वाणिज्य बैंकहरुको खराब कर्जा सार्वजनिक, राष्ट्रिय वाणिज्य बैंकको सुधार हुदाँ सनराईजको भने खराब 

वाणिज्य बैंकहरुको खराब कर्जा सार्वजनिक, राष्ट्रिय वाणिज्य बैंकको सुधार हुदाँ सनराईजको भने खराब 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ वटा वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । तीन महिनाको वित्तीय विवरण अनुसार २३ वटा बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको खराब कर्जा स्थिर रहेको छ भने दुई वटा बैंकको खराब कर्जा घटेको छ ।

वित्तीय विवरण अनुसार २ प्रतिशतभन्दा बढी खराब कर्जा रहेका बैंकहरु ९ वटा, १ प्रतिशभन्दा बढी खराब कर्जा भएका ११ वटा र १ प्रतिशत भन्दा कम खराब कर्जा भएका ५ वटा बैंक रहेका छन् ।

तीन महिनाको अवधिमा सबैभन्दा बढी खराब कर्जा सनराइज बैंकको रहेको छ । बैंकको यस अवधिमा खराब कर्जा १.८१ प्रतिशत बढेर २.९४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको १.१३ प्रतिशत खराब कर्जा रहेको थियो । यस्तै, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको २.४८ प्रतिशत पुगेको छ । यस्तै, बैंक अफ काठमाण्डूको खराब कर्जा २.४६ प्रतिशत, एनसीसी बैंकको २.४६ प्रतिशत रहेको छ ।

यस्तै, कृषि विकास बैंक २.३८, नेपाल बैंक २।३६, नबिल बैंक २.३३, हिमालयन बैंक २.३१, सिद्धार्थ बैंकको खराब कर्जा २.१५ प्रतिशत र ग्लोबल आइएमई बैंक २.१० प्रतिशत रहेको छ । जुन २ प्रतिशत भन्दा बढी खराब कर्जा भएका बैंक हुन् ।

एक प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंकहरुमा सिटिजन्स बैंकको १.९१ प्रतिशत, एनएमबि बैंकको १.९० प्रतिशत, सेञ्चुरी बैंकको १.८८ प्रतिशत, प्रभु बैंकको १.८६ प्रतिशत, प्राइम बैंक १.८ प्रतिशत, लक्ष्मी बैैंकको १.७२ प्रतिशत, मेगा बैंकको १.६२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकका १.५७ प्रतिशत, सिभिल कको १.४१ प्रतिशत, माछापुच्छ्रे बैंकको १.३ प्रतिशत र कुमारी बैंक १.२८ प्रतिशत खराब कर्जा रहेको छ ।

एक प्रतिशतभन्दा कम खराब कर्जा भएका बैंकहरुमा सानिमा बैंकको ०.९१ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.७७ प्रतिशत, एनआईसी एशिया बैंकको ०.५९ प्रतिशत, नेपाल एसबीआई बैंकको ०.३६ प्रतिशत र एभरेष्ट बैंकको ०.३३ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा राष्ट्रिय वाणिज्य बैंकको ०.५३ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबिएल) को ०.७ प्रतिशत खराब कर्जा घटेको छ ।