काठमाडौं – नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले नेपालको बीमा क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरुपणका उपायहरु सत्रमा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै नेपालको बीमा क्षेत्र हालको रफ्तारमा नै अघि बढ्ने हो भने लक्ष्यमा सहजै पुग्न सक्ने धारणा व्यक्त गरेका हुन् ।
‘दक्षिण एसियामा तपाईँहरुले हेर्नुभयो भने बीमा गर्ने कुरा या दावी भुक्तानी गर्ने कुरा अथवा अन्तर्राष्ट्रिय अभ्यासलाई यहाँ ल्याउने कुरा होस् जसमा हामी धेरै अगाडी छौं’ उनले भने, ‘भोलुमका आधारमा हामी कहिल्यैपनि ठूला राष्ट्रसँग पुग्न सक्दैनौ तर क्वालिटि र सर्भिसमा आमी अगाडि छौं।’ उनले दक्षिण एसिया कै उत्कृष्ट भन्नुको अर्थ अखब केही थप गर्नुपर्दैन भन्ने किसिमको नभएको पनि प्रष्ट पारेका छन् । उनले सुधारका धेरै ठाउँहरु बाँकी रहेको भन्दै बीमा क्षेत्रले लिएको बाटो गलत नभएको बताए ।
‘हामीले बीमाको नीतिका बारेमा कसरी बुझ्नुपर्छ भने पहिले नीति बनाउदा हामीले जानेका कुरा बजारमा अभिव्यक्त गर्ने हिसाबले नीति आउने गरेको थियो ।’ उनले भने, ‘हाल नीति बनाउने भनेको सेलेबल हुनुपर्छ भनिएको छ ।’ उनले नीति भनेको बजारले पनि काम गर्नसक्ने किसिमको हुनुपर्ने बताए ।
उनले नीतिले इक्विटि र इक्किलिटीमा पनि काम गर्नुपर्ने भन्ने मान्यताका साथ नीति बन्ने गरेको बताए । उनले बीमा प्राधिकरणले ८/१० वर्षअघिदेखि नीति बनाउँदा अन्तर्राष्ट्रिय अभ्यासहरु अनुकुलका राम्रो अभ्यासहरुलाई समेटेर एउटा कन्टेन विकास गरेर सरोकारवालासँग छलफल गरेर मात्रै नीति लिने गरेको बताए । उनले बीमा प्राधिकरणले बनाएको नीतिलाई बीमा कम्पनी, बिमित र बिमकले अझ राम्रोसँग कार्यान्वयन गर्दै जाने हो भने थप सहज हुने बताए ।
उनले स्वदेशमा नै पुनर्बीमा गर्नुहुँदैन भन्ने किसिमको भाष्य उत्पन्न भएको भन्दै स्वदेशमा नै पुनर्बीमा गर्दा केही समस्या नहुँने बताए । उनले रकमको कुरा गर्दा बजार कुन लेभलमा छ भनेर बुझ्न पनि जरुरी रहेको बताए । उनले अहिलेको युग भनेको प्रचार गर्नुपर्ने युग भएको भन्दै सुवेदीले छिमेकी मुलुक भारतले बीमाको प्रचार निकै राम्रोसँग गरेको बताए । उनले नेपालले भने आफुसँग भएको स्रोत साधनको पनि प्रयोग नगरेको र प्रचारपनि नगरेको बताए । सुवेदीले बीमा बजारमा फरक किसिमका कम्पनीहरु रहेको बताए ।
प्रतिक्रिया