आईपिओमा आवेदन दिनेमा ४५% ले कमि, कुन बैंकको कति आस्वा बापतको रकम

आईपिओमा आवेदन दिनेमा ४५% ले कमि, कुन बैंकको कति आस्वा बापतको रकम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

कोभिडको माहामारीमा पछि डिम्याट खाता खोल्नेको संख्या ह्यात्तै बढ्यो । जसको कारणले शेयर बजारमा जनचासो उच्च रहेको आकलन समेत गरिएको थियो । शेयर बजारमा पाईला राख्नेको डिम्याट खाता मात्रै करिब ५० लाख भन्दा बढीले खाता खोलेका थिए । तर हालको तथ्याकं हेर्ने हो भने शेयर बजारमा लगानी गर्नेको सख्या दिन प्रतिदिन घटदै गईरहेको छ । 

अहिले डिम्याट खाता भएको ग्राहक मध्ये करिब ४५ प्रतिशतले लगानी नगरेको पाईएको छ । अघिल्लो आर्थिक बर्षको भदौमा माात्र नेप्से परिसुचक ३१ सय ९८ दशमलव ६० बिन्दुमा पुगेको थियो । तथ्याकं अनुसार जाल्पा सामुदायिक लघुवित्तको प्राथमिक शेयर भर्ने मात्रै करिब २७ लाख भन्दा बढी थिए । यो हाल सम्मकै उच्च आवेदन परेको संस्था हो । 

पछिल्लो १९ महिनाको तथ्याकं हेर्ने हो भने प्राथमिक शेयरमा आवेदन दिनेको संख्यामा निकै कमी आएको छ । 

शेयर बजारमा आवेदन कम पर्नुको कारण हो, आस्वा शुल्क । शेयरमा बजारमा आवेदन दिए बापत बैंकले लिने शुल्क र धेरै पटक भर्दा पनि शेयर नै नपरेको कारणले मानिसमा शेयर प्रतिको विश्वास कम भएको पाईन्छ । 

कुन बैंकले कति लिन्छन शेयर आवेदन दिए बापतको शुल्क ?

आइपिओ दिए बापत बैंकले काट्ने पैसालाई आस्वा शुल्क भनिन्छ । यो शुल्क बैंक हेरेर शुल्क निर्धारण गरिएको छ । जस मध्येमा नबिल बैंक,एनआइसी एसिया बैंक, र राष्ट्रिय बाणिज्य बैंकले आस्वा शुल्कलाई निशुल्क गरेको छ भने, कृषि बिकास बैंक, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक, माछापुञ्छे बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक प्रभु बैक, प्राइम कमर्सियल बैंक र नेपाल त्र्रmडिट एन्ड कमर्स बैंकले आवेदन गरे बापत १० रुपैया सम्म पैसा काट्छ । 

त्यस्तै, सिभिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,एनएमबी बैंक,सिटिजन बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, सानिमा बैंक, हिमालयन बैंकले आस्वा बापतको रकम २० रुपैया सम्म लिने गर्दछ । साथै, २५ रुपैंया लिनेमा लक्ष्मी बैंक, नेपाल एसविआई बैंक सेन्चुरी कमर्सियल बैंक र मेगा बैंक रहेका छन् । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सबैभन्दा उच्च १०० रुपैंया सम्म आस्वा बापतको रकम लिने गर्दछ ।