वाणिज्य बैंकहरुको संख्या अझै घट्ने, मर्जरको चटारोमा आधा दर्जन बैंक

वाणिज्य बैंकहरुको संख्या अझै घट्ने, मर्जरको चटारोमा आधा दर्जन बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंक तथा वित्तीय संस्था एकापसमा गाभिने क्रम पछिल्ला दिनमा वृद्धि भएको छ । नेपालको बैंकिङ इतिहासमा विशिष्ठ पहिचान बनाएको नबिल बैंकले अर्को ुक वर्गको बैंक नेपाल बङ्गलादेश बैंकलाई गाभेको छ ।

एकापसमा गाभिएका बैंकले नबिल बैंक लिमिटेड को नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको नियमन विभागले सो बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका लागि अनुमति प्रदान गरेको छ ।

“बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्तिसम्बन्धी नियमावली, २०७३ बमोजिम’ केन्द्रीय बैंकले एक सूचनामार्फत जानकारी दिएको हो । यही असार १५ गतेमात्रै केन्द्रीय बैंकले एकीकृत कारोबारका लागि अन्तिम अनुमति दिएको थियो । सोही अनुमतिका आधारमा नेपाल बङ्गलादेश बैंकको सम्पूर्ण दायित्वसमेत अब नबिल बैंकले लिने भएको छ ।

नबिलले नेपाल बङ्गलादेश बैंकलाई प्रतिशेयर ४३ रुपैयाँका दरले गाभेको हो । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले पनि एकापसमा गाभिने सम्झौता गरिसकेका छन् । ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डू बैंक गाभ्ने सम्झौता गरिसकेको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्दान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले दुवै बैंकलाई एक आपसमा गाभ्नेरगाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धी विनियमावली, २०७३ ९चौथो संशोधन २०७५ बमोजिम सैद्दान्तिक सहमति दिएको छ ।

त्यस्तै हिमालयन बैंक र सिभिल बैंकले एकापसमा गाभिने अन्तिम तयारी गरिरहेका छन् । असार मसान्तभित्रै अन्य बैंकले समेत एकापसमा गाभिने तयारी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै बैंक तथा वित्तीय संस्था एकापसमा गाभिनका लागि आवश्यक सहमति गरेका छन् । धेरै बैंक तथा वित्तीय संस्था हुनुभन्दा कम सङ्ख्यामा गुणस्तरीय सेवा प्रदान गर्ने संस्था राख्ने सरकारको योजना रहेको छ ।