बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको कुल बाणिज्य बैंकमा ४७ खर्ब ४१ अर्ब भन्दा बढी रकम रहेको छ । साथै, बार्की रकम अन्य वित्तिय संस्थाहरुमा रहेको छ । भने, करिब ४ खर्ब बचत तथा ऋण सहकारी संस्थाहरुमा रहेको छ जसको कारण ती रकमलाई पनि जोड्दा कुल ५१ खर्बको हाराहारीमा पुग्दछ । यी रकम हाल बैंक तथा वित्तिय संस्था सँग छैन । ती रकम मानिसहरु सँग छ । जसले विभिन्न शिर्षकमा लिएका छन् ।
नेपालीहरुको यी माथिको तथ्याकंलाई हेर्दा कुल नेपालको जीडिपी ४८ खर्ब रुपैंया पुग्न आउँछ ।
यी माथिका रकमहरु कर्जाको रुपमा मानिसहरुलाई दिईएको छ । जसको कारणले नेपालको अर्थतन्त्रलाई चलायमान गराईरहेको छ । तर पछिल्लो समय अर्थतन्त्र चलायमान निकै कम मात्रामा भएको छ । त्यसको कारण हो अनुत्पादन क्षेत्रमा लगानी । यो भनेको हामीहरुले बैंकबाट लिएको कर्जा घरजग्गा किनबेच लगायतको अनुत्पादन ठाउँमा लगानी भएकोले पनि आर्थिक चलायमान कम भएको हो । नेपालमा दक्षिण एसियामा नै सबैभन्दा बढी कर्जा दिने देशमा अग्र स्थानमा आउँछ ।
नेपालको कर्जा उपभोगको वस्तु आयातमामा कुल २० प्रतिशत, व्यक्तिगत आवधिक कर्जामा २० प्रतिशत अनि घरजग्गामा लगानी १० प्रतिशत रहेको जानकारीहरु बताउँछन् ।
नेपालका सम्पूण बाणिज्य बैंकले कर्जामा निकै कडाई गरेको छ । कोभिडको लहर सँगै बैंकहरुले कर्जा दिनमा निकै कडाई गरेको हो । साथै, नेपाली बैंकले तरलताको सामना पनि गरिरहेको छ । जसको कारणले बैंकहरुले लगानी योग्य रकममा कमी आएको हो । बैंकले बचतको करिब ९० प्रतिशत रकम कर्जा लगाएको देखिन्छ ।
उसो त नेपालको अर्थतन्त्र धरासायी भईरहेको समयमा रुस–युक्रेन युद्धले अझै धरासयी बनाउँने ठुलो भुमिका खेल्यो । नेपाल जस्तो सामान आयात गर्ने मुलुकको लागि सो युद्धले अन्तराष्ट्रिय बजारमा सामानको भाउ अचाक्ली बढ्यो जसको कारणले नेपालको विदेशी सञ्चितिमा निकै कमी आयो । साथै, कोभिडको कारणले बन्द नै भएको पर्यटकीय आगमनलाई रुस–युक्रेनको युद्धले पनि थप बल पुर्यायो ।
मौद्धिक नीति मार्फत भार कम गर्ने प्रयास
माथिको कारणले नै राष्ट्र बैंकले कसिलो मौद्धिक नीति ल्यायो । मौद्धिक नीतिलाई कसिलो बनाउनुको एउटै मात्र कारण हो, व्याजदर बढाएर कर्जा प्रवाहलाई कडाई गर्ने । मौद्धिक नीति मार्फत व्याजदर बढाएको राष्ट्र बैंकले बैंक व्याजदर डेढ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्याएको हो । त्यसको परिणाम भनेको बैंकहरुले कर्जामा लिने व्याज पनि थप बढ्ने हो । मौद्धिक नीतिको घोषणा सँगै राष्ट्र बैंकले निर्देशन दिदै कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, शेयर धितो प्रदान गरेको व्यक्तिगत प्रायोजनको कर्जाहरु व्यक्ति ५० लाख रुपैंयासम्म मात्र प्रवाह गर्न सकिने जनाएको छ ।
कर्जा संकट
बैंकले दिने कर्जाले अर्थतन्त्रलाई चलायमान बनाउँछ तर नेपालको अहिलेको अर्थतन्त्रको अवस्थाले गर्दा वाह्य क्षेत्रको दवावको कारण राष्ट्र बैंकले उपलव्ध गराउने कर्जामा कडाई गरेको हो ।
अघिल्लो बर्ष १९ प्रतिशत सम्म कर्जा प्रवाह गरेको राष्ट्र बैंकले पछिल्लो समय घटेर १२ मा पुर्याएको छ । साथै, बैंकले राख्नुपर्ने नगद मौज्यद पनि ३ बाट बढाएर ४ पृर्याएको छ । साथै, सरकारले विभिन्न १० वस्तुमा लगाएको प्रतिबन्धले कर्जा संकट निस्किने पो हो कि, भन्ने चिन्ता निम्त्याएको छ ।
कसिलो कर्जाले कर्जा संकट टर्ला ?
कर्जा प्रवाहलाई नियन्त्रण गदै, उत्पादनको क्षेत्रमा लगाउन सकिएको खण्डमा अर्थतन्त्र तग्रिन सकिने थियो । घर, जग्गा जस्तो अनुत्पादन क्षेत्रमा कर्जा गएकोले यसलाई रोकी उत्पादन क्षेत्रमा लगाउनु पर्ने देखिन्छ । यदि व्याजदर सस्तो बनाएमा कर्जा लगानी अनुत्पादन क्षेत्रमा बढी प्रयोग भएको खण्डमा नेपाल पनि श्रीलंकाकै अवस्थामा आउने देखिन्छ । तर कर्जा कडाईको कारणले उत्पादन क्षेत्रमा लगानी गर्ने लगानी कर्तालाई भने निकै मार परेको देखिन्छ ।
प्रतिक्रिया