काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय, सम्पत्तिको रक्षा गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जोखिम व्यवस्थापनको माध्यमबाट मात्रै उत्थानशील समाज सिर्जना गर्न सम्भव रहेको उनको भनाई छ । ‘जोखिम न्यूनीकरण,वित्तीय सुरक्षा प्रदान, बचत परिचालन एवम् पुँजी निमार्ण, लगानी अभिवृद्धि,रोजगारी सिर्जना, जस्ता स्वाधीन समुन्नत अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेकाे उनकाे भनाइ छ ।’ यही तथ्यको आधारमा सरकारले यस क्षेत्रको प्रवर्धन र विकासको निम्ति निरन्तर प्रयास गर्दै आइरहेको छ । ’ उनले भने
सरकारको बीमाको पहुँच बढाउने नीतिका साथ पशु तथा बाली बीमा सहुलियतपूर्ण बीमा कर्जा र स्वास्थ्य बीमामा अनुदान दिने, बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालनबाट अर्थतन्त्रमा यो क्षेत्रको योगदान क्रमशः बढ्दै गइरहेको छ । सरकारले लिएको नीतिगत सुधारमा बीमाको पहुँच बढिरहेको पाैडेलले बताए ।
वैदेशिक रोजगारी बीमा, म्यादी बीमा गरी करिब ४३ \ ४४ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएको पाैडेलले बताए । बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाई दुर्गम तथा न्यून आय भएका वर्ग लगायत समाजका सबै तहमा बीमा पहुँच पुर्याउन बीमा साक्षरता अभियान तीव्र बनाउन आवश्यक रहेकाे उनकाे भनाइ छ ।
सरकारले नागरिककाे जीवन चक्रमा आधारित भएर बीमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन चाहेकाे पाैडेलले बताए । जोखिम न्यूनीकरणको माध्यमबाट उदयनशील समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशील रहेकाे पाैडेलले उल्लेख गरे । बीमालाई सामाजिक सुरक्षासँग आबद्ध गरी नीतिगत गरिनुको पनि तात्पर्य यही रहेको उनकाे भनाइ छ ।
स्वास्थ्य बीमा, लघुबीमा, कृषि बीमा, सहुलियतबीमाको कर्जामा बीमा विस्तार गर्न नियमकारी निकायको नियामकिय क्षमताको विकास सरल र सिर्घ दाबी भुक्तानीको व्यवस्था बीमा जालसाजी नियम सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ। यस विषयमा आगामी दिनमा ध्यान दिइने उनले बताए ।
उनले भने ‘बीमकहरुको जोखिम न्यूनीकरणको जोखिममा आधारित सुपरिवेक्षण लागू गर्ने ,बीमा क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने पूनबीमाको संस्थागत क्षमता वृद्धि गर्ने, बीमाको लगानीयोग्य पक्षमा ध्यान दिइरहेको छ ।’ यस डिस्काेर्शले बीमा क्षेत्रको प्रवर्धन र सबलीकरणमा समेत ठोस सुझाव प्राप्त हुने उनको बुझाइ छ । यस्ता कार्यक्रमले नियामकलाई झकझकाउन सहयोग पुग्ने अर्थमन्त्री पाैडेलले औँल्याए ।
प्रतिक्रिया