बीमा ज्ञान : जीवन बीमामा जोखिमाङ्कनको महत्व

बीमा ज्ञान : जीवन बीमामा जोखिमाङ्कनको महत्व


काठमाडौं – जीवन बीमामा जोखिमाङ्कनको निकै ठूलो महत्व हुन्छ । बीमितले बहन गरेको जोखिमको पहिचान र वर्गीकरण गर्ने कामलाई नै जीवन बीमा जोखिमाङ्कन भनिन्छ । जोखिमाङ्कनको माध्यमबाट नै बीमितलाई जोखिम अनुसारको बीमा शुल्क र पोलिसी बिक्री गरिन्छ । जोखिमाङ्कनमा बीमासँग सम्बिन्धित पक्षले यसमा ध्यान पुर्याउन’ पर्ने हुन्छ । जीवन बीमामा जोखिमाङ्कन महत्वपूर्ण हुनुमा निम्न कारण छन् :

१. बीमितले बहन गरेको जोखिम अनुसारको बीमाशुल्क निर्धारण गर्न
२. पोलिसी सरेण्डरलाई रोकथाम गर्न
३. स्वस्थ र गुणात्मक व्यापारको विकास गर्न
४. बीमित र बीमकलाई पर्न सक्ने नोक्सानी कम गर्न
५. बीमितले बहन गरेका जोखिमलाई सुरुमै पहिचान गरी दाबी प्रक्रियालाई सहज र सरल बनाउन
६. गलत छनौट भई पहिचान र रोकथाम गरी कम्पनीको मुनाफा वृद्धिमा सहयोग गर्न
७. बीमा बजारलाई व्यवस्थित र बदनाम रहित बनाउन

यस्तो छ जीवन बीमा जोखिमाङ्कनको प्रक्रिया

जीवन बीमा जोखिमाङ्कन गर्दा अण्डरराइटरले प्रस्तावित बीमितको सन्दर्भमा मुख्यता : तीन विषयवस्तुलाई ध्यान दिनुपर्छ ।
१. स्वास्थ्य अवस्था
२. व्यक्तिगत सूचना
३. आर्थिक अवस्था

बीमितको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने कुरामा पनि मूल्याकंन गरेको अवस्थामा जीवन बीमामा कुनैपनि समस्या आउँदैन । त्यस्तै व्यक्तिगत कुराहरूले पनि बीमामा असर पर्ने भएको कारण पनि जीवन बीमामा जोखिमाङ्कन गर्दा व्यक्तिगत सूचनाको विचार गर्नुपर्छ । त्यस्तै, बीमामा आर्थिक पाटोको संलग्नता भएकाे कारण पनि बीमितको आर्थिक अवस्था के कस्तो छ भन्ने विषयमा पनि ध्यान दिनु आवश्यक छ ।

जोखिम व्यवस्थापन: जोखिम व्यवस्थापनमा बीमितले पनि निम्न कुरामा ध्यान दिन सक्छन् :

१ जोखिमलाई नियन्त्रण गर्नेः
२ जोखिमबाट टाढा रहनुः
३ जोखिमलाई स्वीकार गर्नुः
४ जोमिलाई हस्तान्तरण गर्नुः

१. बढी बीमाङ्कको माध्यमबाट हुने गलत छनोट रोक्नः बीमितको वास्तविक क्षमता र आवश्यकताभन्दा बढीको बीमा हुनु पनि एक प्रकारको Adverse Seletction । यसले सिङ्गो बीमा व्यवसायलाई नै अमर्यादित बनाउने मात्र नभई बीमालाई जुवाको रुपमा समेत प्रयोग गर्ने सम्भावना हुन्छ । सवल वित्तीय जोखिमाङ्कनले यस्तो प्रकारको Adverse Seltection हुन नदिन सहयोग गर्छ ।

२. गुणस्तरीय बीमा व्यवसायको प्रवर्द्धन गर्नः वित्तीय जोखिमाङ्कन गुणस्तरीय बीमा व्यवसायको आधार हो । समस्यारहित किसिमले बीमा अवधिभर बीमालेख जारी हुनु र बीमिको सम्भावित वास्तविक क्षति बमोजिमको बीमा नै गुणस्तरीय बीमा हो । यसको प्रत्याभूति सवल वित्तीय जोखिमाङ्कनबाट मात्रै अपेक्षा गर्न सकिन्छ ।

३. कम्पनीको मुनाफा वृद्धिमा सहयोग पुर्याउनः वित्तीय जोखिमाङ्कनले अधिक बीमा हुन नदिई कम्पनीको मात्र नभई समग्र बीमित र शेयरधनीहरुलाई समेत मुनाफा वृद्धिको माध्यमबाट लाभान्वित पार्ने काम गर्छ । वित्तीय जोखिमाङ्कन गुणस्तरीय बीमा व्यवसायको आधार हो । समस्यारहित किसिमले बीमा अवधिभर बीमालेख जारी हुनु र बीमिको सम्भावित वास्तविक क्षति बमोजिमको बीमा नै गुणस्तरीय बीमा हो । यसको प्रत्याभूति सवल वित्तीय जोखिमाङ्कनबाट मात्रै अपेक्षा गर्न सकिन्छ ।