काठमाडौं – दसैं भन्नसाथ मिठा परिकार, नयाँ लुगा, नयाँ जुत्ता र नयाँ सरसामानको याद आउँछ । घुमघाम, तास लगायतका खेलको समेत याद आउँछन् । यसबाहेक अन्य प्रकारका विषय समेत दसैंको नाम उच्चारण गर्नसाथ आउने भएपनि धेरै रकम खर्च हुँदैनन् । तर, माथि उल्लेखित विषयमा भने उल्लेख्य रकम खर्च हुन्छ ।
श्रमिकले आफुले काम गरेको कार्यालयबाट पाउने बोनस सम्झन्छ भने अन्य व्यक्तिले घर परिवार, आफन्त मामाघरमा टिका लगाएर पाउने दक्षिणा सम्झन्छ । श्रमिकले वर्षभरि काम गरेर मिहेनत गरेर संस्थालाई उच्च बनाउन गरेको मिहेनतको कदर गर्ने समय पनि यसैलाई सम्झिन्छन् । हामीले दसैंमा पाएको बोनस अधिकांश अनावश्यक खर्च गर्ने गरेको पाइन्छ ।
हामीले पैसा हातमा भएपछि जतिपनि खर्च गर्न तयार हुन्छौं । हामीले दशैंमा मात्र होइन जुनसुकै समयमा खर्च कम गर्ने बानी गर्नुपर्ने हुन्छ । हामीले खर्चको योजना बनाएर मात्रै खर्च गर्ने बानी बसालेमा बचत गर्न सहज हुन्छ ।
यसरी गर्नुहोस् बचत
हामीले दसैंमा कति खर्च गर्नुपर्छ भन्ने बारेमा पहिले योजना बनाएर खर्च गर्नुले बचत गर्न सहयोग गर्छ । दसैंमा भोजन र सजावटका लागि सन्तुलित बजेट बनाउनुपर्ने हुन्छ । हामीले दशैंमा सस्तो र स्थानीय सामग्रीको प्रयोग गर्नाले पनि बचतलाई सहयोग पुर्याउछ । सस्तो र स्थानीय सामानले खर्चलाई घटाउँछ र स्थानीय व्यवसाय फस्टाउन सहयोग गर्छ । हामी जो कोहीले पनि दशैं जस्ता ठूला चाडमा मनोरञ्जन चाहेको हुन्छौं ।
मनोरञ्जनमा पनि धेरै खर्च हुन सक्छ त्यसैले खर्च कम गराउँने घर÷टोलमा नै विभिन्न कार्यक्रम आयोजना गरेर मनोरञ्जन लिनुका साथै खर्च कम गराउन सकिन्छ । हामीले घरमा गित गाउने नाचगान गर्ने विभिन्न किसिमका खेलहरु खेलेर मनोरञ्जन लिन सक्छौं जसले खर्च निकै कम गराउँछ । आवश्यक चीजहरूको लागि मात्र लगानी गर्ने हो भने पनि हामीले दशैंको खर्च कम गरेर बचत गर्न सक्छौं ।
कुन बैंकले कति दिन्छ ब्याजदर ?
हामीले आफ्नो पैसा बैंक तथा वित्तीय संस्थामा राख्दा बढी ब्याजको आश गरेका हुन्छौं भने बैंकबाट ऋण लिँदा कम ब्याज होस् भन्ने चाहना राख्ने गरेका छौं । हामीले दशैंमा कम खर्च गरेर बचत गर्दा कुन बैंकमा गर्ने भन्ने दोधारमा पर्न पनि सक्छौं । हामीले पैसा जम्मा गर्नुभन्दा पहिले बैंक तथा वित्तीय संस्थाले वित्तीय कारोबारको अनुमति पाएका छन् कि छैनन् भन्ने कुराको ख्याल गरेर मात्रै बचत गर्नुपर्ने हुन्छ ।
बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ औसत ६.३९८ प्रतिशत र संस्थागत तर्फ ५.१०२ प्रतिशत ब्याजदर तोकेका छन् । हाल हिमालयन बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, माछापुच्छ्रे बैंकले पनि व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत, एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत र सिटिजन्स बैंकले व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिने छ ।
त्यस्तै, कृषि विकास बैंकले मुद्दति निक्षेपको व्यक्तिगततर्फ ६.०७ प्रतिशत र नेपाल बैंकले ५.९५ प्रतिशत ब्याज दिने छ । एनएमबि बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याज दिने छ । साथै, कुमारीले व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत, नेपाल एसबीआईले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, सानिमाले व्यक्तिगततर्फ ५.९ प्रतिशत संस्थागततर्फ ४.३ प्रतिशत ब्याज दिने छ ।
त्यस्तै, नबिल बैंकले पनि व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । साथै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । प्रभु बैंकले असोज महिनामा पनि व्यक्तिगततर्फ ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने छन् ।
साथै, लक्ष्मी सनराइज व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, सिद्धार्थ व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याज दिने छन् ।
प्रतिक्रिया