भारतमा एपमार्फत् ऋण दिनेहरूले सेवाग्राहीलाई कसरी ठगिरहेका छन् ?

भारतमा एपमार्फत् ऋण दिनेहरूले सेवाग्राहीलाई कसरी ठगिरहेका छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

भारतको पूणेमा बस्ने राजले गत मार्च महिनामा ११० अमेरिकी डलर बराबरको ऋण लिँदा उनले आफ्नो आर्थिक समस्या सजिलै टर्ने ठानेका थिए। तर त्यसले उनको जीवन निकै धेरै खराब बनायो। 

उनी डिजिटल माध्यमबाट ऋण दिने भारतका धेरैमध्ये एउटा सेवामा आकर्षित भएका थिए।

धेरैझैँ राज (वास्तविक नाम होइन)लाई छिट्टै र सजिलै ऋण स्वीकृत हुने प्रक्रियाले लोभ्यायो। 

उनी फोनमा सिर्फ एउटा एप डाउनलोड गरेर परिचयपत्र पठाएपछि ऋण प्राप्त गर्नका लागि योग्य भएका थिए। उनले तत्कालै केही रकम समेत बुझे तर त्यो उनले मागेको भन्दा आधा थियो।

त्यसको तीन दिनपछि नै उक्त कम्पनीले ऋण दिइएको रकमको तीन गुणा बढ्ता फिर्ता माग्यो।  उनले त्यसलाई तिर्न अन्य वित्तीय एपबाट ऋण लिन थालेसँगै सास्तीको चक्र घुमिरह्यो। 

अन्ततः राजले तिर्नुपर्ने रकम ३३ वटा विभिन्न एपमा ६ हजार अमेरिकी डलरभन्दा धेरै पुग्यो। 

ती एप चलाउने धेरै मानिसहरूले उनलाई पैसा तिर्नका लागि धम्काउने थाले तापनि उनी प्रहरीसामु पुग्न निकै डराए।  ती एप प्रयोग गर्नेहरूले उनको फोनमा रहेका सबै फोन नम्बर र तस्बिरहरूमा पहुँच पाए र फोनमा भएको उनकी श्रीमतीको नग्न तस्बिर ती सबैलाई पठाइदिने भन्दै धम्क्याउन थाले। 

त्यस्तो अवस्थामा फसाउनेहरूको ऋण चुक्ता गर्न उनले श्रीमतीको सबै गहना बेचे। तैपनि उनी अझै डराइरहेको बताउँछन्। 

राजले भने, उनीहरूले मलाई त्यसै छाड्लान् जस्तो लाग्दैन। म जीवनभरका लागि त्रसित छु। मैले दैनिकजसो धम्कीपूर्ण फोन र सन्देशहरू पाइरहेको छु।

ठगीका व्यापक घटना

भारतमा यस्तो प्रकारका मोबाइलबाट गरिने ठगी निकै सामान्य जस्तो भएको छ।

१ ज्यानुअरी २०२० देखि ३१ मार्च २०२१ बिचमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले गरेको एउटा अध्ययनले ६०० वटा त्यसरी ऋण दिने एप पहिचान गरेको छ। 

त्यस अवधिमा आरबीआईसमक्ष महाराष्ट्र राज्यमा सबैभन्दा धेरै सङ्ख्यामा ५७२ उजुरीहरू परेका थिए। 

ती एपहरूले विभिन्न वाचाहरू गर्छन्( झन्झटरहित ऋण, तुरुन्तै पैसा। अनि मानिसहरूलाई यसरी लोभ्याउँछन् की उनीहरूले आफ्ना फोनहरू ह्याक भएको, त्यसका विवरणहरू चोरिएको, गोपनीयता भङ्ग भएको थाहै पाउँदैनन्, महाराष्ट्र साइबर डिपार्टमेन्टका स्पेसल इन्स्पेक्टर जेनरल यशस्वी यादवले भने।

भारतमा धेरै मानिसहरू (कानुनी रूपमा बैंबाट) ऋणका लागि योग्य नभएकाले यो छली निकै फैलिरहेको छ, उनी थप्छन्।

ती एपहरू प्रायस् चीनमा रहेका सर्भरबाट चल्छन्। तर छलगर्नेहरू भारतमै रहने यादव बताउँछन्। 

उनले त्यसरी छल गर्ने धेरैलाई उनीहरूको बैंक खाताहरू र फोन नम्बरहरू ट्र्याक गर्दै समातिएको बताए।   

छलकर्ताका शैली

त्यस्तो ठगी कार्यमा संलग्न एकजना व्यक्तिले बीबीसीसँग कुरा गर्दै भारतीय अधिकारीहरूलाई झुक्क्याउने काम तुलनात्मक रूपमा सहज भएको बताए।

ती एप बनाउनेहरू वा तिनीहरूका लागि काम गर्ने हामीजस्ता मानिसहरूलाई खोज्न निकै कठिन छ किनभने हामीले नक्कली कागजात बुझाएर मोबाइल नम्बर लिन्छौँ, ती व्यक्तिले सुनाए। 

ूहामी भारतभरबाट काम गर्छौँ। हामीहरूको एकै ठाउँमा बसेर काम गर्ने ठाउँ भन्ने हुँदैन। हामीलाई चाहिने भनेको ल्यापटप र काम गर्ने फोन हो। म जस्ता मानिसहरूसँग सेवाग्राहीलाई धम्क्याउन प्रयोग हुने १० वटाभन्दा धेरै नम्बर हुन्छन्। एकजना छलकर्ताले आफूहरू सीधा साधा र पैसाको आवश्यकतामा परेका मानिसहरूलाई खोज्न प्रशिक्षित भएको बताए।

त्यस्ता मानिसहरूलाई तिनीहरूले मागेकोभन्दा आधामात्र पैसा दिइन्छ। 

राजको जस्तो घटनामा उनीहरूले दिइएको पैसाको तीन गुणासम्म फिर्ता माग्छन्।

ऋणीले पैसा तिर्न सकेनन् भने दबाब दिने काम सुरु हुन्छ। 

धेरै पीडितहरू लाज र डरले प्रहरीसम्म पुग्दैनन् ।

त्यस्तो ठगीको काममा संलग्न एकजनाले भने, पहिलो चरण भनेको उनीहरूलाई हैरान पार्नु हो। त्यसपछि धम्क्याउनु । अनि उनीहरूलाई ब्ल्याकमेल गर्ने खास खेल सुरु हुन्छ। किनकि हामीसँग ऋण लिनेहरूको फोनको विवरण हुन्छ । 

बीबीसीले पीडितहरूलाई पठाइएका सन्देशहरू समेत हेरेको छ जसमा परिवार र सहकर्मीहरूलाई उसको ऋणबारे बताइदिने कुरा उल्लेख छन्। 

तर केही अझ क्रुर प्रकृतिका छन् जसमा पीडितका तस्बिरहरू प्रयोग गरेर पोर्न भिडिओ बनाइदिने धम्की समेत छन्। 

सरकारले के गरिरहेको छ ?

भारत सरकारले यससँग जुझ्ने प्रयास स्वरूप गत वर्षको मे महिनामा गुगललाई आफ्नो प्ले एप स्टोरको समीक्षा गर्न भनेको थियो। 

स्मार्टफोन बोक्ने लगभग सबैजसो भारतीयसँग गुगलको अपरेटिङ सफ्टवेयर एन्ड्रोइड हुने भएकाले र उनीहरूले गुगलकै एप सेवा प्रयोग गर्ने भएकाले गुगलको भूमिका मुख्य रहनेगर्छ। 

तर त्यस्ता सेवा बन्द गरिदिँदा छली गर्नेहरू अन्य माध्यममा सर्छन् र एसएमएसहरू पठाउँदै आफ्नो प्रचार गर्न थाल्छन्। 

यस्तो अवस्थाका कारण आरबीआईले सरकारलाई नयाँ कानुन बनाएर आफूलाई एपको पुष्टि गर्न दिन आग्रह गरेको छ। 

सरकारले आउँदा साताहरूमा यसबारे प्रतिक्रिया जनाउने अपेक्षा गरिएको छ। तर अब आउने कुनै पनि नयाँ नियमहरू कसैका लागि ढिलो भइसकेको हुनसक्छ। 

सन्दीप कोर्गावन्करले गत मे ४ तारिखमा ऋण दिएर दुःख दिनेहरूको यस्तै धम्की र तनावका कारण आत्महत्या गरेको उनको परिवारले जनाएको छ। 

परिवारका अनुसार सन्दीपले ऋण समेत लिएका थिएनन् सिर्फ त्यस्तो एउटा एप डाउनलोड मात्रै गरेका थिए।

तर ऋण एजेन्टहरूले सन्दीपका सहकर्मीहरूलाई फोन गर्दै उनले ऋण तिर्न नसकिरहेको बताउन थाले।

उनीहरूले उनका तस्बिरहरूलाई बिगार्दै नग्न देखिने खालको बनाएर उनका ५० जना सहकर्मीहरूलाई समेत पठाए। 

प्रहरीमा उजुरी दिँदा समेत हैरान पार्ने काम रोकिएन। त्यसले सन्दीपको जीवन नर्कजस्तो बनेको र उनले सुत्न र खान समेत नसकेको उनको परिवारले जनाएको छ। 

हाल प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिराखेको छ। 

वीवीसी बाट