कोरोना महामारीयता अमेरिकामा पहिलोपटक घट्यो ब्याजदर, मन्दीबाट जोगिने लक्ष्य

कोरोना महामारीयता अमेरिकामा पहिलोपटक घट्यो ब्याजदर, मन्दीबाट जोगिने लक्ष्य


काठमाडौं – अमेरिकाको फेडरल रिजर्भ बैंकले कोरोना महामारीयता पहिलोपटक ब्याजदर घटाएकाे छ । कोरोना महामारीपछि अर्थतन्त्रलाई मन्दीबाट जोगाउने लक्ष्यसहित फेडले पहिलोपटक आक्रमकरुपमा ब्याजदर घटाएको हो ।

समाचार संस्था सीएनबीसीका अनुसार फेडले ‘हाफ पर्सेन्टेज प्वान्ट’ले ब्याजदर घटाएको छ । यो आधा गिरावट हो । अर्थात ५० बेसिस प्वाइन्टको गिरावट हो । यसअघि फेडले सन् २००८ मा आधाले ब्याजदर कटौती गरेको थियो ।

त्यतीबेला विश्वव्यापी आर्थिक मन्दीका कारण अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएको थियो । ब्याजदर घटाउने फेडको निर्णयसँगै अब अमेरिकामा ४.७५ प्रतिशतदेखि ५ प्रतिशतको बीचमा ब्याजदर रहन्छ ।

फेडको यो कदमलाई अमेरिकामा आर्थिक मन्दीबाट जोगाउने उपाएकारुपमा व्याख्या गरिएको छ । यतिबेला अमेरिकामा रोजगारी सृजना न्यून स्थितीमा छ । यस्तै बजार महँगी भने २ प्रतिशत हाराहारीमा रहेको बताइएको छ ।

यसअघि विश्वव्यापीरूपमा अर्थतन्त्र समस्यामा परेपछि अमेरिकाले ब्याज बढाएकाे थियाे । जसकारण विश्वभरका निक्षेपकर्ताले बढी ब्याजकाे लाेभमा अमेरिकाका बैंकमा डलर जम्मा गरेका थिए ।

तत्कालिन समयमा अमेरिकामा विश्वभरकाे निक्षेप संकलन हुँदा पर्याप्त तरलगता भएकाे थियाे । जसले महामारीकाे समयमा अमेरिकाकाे अर्थतन्त्र संकटमा जानबाट जाेगिएकाे बताइएकाे छ ।

तर, अब अवस्था सामान्य बन्दै गएपछि ब्याजदर बढाइराख्दा राेजगारी सृजनादेखि अर्थतन्त्रक अन्य गतिविध सञ्चालन हुन सकेकाे छैन । अर्थतन्त्रलाइ गतिशिल बनाउँदै राेजगारी सृजना गर्ने लक्ष्य फेडकाे देखिन्छ । किनकी, अमेरिकामा ब्याजदरलाइ अर्थतन्त्रमाथिकाे नियन्त्रणकाे अस्त्रकारूपमा लिइन्छ ।