बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समयमा आधुनिक वित्तिय कारोबारमा जनताहरुको ध्यान केन्द्रित भएको छ । तर डिजिटल कारोबारमा ठगीहरु पनि हुने भएकोले यसबाट जोगिन आवश्यक छ । डिजिटल कारोबार जति सजिलो छ, ठगी गर्नेहरुलाई पनि त्यस्तै सजिलो बनाएको छ । अझ भन्नु पर्दा पछिल्लो समय डिजिटलको माध्यम बाट ठगी गर्नेको सञ्जाल नै रहेको छ । जसले सजिलै युवा, युवतीलाई आफ्नो प्रभावमा पर्ने र ठगी गर्ने गरेको पाईन्छ । सामाजिक सञ्जालमा सम्बन्ध बनाई ठगी गर्ने घटनाहरु आएको पाईन्छ ।
हिजोको दिनमा ठगीको घटना प्रत्यक्ष रुपमा उपस्थिति जनाएर हुन्थ्यो भने हाल डिजिटल प्रविधिको प्रयोग मार्फत ठगी गर्नेहरुको ध्यान गएको पाईन्छ । ठगी गर्नेको पहिचान पनि सजिलै नहुने भएकोले हालको समयमा यस्तो ठगीमा ठगहरुको ध्यान गएको पाईन्छ ।
नेपाल राष्ट्र बैंकले यस्तो ठगीबाट बच्नको लागि विभिन्न बैंकहरुलाई नितिगत निर्देशन दिएको छ । राष्ट्र बैंकले यस सम्बन्धी बेला–बेलामा अन्य बैंकहरुलाई सुचना मार्फत जानकारी गराउदै आएको छ । राष्ट्र बैंकले यस्तो ठगीबाट बच्नको लागि आफ्नो वेवसाईडमा पनि सुचनाहरु जारी गरिरहेको छ ।
राष्ट्र बैंकले विभिन्न सुरक्षा निकायहरुसँग मिलेर यस्तो कार्यलाई रोक्न सहकार्य पनि गरिरहेको छ ।
कसरी बच्न सकिन्छ विद्युतीय (डिजिटल) कारोबार बाट यस्ता छन उपाय
१. आफ्नो ओ.टि.पि कसैलाई सेयर नगर्ने ।
२. मोवाईल पासवर्डहरु कसैलाई सेयर नगर्ने ।
३. मोवाईलमा पासवर्डहरु सेभ गरेर नराख्ने ।
४. मोवाईल हराएको भए, बैंकमा गएर एकाउन्ट बन्द गर्ने, जसको कारणले तपाई ठगी बाट बच्न सक्नुहुन्छ ।
५. ठगी भएको थाहा पाउने वित्तिकै बैंकलाई खबर गर्ने । राष्ट्र बैंकलाई पनि जानकारी गर्न सकिन्छ ।
६. सामाजिक सञ्जालमा नचिनेको मान्छेहरु सँग कुरा नगर्ने ।
७. पासवर्ड सजिलो नराख्ने । साधारतया हामीहरु आफ्नो नाम,थर राख्ने गर्छउ । यस्तो पासवर्ड ठगहरुले सजिलै पत्ता लगाउन सक्ने भएकोले कठिन पासवर्ड राख्ने ।
प्रतिक्रिया