राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकको स्पेड दर घटाउदा ७ विकास बैंकको ५१ लाख भन्दा बढी घाटा हुने 

राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकको स्पेड दर घटाउदा ७ विकास बैंकको ५१ लाख भन्दा बढी घाटा हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको स्प्रेड (निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर) दर घटाउने नीतिले बैंक तथा वित्तिय संस्थाको आम्दानी घट्ने भएको छ । 

राष्ट्र बैंकले मंसिर ११ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा प्रस्तुत गर्दे बैंक तथा वित्तिय संस्थाको निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड दर ) घटाउने निर्णय गरेको थियो । 
समिक्षामा बैंकहरुको ब्याजदर अन्तर (स्प्रेड दर) घटाउने जनाएअनुसार वाणिज्य बैंकहरुको औषत ब्याजदर अन्तर ४.४ प्रतिशतमा झारेको हो भने विकास बैंक र वित्त कम्पनीको औषत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झार्नै निर्णय भएको हो । 
चालु आ.वको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार विकास बैंकको स्प्रेड दर ४.५७ प्रतिशत कायम गरिएको छ । यस्तै, सोही अनुसार विकास बैंकहरुले ४ खर्ब २३ अर्ब भन्दा कर्जा प्रवाह गरेको हो । 

केन्द्रिय बैंकले तोकेको ४.६० प्रतिशत भएका बैंकहरुको संख्या ७ वटा रहेको छ । जसमा मितेरी डेभलपमेन्ट बैंकको ४.८४ प्रतिशत, सिन्धु विकास बैंकको ४.८२, ज्योति विकास बैंकको ४.७४ प्रतिशत, गरिमा विकास बैंकको ४.६९ प्रतिशत, कामना विकास बैंकको ४.६७ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ४.९९ प्रतिशत र कर्पाेरेट डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत रहेको छ । यी माथिका स्प्रेड दर केन्द्रिय बैंकले तोकेको भन्दा बढी भएकोले अब राष्ट्र बैंकले सार्वजनिक गरेको विकास बैंकहरुको ४ प्रतिशतको स्प्रेड दर हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रिय बैंकले तोकेको स्प्रेड दर भन्दा कम रहेको बैंकहरुको संख्या ९ वटा रहेको छ, जसमा कर्णाली डेभलपमेन्ट बैंकको स्प्रेड दर ४.५४ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४.५६, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.५६ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.४७ प्रतिशत, संग्रिला र एक्सेल डेभलपमेन्टको स्प्रोडदर ४.३४ प्रतिशत रहेको छ ।  

त्यस्तै, नारायणी विकासको ४.३४, शाइन रेसुङ्गा डेभलपमेन्ट बकको ४.३० प्रतिशत र ग्रीन डेभलपमेन्ट बैकको ४.०४ प्रतिशत रहेको छ ।