एटिएम भनेको के–हो ? नेपालमा कहिले बाट यसको सुरुवात भयो ?

एटिएम भनेको के–हो ? नेपालमा कहिले बाट यसको सुरुवात भयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

हालको समयमा बैंकिङ्ग कार्डहरुको महत्व बढदै गएको छ । अझ भन्नुपर्दा सहकारीहरुले पनि बैंकको जस्तै एटिएम कार्ड प्रयोग गर्न लागि सकेका छन् । भने एनआईसी एसिया बैंकले त एटिएम मेसिन मार्फत नै पैसा जम्मा समेत गर्न सकिने प्रविधी भित्राईसकेको छ । 

नेपालमा पछिल्लो समय पैसा राख्न, लिन मात्र नभएर कसैलाई पठाउने, पाउँने माध्यम बैंक बनेको छ । कुनै समय सहरमा बस्ने छोरालाई पैसा पठाउदा कसैको साथमा पठाउनुपर्ने बाध्यता थियो तर आज ती दिनहरु इतिहास बन्न पुगेको छ, कारण हो, बैंक । विदेश बाट पैसा पठाउन होस वा देश भित्रै पनि कसैलाई सर सापट नै गर्न किन न होस बैंक मार्फत नै उपलब्ध गराईन्छ । अझ भन्नु पर्दा कुनै कार्डलाई मेसिनमा घोटेको अवस्थामा खातामा पैसा भए सजिलै निस्कन्छ । त्यति मात्र होइन घरमै बसी–बसी कसैलाई पैसा पठाउन पनि सकिने अथात मोवाइल बैंकिङ्ग मार्फत पठाउन सकिन्छ । साथै, ती पैसा लिनको लागि बैंकमा लामो लाईन लाग्नु पर्ने छैन । कुनै स्थानमा जडान गरिएको एटिएम मेसिन मार्फत नै पैसा सजिलै निकाल्न मिल्ने प्रविधी बैंकले धेरै बर्ष अघि भित्राएको हो । 

हो आज हामी नेपालमा एटिएम मेसिनको बारेमा तपाईलाई बताउन गईरहेका छौ । 
एटिएम मेसिन चल्नको लागि एक डिभाईसको आवश्यकता पर्दछ जुन डिभाईस सन् १९६६ मा बनेको थियो । त्यही डिभाइसको मदतबाट पैसा निस्कने गरिन्छ । 

वास्तवमा एटिएमको विकासमा जापानको ठुलो हात रहेको छ । त्यति मात्र होइन युरोपको देशहरु स्वीडेन, बेलायत तथा अमेरिकामा सुरुवाती चरणमा एटिएमको प्रयोग भएको थियो । नेपालको हेरी अन्तर्राष्ट्रिय जगतमा एटिएमको महत्व अलि भिन्न रहेको छ । विकसित देशहरुमा कार्डमा भएको पैसा खल्तीमै हालेको सरह हुने गर्दछ तर नेपालमा भने खातामा भएको पैसा निकाल्ने बाहेक यस कार्डको त्यति धेरै जरुरत पदैन अर्थात बैंकमा लाईन बस्नुको समय एटिएमले बचत गरिदिएको छ भन्न सकिन्छ । 

नेपालमा एटिएमको सुरुवात गर्ने बैंक हो हिमालयन बैंक उक्त बैंकले सन् १९९५ मा नेपालमा भित्राएको थियो । त्यसपछि भने बार्की बाणिज्य बैंकहरुले पनि एटिएमलाई नेपालमा ल्याएको हो । 

प्रविधीको तीब्र विकासले एटिएमको अस्तित्व नै नरहने हो कि, भन्ने सवाल पछिल्लो समय उढेको छ । यसको कारण हो तीब्र प्रविधीको विकास, एटिएम लाई मानिसले भौतिक रुपममा पैसा निकाल्ने मेसिन हो । तर पछिल्लो समय अनलाईन मार्फत नै सामानहरुको मूल्य तिर्ने प्रविधी पनि आईसकेको र भर्चुअल(देख्न वा स्पर्श) गर्न नपाउने प्रविधीको विकास सँगै भविष्यमा एटिएम मेसिन इतिहासमा नै सिमित हुने छ, भन्न थालिएको छ । तर जे जस्तो भएपनि नेपालमा यस मेसिनले करिब २२ बर्ष भन्दा धेरै सेवा दिन पाएको छ ।