काठमाडाैं – विद्युत्को समग्र समग्र विकास सहित देशको आर्थिक विकासमा गुणात्मक फड्को मर्ने उद्देश्यले नेपाल सरकारबाट २०३० मा १३००० मेवा र ३०३५ मा २८५०० मेवा बिद्युत् उत्पादन गरी त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ ।
प्रसारण प्रणाली त्यसको अभिन्न अंग भएकोले यसको विकासका लागि पुँजीको आवश्यकता अत्यन्त महत्त्वपूर्ण रहेको र यस अनुरूप आगामी वर्षहरूमा, २०३० सम्ममा ६ खर्ब, २०३५ रूपैयाँसम्ममा ७ खर्ब र २०४० रूपैयाँसम्ममा ९.१ खर्ब रूपैयाँ पुँजीको आवश्यकता पर्नेछ।
यो पुँजी नेपालको आन्तरिक स्रोतबाट मात्रै सम्भव नभएको र दात्री निकायबाट पनि अपेक्षित सहयोग नआएकोले, नेपाल सरकारको वार्षिक बजेटमा भारी सङ्कुचन आएको छ। साथै सरकारले बिद्युत् खरिद सम्झौता गरिसकेका उत्पादकहरू, जसको COD (Commercial Operation Date) निश्चित भैसकेको छ, उनीहरूको लागि आफ्नो कम्पनी मार्फत प्रसारण संरचना बनाइ सेवा दिनु अत्यावश्यक छ। अन्यथा, सो बिद्युत् खेर गई देशको अर्थतन्त्रमा ठुलो घाटा हुने सम्भावना छ।
यस पृष्ठभूमिमा नेपाल सरकारले पुँजी व्यवस्थापनका अन्य विकल्पहरूको समेत खोजी गरी लागु गर्नु पर्ने आवश्यकता टड्कारो देखिन्छ, जसमा निजी क्षेत्रको सहभागिता एक मुख्य विकल्प हो। सुरुवाती चरणमा यसलाई सार्वजनिक निजी साझेदारी मार्फत विकास गरी आवश्यकता अनुरूप पूर्ण निजी लगानीमा समेत निर्माण र सञ्चालन गर्न सकिने देखिन्छ ।
जसबाट प्रसारण लाइन निर्माणमा विविधीकरण भई प्रसारण प्रणालीको विकासलाई तीव्रता दिनेछ र आर्थिक वृद्धिमा योगदान पुर्याउनेछ। निजी क्षेत्रको सहभागिताले नयाँ प्रविधि र व्यवस्थापन प्रणाली भित्र्याउन मद्दत गर्नेछ, जसले गर्दा प्रसारण प्रणालीको क्षमता र विश्वसनीयता समेत बढ्नेछ।
सरकारको यही मान्यता अनुरूप, राष्ट्रिय प्रसारण ग्रिडले आफूले अध्ययन गरी तयारीमा रहेका आयोजना मध्ये तमोर-धुन्गेसान्घु २२० केभी प्रसारण लाइनलाई सार्वजनिक निजी लगानी मार्फत BOOT मोडेलमा निर्माण गर्न लागेको हो । जस अनुरूप RPGCL सहित निम्नानुसारका उत्पादक कम्पनीहरू स्वपुँजी लगानीमा सहभागी हुनेछन् ।
क्र. सं. | कम्पनीको नाम | आयोजना | जडित क्षमता (मे.वा.) | आयोजनाको हालको अवस्था |
१ | रेमिट हाइड्रो लिमिटेड | घुन्सा खोला जलविद्युत आयोजना | ७७.५ | पिपिए सम्पन्न भइ उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको |
२ | सिम्बुवा रेमिट हाइड्रो लिमिटेड | सिम्बुवा खोला जलविद्युत आयोजना | ७०.३ | उत्पादन अनुमतिपत्र प्राप्त भई पिपिएको प्रक्रियामा रहेको |
३ | क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेड | सुपर तमोर जलविद्युत आयोजना | १६६ | पिपिए सम्पन्न भइ उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको |
४ | युनियन हाइड्रोपावर लिमिटेड | अपर तमोर ए जलविद्युत आयोजना | ६० | सर्वेक्षण अनुमतिपत्र रहेको र पिपिएको प्रक्रियामा रहेको |
५ | नेपाल हाइड्रो भेन्चर प्राइभेट लिमिटेड | तमोर खोला जलविद्युत आयोजना | ४३ | सर्वेक्षण अनुमतिपत्र रहेको र पिपिएको प्रक्रियामा रहेको |
३२ किमी लम्बाई र एक २२०/१३२ केभी को सब-स्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रहेको छ ।निर्माण पूर्वका सबै जसो कार्य सम्पन्न गरिएको यस आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा रहेको छ । हाल करिब ७० रोपनी जग्गा अधिग्रहण गरिसकिएको र सो सहितको अन्य खर्च पछि स्थापना गरिने कम्पनीमा पुँजीकृत गरिने छ ।
हाल ७४% शेयर उत्पादक कम्पनी र २६ प्रतिशत शेयर RPGCL लाई प्रस्ताव कायम गरिएको छ । आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको व्हीलिंग चार्ज हुनेछ । सोही आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयर होल्डरले ब्योहाेर्ने अवधारण रहेको यस आयोजना आफ्नै स्वतन्त्र कर्पोरेट मान्यताबाट परिचालन हुनेछ ।
यसको पक्ष भनेको स्वपुँजी सँगसँगै ऋण को व्यवस्थापन गर्नु हो, जसको लागि आजै RPGCL र HIDCL बीच उक्त आयोजनामा ऋण लगानी गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ। यसरी सो प्रसार लाइनको स्वपुँजी र ऋण दुवैको व्यवस्थापन मार्फत निर्माण कार्य सुनिश्चित भई RPGCL, GOV, IPPs र HIDCL सबैलाई विन-विन (win -win) को अवस्था सृजना भएको छ । यो मोडेलको सफल परीक्षण मार्फत देशका अन्य प्रसारण आयोजना समेत लागु गर्न सकिने र देशमा प्रसारण विकासको गुणात्मक फड्को मर्ने विश्वास लिएको छ ।
प्रतिक्रिया