पुस्तकले दियो बीमामा लाग्ने प्रेरणा, लगनशीलता र मिहिनेतले उचाइ

पुस्तकले दियो बीमामा लाग्ने प्रेरणा, लगनशीलता र मिहिनेतले उचाइ


काठमाडौं – भनिन्छ कर्म गर्नु तर फलको आस नगर्नु । तर,गरेको कर्मले फल नदिने भन्ने विषय नै हुँदैन । किनकि, कर्म गर्ने धेरैले राम्रो फल पाएको उदाहरण विश्वव्यापीरुपमा स्थापित छन् । यस्तै, धेरै उदाहरण मध्येका एक हुन् अशोक बुद्ध लामा । उनी नेपालको बीमा क्षेत्रमा लागेको धेरै भएकाे छैन । तर, उनको सफलताको सिँढी भने दशकौँभन्दा लामो यात्राले पनि तय गर्न नसक्ने खालको छ ।

२०७५ साल मङ्सिरदेखि बीमामा लागेका लामा छोटो समयमा नै सफलता प्राप्त गर्नेहरु मध्येका एक हुन् । यो क्षेत्रमा प्रवेश गरेको एक दशक पनि भएकाे छैन । २०८५ सालमा उनले बीमा क्षेत्रमा पाइला राखेको दशक पुग्दैछ । तर, उनी यो छोटाे अवधिमा नै सिटिजन्स लाईफ इन्स्योरेन्सको बनेपा शाखाको एजेन्सी म्यानेजरकारुपमा छन् । जबकि, यो पद हासिल गर्न सामान्यतया दशकौँभन्दा बढीको समय तय गर्नुपर्छ ।

केही समय पत्रकारिताको अनुभव बटुलेका लामा कामप्रतिको लगन र मिहिनेतबारे राम्रोसँग परिचित छन् । यसैको लाभ उनले बीमा क्षेत्रमा लिएका छन् । पत्रकारितामा उनले गरेको खटाई र पाएको भोगाई बीमा क्षेत्रमा सफलताको स्वाद चाख्न महत्त्वपूर्ण बन्यो । र, बीमामा पाइला राखेको आधा दशक हाराहारीकै समयमा नेतृत्वदायी भूमिकामा पुगे र जिम्मेवार ढङ्गले निर्वाह समेत गरिरहेका छन् ।

उनले पहिलो बीमा आफ्नो घर बनाउँदा काम गर्न आएको दाइको गराए । त्यसपछि बिस्तारै परिवार, साथीभाइ, गाउँबाट बीमा गराउँदै गए ।

कामप्रति लगनशीलता देखाउने उनीसँग अन्य मानिसलाई प्रभावित बनाउने खुबी समेत छ । जसकारण कम्पनीका प्रमुख कार्यकारी अधिकृतदेखि अन्य उच्च ओहोदाका व्यक्तिलाई आफ्नो क्षमता र लगानशीलताका कारण प्रभावित बनाइसकेको दाबी गर्छन् लामा । साथै यो क्षेत्रले आफ्नो जिन्दगी नै परिवर्तन गरेको बताउँदै लामा भन्छन्, ‘हाल म कम्पनीका अभिकर्ताहरू मध्ये उत्कृष्टमा पर्छु । छोटो समयमा नै धेरै उपलब्धि हासिल गरिसकेको छु ।’

प्रेरणाको स्रोत बन्यो पुस्तक
जीवनमा उच्च सफलता पाउनेहरूमध्ये धेरैले पुस्तकलाई आफ्नो गुरु बनाएका हुन्छन् । धेरै हदसम्म पुस्तकले भौतारिइरहेकाहरूलाई मार्गदर्शन दिने गर्छ । किनकि, पुस्तक पढ्नेहरूको ज्ञान र बुझाइको क्षमता नै माथिल्लो स्तरमा हुने गर्छ। लामा समेत पुस्तक पढ्न रुचाउनेहरूको जमातमा पर्छन् र पुस्तक नै लामालाई बीमा क्षेत्रमा धकेल्न सहयोगी बन्यो । ‘म पुस्तक धेरै पढ्छु,’ लामा भन्छन्, ‘बजारमा आउने नयाँ–नयाँ पुस्तकहरू धेरै पढ्न रुचि लाग्छ । सबै सकाएर किताब पढ्ने समय निकाल्दै आएको छु ।’

महिनामा कम्तीमा पाँच वटा किताब पढ्छु । मलाई किताबहरू पढ्न मन पर्छ,’ उनले भने । यही क्रममा केही वर्षअघि उनले एउटा पुस्तक पढ्नेक्रममा बीमा क्षेत्रबारे राम्रो ज्ञान हासिल गरे र यही क्षेत्रमा पस्न प्रेरणा पनि दियो । कारण थियो, सो पुस्तकका लेखकको बीमा क्षेत्रमा भएको ज्ञान । त्यतिबेला उनी गाउँपालिकामा काम गर्थे । त्यसैबेला गाउँपालिकाको एक जना अधिकृत सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीमा काम गर्ने थाहा पाए र उनी सँग सल्लाह गरेर उनले पनि बीमा क्षेत्रमा अभिकर्ता भएर काम सुरु गरे ।

बीमा अभिकर्ता पेशालाई समाजसेवा वा बीमा क्षेत्र जनचेतनामूलक पेसाका रूपमा लिनु नै अभिकर्ताको मुख्य धर्म रहेको लामाको भनाइ छ ।

‘मलाई बीमा क्षेत्रको काम र बीमाको महत्व बुझेर काम गर्न रुचि थियो । सबैको सल्लाहमा तीन दिनको तालिम लिएर काम सिकेर सुरुवात गरे,’ उनले भने, ‘पहिले बीमा बुझाउन कठिन रहेको तर हरेक कामको सुरुवात गर्न कठिन हुन्छ भन्ने सोचेर उनले निरन्तरता दिँदै गए ।’ उनले पहिलो बीमा आफ्नो घर बनाउँदा काम गर्न आएको दाइको गराए । त्यसपछि बिस्तारै परिवार, साथीभाइ, गाउँबाट बीमा गराउँदै गए ।

लामाले आजसम्म तीन सय बढीको बीमा गराइसकेका छन् र सिटिजन्स लाईफ इन्स्योरेन्समा एक करोड बढीको व्यवसाय गर्दा कम्पनीबाट सम्मा नित पनि भैसकेका छन् ।

उनी भन्छन्, ‘मैले डाइमन्ड क्लब १ गोल्ड क्लब २ पटक र स्टार अफ डे २ पटक पाइसकेको छु । बैकंक घुम्न जान पनि अवसर आएको थियो ।’ यो सबै कम्पनीले दिने तालिम, उत्प्रेरणाले नै सम्भव रहेको उनको अनुभव छ ।

निरन्तरताका साथ काममा लगनशीलता देखाउँदा सफलता पाइने लामाको भनाइ छ । धैर्यता गरेपछि सपनाहरु एकदिन साकार हुनेमा विश्वास गर्ने उनी भन्छन्, ‘धेरैमध्ये एउटा सपना देशको गहनाकारुपमा रहेका मह जोडीबाट सम्मानित हुने थियो । जुन बीमा क्षेत्रले पूरा गरिदियो ।’

तीन सय बढीको बीमा, कम्पनीबाट सम्मानित
बीमा अभिकर्ता पेशालाई समाजसेवा वा बीमा क्षेत्र जनचेतनामूलक पेसाका रूपमा लिनु नै अभिकर्ताको मुख्य धर्म रहेको लामाको भनाइ छ । बीमाको महत्त्व बुझेसँगै बीमितहरुलाई पनि बीमाको सही जानकारी दिनु अभिकर्ताहरूको काम रहेको उनको बुझाइ छ । ‘बीमा क्षेत्रमा काम गर्दा आफू समाजसेवा पनि गरिरहेको जस्तो भान हुन्छ । परिवार, समाज र साथीभाइबाट पनि सम्मान र राम्रो प्रतिक्रिया आउने गरेको छ,’ उनले भने ।

‘बीमा क्षेत्रमा काम गर्दा आफू समाजसेवा पनि गरिरहेको जस्तो भान हुन्छ । परिवार, समाज र साथीभाइबाट पनि सम्मान र राम्रो प्रतिक्रिया आउने गरेको छ,’ उनले भने । लामाले आजसम्म तीन सय बढीको बीमा गराइसकेका छन् र सिटिजन्स लाईफ इन्स्योरेन्समा एक करोड बढीको व्यवसाय गर्दा कम्पनीबाट सम्मानित पनि भैसकेका छन् ।

लामाले आजसम्म तीन सय बढीको बीमा गराइसकेका छन् र सिटिजन्स लाईफ इन्स्योरेन्समा एक करोड बढीको व्यवसाय गर्दा कम्पनीबाट सम्मा नित पनि भैसकेका छन् ।

उनी भन्छन्, ‘मैले डाइमन्ड क्लब १ गोल्ड क्लब २ पटक र स्टार अफ डे २ पटक पाइसकेको छु । बैकंक घुम्न जान पनि अवसर आएको थियो ।’ यो सबै कम्पनीले दिने तालिम, उत्प्रेरणाले नै सम्भव रहेको उनको अनुभव छ ।


बीमाले जोखिमको भार उठाँउछ
बीमा एउटा सेवा क्षेत्र हो र यसले भविष्यमा हुनसक्ने ठुलो आर्थिक नोक्सानीको जोखिम बहन गर्छ । मानिसको जीवनमा बीमाको ठुलो महत्त्व रहेको लामा बताउँछन् । महामारी, भूकम्प तथा विपत्तिमा बीमाले मानिसको जीवनमा सहाराको पिल्लर बनेर साथ दिने उनको भनाई छ । बीमाको महत्त्व प्रस्ट पार्दै लामा भन्छन्, ‘बीमा भनेकै जोखिम हस्तान्तरण सम्झौता हो । केही रकम जम्मा गरेर ठुलो रकममा उपचार खर्च र भविष्यमा हुने जोखिमको पनि भार उठाउँछ ।’

यो क्षेत्रमा लागेपछि लामा आर्थिकरुपमा समेत स्थापित बने । ‘म एउटा सामाजिक व्यक्तिको रूपमा चिनिएको छु,’ लामा थप्छन्, ‘आर्थिक रूपले त सबल छु नै । समाजले सामाजिक जिम्मेवारी वहन गरेको व्यक्तिको रूपमा लिएको छ ।’ बीमाले लगनशीलता र आर्थिक अनुशासनमा केन्द्रित गर्दै सबैलाई बीमा गर्न सुझाउँछन् लामा ।भन्छन्, ‘जीवनमा बीमाको महत्त्व धेरै छ ।’