मोटर बीमाले धानेको निर्जीवन बीमा, कृषि बीमामा आकर्षण शुन्य जस्तै 

मोटर बीमाले धानेको निर्जीवन बीमा, कृषि बीमामा आकर्षण शुन्य जस्तै 

नमुना के. सी.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नमुना के सी, काठमाडौं । 
निर्जीवन बीमा कम्पनीको व्यवसाय आधा भन्दा बढी क्षेत्रमा रहे पनि निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । 
सरकारले मोटर बीमालाई अनिवार्य गरेकै कारणले अन्य बीमाको तुलनामा मोटर बीमाको व्यवसाय धेरै हुँदै आएको देखिन्छ । सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय बीमा गर्नुपर्ने सरकारको नीतिले कम्पनीहरूले बीमा व्यवसायलाई मोटर क्षेत्र केन्द्रित बनाएका हुन् । 

यो पनि

हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको भदौ महिनासम्ममा ४ लाख ९ हजार ८० वटा बीमालेख जारी गरी ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । आर्जित कुल रकममध्य निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा व्यवसायबाट सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेका छन् । यो अवधिमा मोटर बीमाबाट १ अर्ब ९८ करोड ८१ लख रुपैयाँ प्रिमियम संकलन गरेका कम्पनीले सम्पत्ति बीमाबाट १ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ संकलन गरेका छन् । 

मोटर बीमापछि कुल बीमामा सम्पत्ति बीमाको हिस्सा धेरै छ । निर्जीवन बीमा कम्पनीहरूले बिक्री गर्ने विभिन्न बीमालेख मध्ये मोटर र सम्पत्ति बीमाको हिस्सा ५० प्रतिशतभन्दा पनि बढि रहेको देखिएको छ । 
नियामक निकाय बीमा प्राधिकरणले सार्वजानिक गरेको भदौसम्म को तथ्यांक अनुसार यी दुई बीमालेखको हिस्सा ५४.८२ प्रतिशत रहेको छ ।

यो पनि

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालमा निर्जीवन बीमा भनेकै मोटर बीमा जस्तै भइसकेको बताएका छन । उनी भन्छन, ‘सुरूदेखि नै यसको पोर्टफोलियो बढ्दै गइरहेको छ । जुन क्षेत्रको माग बढी छ, सोही क्षेत्रमा बढी हुने हो । व्यापार भनेकै मागमा भर पर्ने कुरा हो । सबैभन्दा धेरै सवारी साधनबाट जोखिम हुने डरका कारण पनि मोटर बीमा गर्ने गरेका छन् ।’

यो पनि

सडक दुर्घटना, चोरी, बाढी, भूकम्प लगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि बीमकहरुले मोटर बीमा गर्ने गरेको उनले बताए  । सरकारले मोटर बीमाका साथै तेस्रो पक्ष बीमा समेत अनिवार्य गरेको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेकै कारणले अन्य बीमाको तुलनामा मोटर बीमाको व्यवसाय धेरै हुँदै आएको देखिन्छ ।
पौडेलले बैंकिङ्ग समाचार सँग भने, ‘सुरक्षाको लागि यो अनिवार्य पनि हो ।’ यता सरकारले अनुदानको व्यवस्था समेत गरेको कृषि तथा बाली बीमामा कृषकहरूको आकर्षण बढ्न नसकेको कुरामा समर्थन जनाउँदै उनले भने  ‘बीमा कम्पनीहरू ग्रामीण क्षेत्रमा नपुग्नु र कृषि तथा बाली बीमालाई प्राथमिकता नदिनुको कारण कृषकहरूको आकर्षण नबढेको हो ।’

यो पनि

सरकारले अनुदान दिएको कृषि तथा बाली बीमाको व्यवसाय भने अत्यन्तै नगन्य रहेको देखिन्छ । भदौसम्म ३५ करोड ४६ लाख रुपैयाँको मात्र बीमा भएको देखिन्छ । जुन कुल बीमा शुल््कको ५ प्रतिशत हुन आउँछ । यस अवधिमा कम्पनीहरूले २४ हजार ३१८ वटा कृषि तथा बाली बीमालेख जारी गरेका छन् । तथ्यांक हेर्दा कृषि तथा बाली बीमा फस्टाउन नसकेको उनी स्वीकर गर्छन । उनी भन्छने ‘कृषि बीमामा कृषि प्राविधिकको अभावको कारणले सो बीमा लयमा जान नसकेको पौडेलले बताउँछन् ।

यो पनि

कृषि तथा बाली बीमाका लागि चाहिने कृषि प्राविधिकहरूको सृजना गर्नका लागि कृषि मन्त्रालयसँग समेत समन्वय गरिसकेको उनले बताए । त्यस्तै, कम्पनीहरूले इन्जिनियरिङ् तथा ठेक्काबाट ९१ करोड ४९ लाख रुपैयाँको बीमा शुल््क आर्जन गरेका छन् । सामुन्द्रिक बीमाबाट कम्पनीहरूले ४७ करोड ४४ लाख, हवाई बीमाबाट ४९ करोड ३६ लाख, विविध बीमाबाट ९५ करोड ८८ लाख र लघु बीमाबाट ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।