर्जा लिएका उद्योगी व्यवसायी एवं ऋणीले तोकिएको समयमा कर्जाको सावाँ व्याज चुक्ता नर्गदा बैंक तथा फाईनान्स कम्पनीहरुले धितोमा रहेको त्यस्ता ऋणीहरुको सम्पती लिलाम गर्ने गर्छ । पछिल्लो समय त्यस्तो सम्पती लिलाम बिक्री गर्नको लागि पटक पटक सार्वजनिक सुचना जारी गरेपनि लिलाम बिक्री हुन नसक्ने देखिएपछि बैंकिङ्ग क्षेत्रमा पछिल्लो समय अचल सम्पती बढ्ने देखिएको छ । यसको पछिल्लो उदाहरण बुधबार दुई दर्जन भन्दा बढी बैंक तथा फाईनान्स कम्पनीहरुले ऋणी उद्योगी एवं ग्राहकको नाउँमा सार्वजनिक गरेको सुचनाबाट पनि पुष्टि भएको छ ।

बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स र लघुवित्त वित्तीय संस्था सहितका दुई दर्जन बन्दा बढी संंस्थाहरुले बुधबार ऋणीको नाउँमा बिभिन्न सञ्चार माध्यमहरुमा ५१ वटा भन्दा बढी सुचना जारी गरेका छन् । त्यो सुचना ऋण चुक्ता गर्न आउनको लागि, धितो लिलाम गर्नको लागि, पुन धितो लिलाम गर्नको लागि, कालोसुचीमा राख्नको लागि केन्द्रित रहेको थियो । महालग्मी बिकास बैंक, स्वालम्वन लघुवित्त वित्तीय संस्था, ज्योति बिकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, ग्लोवल आईएमई बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, गोर्खाज फाईनान्स सहितक दुई दर्जन भन्दा बढी संस्थाहरुले ५१ वटा सुचना जारी गरेका छन् ।

उक्त सुचनामा जारी भएका अचल सम्पती मात्र बिक्री हुने हो भने यो रकम २० अर्ब रुपैंयाँ भन्दा बढी हुने देखिन्छ । तर सार्वजनिक सुचना जारी गरेकै भरमा धितो लिलाम हुन सक्ने अवस्था छैन । बजारमा पैसा नैं नभएकाकारण तत्काल धितो लिलाम नहुँदा बैंकिङ क्षेत्रमा ठुलो परिमाणमा गैर बैंकिङ सम्पती बढ्ने जोखिम देखिएको हो ।

धितो लिलाम तथा ऋण चुक्ता गर्न आउनको लागि बुधबार एक दिन मात्र सार्वजनिक भएको सुचना