डिजिटल ट्रान्सफरमेसनको खोजीमा नेपाली बीमा 

डिजिटल ट्रान्सफरमेसनको खोजीमा नेपाली बीमा 


प्रविधिमैत्री बीमा सेवाका लागि केही बीमा कम्पनीहरुले थाले नयाँ कदम 

नमुना के सी, काठमाडौं । 
प्रविधिको विकाससँगै बीमा सम्बन्धी कारोबार पनि डिजिटल रूपमा गर्नु आजको आवश्यकता नै भइसकेको सरोकारवालाले बताएका छन । बीमा कम्पनीहरूले बीमा क्षेत्रले प्रविधिमैत्री वातावरणलाई जोड दिइरहेको बताएपनि डिजिटल मार्केटमा अझै उल्लेखीय प्रगती गर्न  नसकेको बैंकिङ्ग समाचारले गरेको ‘द नेसनल इस्योरेन्स डिस्कोर्स’ कार्यक्रमको चौथो सत्रमा पनि उठाइएको थियो ।   
यो पनि 

यता बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पनि बीमा क्षेत्रलाई प्रविधिमैत्री वातावरणमा जोड दिनु आवश्यकता नै भइसकेको बताएका छन् । उनी भन्छन ‘नेपालको दूरदराजमा बीमाको पहुँच र उपस्थित दर्साउन डिजिटल बीमा सेवा जरुरी रहेको छ ।’  सिलवालले उक्त डिस्कोर्स कार्यक्रममा आफ्नो उपस्थिती जनाउँदै भनेका थिए, ‘डिजिटल प्रविधिले कम्पनीलाई फाइदा हुनुका साथै बीमाको दायरा विस्तारमा पनि मत गर्छ । प्राधिकरणले पनि कम्पनीहरूसँग डिजिटल्ली कनेक्ट हुन र कृषि बीमा लगायत विभिन्न सफ्टवेयरहरू काम अधि बढाएको छ ।’ 
यो पनि 
 

बीमा कम्पनीलाई डिजिटलाइजेसनमा रुपमान्तरण गर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएपछि कार्यविधि नै बनाएर अधि बढ्न लागेको पनि उनले जानकारी दिए । बीमा क्षेत्र प्रविधिमैत्री बनाउँदा आम नागरिकलाई बीमामा सहभागी हुन, दाबी भुक्तानी माग गर्न तथा बीमा भुक्तानी दिन र लिन सहज भई बढि भन्दा बढि नागरिकलाई बीमाको दायरामा  ल्याउन सहयोग पुग्ने प्राधिकरणकै जोड छ । अध्यक्ष सिलवाल भन्छन ‘अहिलेको युग प्रविधिको युग हो । छिमेकी देशहरूको बीमा क्षेत्र प्रविधियुक्त माध्यममा सहज भइसकेका छन तर नेपालमा डिजिटल प्रणालीको विषय अझै अस्तव्यस्त अवस्थामा छ ।’ बैंकिङ्ग  समाचारसँग कुरा गर्दै उनले भने, ‘बीमा कम्पनीले यस विषयमा गहन नगरेकै कारण आम नागरिकलाई बीमाको दायरामा ल्याउन कठिन छ । ’
यो पनि 

कोभिड–१९ महामारीको बेलामा विश्वभर नै सबै क्षेत्रमा विधुतीय माध्यम र सूचना प्रविधिको प्रयोगलाई वृहत रूपमा स्विकारिएको अवस्था थियो । सरकारी, तथा अन्य संस्थाले कागजी रूपमा गर्ने अधिकांश कार्यहरु हाल अनलाइन माध्यबाट सुरु भइसकेका छन । बैंकमा खोलिने खाता,  ग्राहकले भर्नुपर्ने पहिचान फारम समेत अनलाइन शुरु भइसकेको अवस्था छ । अन्य क्षेत्र पूर्णरुपमा प्रविधिमैत्री हुँदै गएको अवस्थामा बीमा क्षेत्र पनि प्रविधि मैत्री हुनुपर्छ भन्ने डिस्कोर्स सुरु हुनुपर्छ भन्ने बहस हुनु स्वभाविक रहेको सिलवाल बताउँछन । उनी भन्छन, ‘जसरी बैंकहरूले डिजिटल माध्यमबाट गाउँ गाउँमा पुगेर जनतालाई सेवा दिईरहेका छन, त्यसरी नै बीमा कम्पनीहरुले पनि तल्लो भन्दा तहसम्म पुगेर सेवा दिन सक्ने हो भने बीमाको पहुँचमा विस्तार पक्कै हुनेछ ।’ 

यो पनि 
 

यद्यपी वर्तमान अवस्थाको कुरा गर्ने हो भने केही हदसम्म नेपालका बीमा कम्पनीले डिजिटल कारोबारको सुरुवात गरिसकेका छन । तर त्यो पर्याप्त मात्रामा छैन । इस्योरेन्स क्षेत्रमै डिजिटल प्याल्टफर्ममा काम गर्दै आइरहेका किसोर दाहाल भन्छन, ‘तर आवश्यकता अनुसार बीमा कम्पनीहरू यस विषयमा जागरुक भने भएका छैनन् । हामी नेपालको माटोलाई सुहाउने खालको सफ्ट्वेरहरु निर्माण गर्न सक्षम छौँ तर त्यो त्यती धेरै व्याप्त रुपमा प्रयोग हुन सकिरहेको छैन ।’

केही सकारात्मक परिणाम 

बीमा नियामकको तर्फबाट डिजिटल रुपमा कारोबार गर्न सबै बीमा कम्पनीहरूलाई स्वीकृति रहेको बीमा प्राधिकरणका निर्देशक सुसिलदेव सुवेदी बताउँछन । उनी भन्छन, ‘बैकिङ्ग  क्षेत्र पूर्ण रूपमा डिजिटल भएसँगै बीमा क्षेत्रले पनि कोल्टे फेर्दै गरेको  देख्न सकिन्छ । अपुग प्रयास भएता पनि केही कम्पनीहरूले डिजिटल एपहरूबाट डिजिटल कारोबार सुरु गरिसकेका छन ।’ उनले थपे, ‘बीमा कम्पनीहरूले पनि अनलाइन माध्यमबाट प्रथम बीमाशुल्क, नवीकरण बीमा शुल््क संकलन गरिरहेका छन् । बीमालेखसँग सम्बन्धित सम्पूर्ण सेवालाई विद्युतीय माध्यम र डिजिटल माध्यमबाट प्रविधिमा केन्द्रित गर्ने पर्याप्त सम्भावना बाबजुद पनि विकास हुन नसकेपनि केही कम्पनीहरूले डिजिटल एपहरू निस्कासन गरेका छन ।’ 

नेपालमा पहिलोपटक डिजिटल बीमा कारोबार गर्ने कम्पनी सिद्धार्थ प्रिमियम इन्स्योरेन्स 

नेपाली बीमा जगतमा पहिलो पटक डिजिटल प्रणालीबाट बीमा कारोबार सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले गरेको छ । कम्पनीले सरल र सहज रुपमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले यो प्रणाली बाट बीमा कारोबार शुरु गरिएको दाबी छ । सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले दाबी फछर्यौट समस्याको हलको लागि डिजिटल मार्केटमा ल्याएको नयाँ एपलाई बीमा प्राधिकरणबाट नँया सुरुवात गरेकोमा बधाई तथा शुभकामना समेत प्राप्त भएको उनले जानकारी गराए । 

क्षेत्रीले कम्पनीको क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने लक्ष्य रहेको बताए । उनले भने, ‘सेवालाई प्रविधियुक्त बनाउने यो हाम्रो पहिलो प्रयास हो ।  यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियाशील रहने प्रतिवद्धता गछौँ ।’ उक्त डिजिटल एपमा ग्राहकले आवश्यक प्रोडक्ट खरिद गर्न सोधिने सम्पूर्ण प्रश्नहरूको जवाफ उपलब्ध रहेको र प्रिमियमदेखि दाबी भुक्तानीसम्म यस एपले मद्दत गर्ने  समेत उनले जिकिर गरे ।

मेट लाइफ इन्स्योरेन्स कम्पनीको डिजिटल एप ‘वान’

बीमा क्षेत्रमा डिजिटल प्रविधिको आवश्यकता बढेसँगै मेट लाइफ इन्स्योरेन्सले पनि मध्यनजरमा राखी डिजिटल एप ‘वान’ नामक मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल एप सार्वजनिक गरे सँगै कम्पनीको सूचना अधिकृत देव किशोर लालले जीवन बीमा झनै सहज र डिजिटल मैत्री हुने विश्वास लिएको बताएका छन । ‘१० महिनाको रिसर्च तथा परिक्षण पछि यो एप सार्वजनिक गरिएको हो ।’ उनले भने ‘बीमाको पहुँच बढाउन र आम नागरिकसँग मोवाइल एपबाट नै जोडिन सजिलो हुनेछ ।’ उनी भन्छन ‘आम सर्वसाधारणले ढुक्क भएर नै यो एप बाट सुविधा लिन सक्नेछन । ’
\"\"अन्य विकसित देशमा पनि बीमा कम्पनीले दू्रत सेवा प्रवाह र लागत कटौतीको रणनीति सहित बीमालेख अभौतिक बनाउने अभ्यासलाई तीव्रता दिएका छन। विश्व बजार नै प्रविधितर्फ अग्रसर भइरहेका बेला यसप्रती आम मानिसहरु अभ्यस्त हुनु अत्यन्तै आवश्यक छ ।