‘भाते संस्कृति’ले चामलको खपत बढ्यो, उत्पादन बढेन

‘भाते संस्कृति’ले चामलको खपत बढ्यो, उत्पादन बढेन

गुरु प्रसाद पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – धान उत्पादन भातका लागि नै हो । त्यसो त धानबाट चिउरा पनि बन्छ । चामलको प्रयोग रोटी लगायतमा हुनेगरे पनि भातमै बढी हुन्छ । नेपालमा धानखेती करिब १५ लाख हेक्टरमा हुने गर्छ । केही उन्नत देशले प्रति हेक्टर ६ लाख मेट्रिकटन फलाउने गरेपनि नेपालको धानको औषत उत्पादन प्रतिहेक्टर करिब ३.८ लाख मेट्रिक टन हो ।

भात हाम्रो संस्कृति जस्तै भैसकेको छ । दसैंमा टीकाका लागि मात्र पनि राम्रै परिमाणमा चामल खर्च हुने कुरो २–३ वर्ष अगाडी तथ्यांक पढेको थिए । हामी अधिकांश नेपालीजनले दिनमा कम्तिमा एक छाक दालभात टन्न खानै पर्ने प्रचलन छ । अन्यथा के नखाएको, के नपुगेको जस्तो हुन्छ ।

‘डायवटिज’ भएकाहरुले बाध्यात्मक स्थितीमा मकैको च्याख्लामा सन्तोष मान्नुपर्ने स्थिती छ । अन्यथा हामीलाई भात नै चाहिन्छ । हाम्रो ‘भाते’ संस्कृति’लाई धान्न हामीलाई वार्षिक करिब ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । करिब १५ लाख हेक्टरमा धान उत्पादन हुँदा अहिलेकै उत्पादनले पनि हामीलाइ लगभग पुग्नु पर्ने हो ।

तर, धान उत्पादन हुने खेतमा वर्षभरीका लागि चाहिने सिंचाई सुविधा सबै ठाउँमा पुग्न सकेको छैन । विगतमा हामीले धान–चामल कम्पनी खोलेर निर्यात नै गर्ने गरेका थियौं । त्यतीबेला नेपालको जनसंख्या पनि न्यून थियो र चामल (भात) को मूल्य सस्तो पनि थिएन ।

पहाडी क्षेत्रमा ढिडो र रोटीको खपत राम्रै हुन्थ्यो । म पहाडमा जन्मी हुर्केको भएकाले यसबारे ढुक्कले भन्न सक्छु । आर्थिक वर्ष २०७८/७९ मा ३५० अर्ब रुपैयाँ हाराहारीको हामीले कृषि तथा पशुपंछीजन्य वस्तु सामाग्री आयात गरेका थियौं ।

त्यसमा पनि चामल ४७.५७ अर्ब रुपैयाँको, माछामासु ३० अर्ब रुपैयाँको र मकै १९.६ अर्ब रुपैयाँको आयात भएको थियो । यस्तै, सन्फ़्लावरतेल १८.१ अर्ब रुपैयाँको, गहुँ ६.३ अर्ब रुपैयाँको र आलु ८.२ अर्ब रुपैयाँको तथा प्याज ६.५ अर्बको आयात भएको थियो ।

स्याउ आयातमा ८.८ अर्ब रुपैयाँ बाहिरिएको थियो । तर, पाँचै वर्ष अगाडी २०७४/७५ मा भने यस्ता वस्तुको आयात करिब १७५ अर्ब मात्र थियो । ५ वर्षको अवधिमा हाम्रो दोब्बर बढीले खाद्यान्न बेसाइएछ (खरिद वा किन्ने) ।

नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रले करिव २५ प्रतिशत ओगट्दै आएको छ । २५ प्रतिशतलाइ १०० मान्ने हो भने धानको योगदान १५ प्रतिशत देखि २० प्रतिशतसम्म हुन्छ । यो हिसावले धानले मात्र समग्र जीडीपीमा करिब ५ प्रतिशतभन्दा माथि नै योगदान गर्ने देखिन्छ ।

त्यसैले भातको अर्थतन्त्र बडो गम्भिर र संवेदनशील छ । तपाईँ हामी भातका लागि मात्रै नभएर अर्थतन्त्रका लागि पनि सोच्नुपर्छ । आउँदो दसैं र तिहारमा मासु र भात मात्र ननभएर अन्य प्रकारका खाद्यान्नमा पनि जोड दिनुपर्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलको सामाजिक सञ्जालबाट