दसैंको भेटघाट : बीमा विस्तार गर्ने योजनामा ‘एजेन्ट’

दसैंको भेटघाट : बीमा विस्तार गर्ने योजनामा ‘एजेन्ट’


काठमाडौं – नेपालीहरूको महान् चाड दसैं नजिकिएसँगै गाउँ छाडेर रोजगारीको सिलसिलामा विभिन्न ठाउँ पुगेकाहरू घर फर्किसकेका छन् । बसपार्क र विमानस्थलबाट घर फर्कनेहरूको सङ्ख्या १५ लाखभन्दा माथि रहेको नेपाल प्रहरीको तथ्याङ्क छ । यसको अर्थ, दसैंमा गाउँघरमा धेरै मानिसहरूको जमघट र भेटघाट हुन्छ ।

दसैंलाई धेरैले छुट्टिका रुपमा सदुपयोग गर्ने योजना बनाए पनि बीमा अभिकर्ताहरू भने गाउँघरको भिडभाडलाई  मौकाकारुपमा सदुपयोग गर्ने सोचमा छन् ।

यीनैमध्येका एक हुन् देवन घिमिरे । उनी यस पटकको दसैंमा गाउँ फर्किँदा वरिपरिका छरछिमेकलाई बीमाको दायरामा ल्याउने योजना बुनिरहेका छन् । उनी यसका लागि आफ्ना चिनजानका सबै जनासँग घुलमिलमा रहने योजना बनाएकाे बैंकिङ्ग समाचारलाई बताउँछन् ।

‘पछिल्लो समय बीमाको महत्त्व बढ्दै गइरहेको छ,’ घिमिरे भन्छन्, ‘बीमा गर्नुपर्छ भनेर बीमाको दायरा बढाउन धेरै अभिकर्ताहरूको भूमिका रहेको छ ।’ सूर्यज्योति लाइफ इन्स्याेरेन्सबाट आफ्नो काम सुरु गरेका उनी अहिले रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडको बाग्लुङ शाखाको धौलागिरी एरिया प्रमुखको रुपमा कार्यरत छन् ।

यसरी जोडिए बीमा क्षेत्रमा

घिमिरे २०७६ भदौबाट बीमा क्षेत्रमा प्रवेश गरेका हुन् । एक हस्पिटलको प्रोपाइटर दाइले उनलाई बीमा पेशामा संलग्न हुन् सुझाव दिए । यसैसँगै उनले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पोखरा ब्रान्चबाट सीईओ, सेल्स हेड, एचआरसँग अन्तर्वार्ता दिएसँगै उनले बीमा क्षेत्रमा काम शुभारम्भ गरेका हुन् । बीमा क्षेत्र आफ्नो जीवनको लागि अनुकुल लागेपछि उनले यसलाई नै निरन्तरता दिन थाले । उनी भन्छन् ‘बीमा क्षेत्रमा नलागेको भए म ‘ट्रेडिङ्ग’ तिर लाग्ने सोचमा थिए । तर, बीमा क्षेत्रमा म अत्यन्तै खुसी छु ।’

थुप्रै विधामा पुरस्कृत

सूर्यज्योतिबाट काम सुरु गरेका घिमिरेले बीमा क्षेत्रमा अहम् भूमिका निभाउँदै गर्दा हरेक वर्ष उत्कृष्ट उपशाखा प्रमुखको सम्मान पाउदै आएका छन् । २०७८ / ७९ मा सिङ्गो कम्पनीमा ‘इम्पोलोई अफ द एयर’ भएका थिए । यो पुरस्कारका निम्ति आठ वटा विधामा मूल्याङ्कन गरी उनलाई प्रदान गरिएको थियो । यस्तै, ‘क्षेत्र’ प्रमुख हुँदै गर्दा पनि राम्रो काम गरेको बापत उनलाई कम्पनीले सम्मान स्वरूप ल्यापटप दिएको थियो । बीमा क्षेत्रमा काम गरेसगैँ मूल्यांकन पनि उत्तिकै हुने गरेको उनले बताए ।

बीमा एक ‘लङ्गटर्म इन्भेष्टमेन्ट हो’

उनी भन्छन्, ‘बीमा एक लङ्टम इन्भेष्टमेन्ट पनि हो ।’ त्यसैले स्वदेश तथा विदेशमा रहने नेपालीहरुले बीमा गरी आफू आफ्नो परिवारको आर्थिक सुरक्षाको प्रत्याभूती लिनुपर्छ । यसै भनाइ मार्फत अनुरोध गर्दै उनी भन्छन्, ‘लाई देशलाई समृद्धितर्फ लैजानु छ भने हरेक नेपालीकाे बीमा आवश्यक छ ।’ बीमाको इतिहास हेर्ने हाे भने, आजसम्म संसारमा याे क्षेत्र नडुबेको नहराएको उनी बताउँछन् । बीमा क्षेत्रले हरेक व्यक्तिको लागि सुरक्षा दिने भएको कारण सबैले बीमा गर्नुपर्ने उनी बताउँछन् ।

‘दसैंमा खर्च जोगाएर बीमा गरौं’

दसैं भन्ने वित्तिकै सबै जना खर्च गर्नेतिर लागिरहेका हुन्छन् । तर, दसैंको खर्च जोगाएर बीमा गर्न अनुरोध गर्दै उनी भन्छन् ,‘दसैंको खर्च जोगाएर बीमा गरियो भने भविष्यको लागि राम्रो हुन्छ । सबै जनाले बीमा गर्नु आवश्यक पनि छ । ’दसैंको समयमा सबै जना गाउँ घरमा जम्मा भइरहेका हुन्छन् । सबै जना जम्मा हुने समयमा बीमाको कुरा बुझाउन र बीमाको दायरामा समावेश गर्न सहज हुने उनी बताउँछन् ।

‘दसैंको समयमा लाहुरेहरु, शहर बसेका सबै जना, सबै विदेशिएका युवाहरू पनि जम्मा हुने समय भएको कारण हामी अभिकर्ताहरू सबै जना भरपुर काम गर्ने छौँ ।’ ‘खर्च कम गरेर बचत गर्ने बानीको विकास गरौँ भोलिको समृद्धिको परिकल्पना आज गरौँ’ उनी भन्छन्, ‘बीमाले तपाईँ हामीलाई समस्या परेको बेला पनि सहयोग पुर्याउछ  । सबैले बिमा गर्नु आवश्यक पनि छ।’