नेप्सेको कारोबार प्रणालीबाट एओएनु फिचर हट्यो, के हो एओएनु ?

नेप्सेको कारोबार प्रणालीबाट एओएनु फिचर हट्यो, के हो एओएनु ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असार १९ गते आइतबारदेखि नेप्सेको कारोबार व्यवस्थापन प्रणालीबाट अल अर नन (एओएन) फिचर हटाएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात नेप्सेले यहि आजदेखि लागू हुनेगरी बिक्री तर्फको समेत एओएन फिचर हटाएको हो।

सेयर खरिदबिक्रीमा उच्च चलखेल भएको भन्दै यसअघि नै खरिदतर्फको एओएन फिचर भने कारोबार प्रणालीबाट हटाइसकिएको थियो । सेयर बजारमा अस्वाभाविक र काल्पनिक माग सिर्जनाको आशंकामा २०७८ जेठ ३० बाट खरिदतर्फको एओएन हटाइएको थियो।

पछिल्लो समय १९ बुँदे मागसहित आन्दोलन गरेका लगानीकर्ताहरुले एओएन हटाउन माग गर्दै आएका थिए । लगानीकर्ताहरुको माग कार्यान्वयनका लािग गठित समितिको पहलमा बिक्रीतर्फको पनि एओएन हटाउन धितोपत्र बोर्ड सहमत भएको थियो ।

अल अर नन (एओएन) के हो ?

कारोबार गर्ने क्रममा आफूसँग रहेको कुनै एक सेयरको सबै कित्ता एकै पटक एकै कारोबारमा खरिद वा बिक्री सम्पन्न होस अन्यथा कारोबार सम्पन्न हुँदै नहोस् भनेर लिमिट अर्डर अन्तर्गतको अर्डर भ्यालिडिटीलाई अल अर नन् अर्थात संक्षेपमा एओएन भनिन्छ।

उदाहरणका लागि कसैले २१ कित्ता सेयर ३ सय रुपैयाँका दरले किन्न वा बेच्न खोज्दा एक वा बढीले ३ सय रुपैयाँमा नै २० कित्ता मात्र किन्छु वा बेच्छु भन्दा कारोबार हुँदैन, तर ३ सय रुपैयाँमा नै एक वा बढीले २१ कित्ता किन्दा वा बेच्दा कारोबार हुन्छ ।

सामान्यतः अल अर ननको व्यवस्था कारोबार टुक्राएर गर्नु नपरोस भनेर प्रयोग गर्ने गरिन्छ। किन्न वा बेच्न खोजेको जति कित्तारएकाइ तोकिएको मूल्यमा भए किनबेच हुने भएमात्र किन्छु वा बेच्छु, नभए किन्दिन वा बेच्दिन भन्ने क्रेता र बिक्रेताको मूल्य र परिणामको शर्तसँगै छनोटको अधिकार र स्वतन्त्रताको सम्मान गर्ने खरिद बिक्री आदेश विधि नै एओएन (अल–अर–नन) हो ।