सहज छैन दृष्टिविहीनको बीमा, कम्पनीहरूले किन देखाउँछन् भेदभावपूर्ण व्यवहार ?

सहज छैन दृष्टिविहीनको बीमा, कम्पनीहरूले किन देखाउँछन् भेदभावपूर्ण व्यवहार ?

नमुना के. सी.
350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आपत्कालीन स्थितिमा आर्थिक सुरक्षा गर्ने औजारका रुपमा बीमालाई लिइन्छ । यसबाहेक भविष्य र जोखिमका लागि लगानी तथा भैपरी आउने समस्याबाट पर्ने आर्थिक भार न्यूनीकरण गर्ने बीमाको मुख्य लक्ष्य हुन्छ । तर, नेपालमा बीमामा पनि भेदभाव हुने गरेको तथ्य फेला परेको छ । बीमा क्षेत्रको तथ्यांक हेर्दा सामान्य सर्वसाधारण र दृष्टिविहीनलाई गर्ने व्यवहार भेदभावपूर्ण देखिएको हो ।

प्रविधि र विकासको पाटोलाई सँगाल्दै अघि बढिरहेको बीमा क्षेत्रको पहुँच विस्तारमा वर्षेनी योजना बन्छन् । तर, जसलाई बीमाको बढी आवश्यकता पर्छ उनीहरूलाई बीमा क्षेत्रले भेदभाव गर्ने गरेको देखिन्छ । दृष्टिविहीनलाई सडकमा हिड्डुल गर्दा सबैभन्दा जोखिम हुन्छ । तर, उनै दृष्टिविहीनको बीमाका लागि कम्पनीहरूले कडा नीति लिनुका साथै आनाकानी गर्ने गरेका छन् ।

नेपालमा दृष्टिविहीनहरूको जीवन  बीमा गर्न असहज र झन्झटिलो छ । जसकारण दृष्टिविहीनहरू बीमाको पहुँचबाट पर छन् । बीमा कम्पनीहरूले दृष्टिविहीनलाई बीमा पोलिसी बेच्छन् । तर, दुर्घटनामा परेर तलमाथि भएमा दाबी भुक्तानीमा झन्झट सृजना हुन्छ । दृष्टिविहीनका लागि नेपालको बीमा जोखिम भार न्यूनीकरणको सट्टा भविष्यको लगानीका रुपमा रहेको देखिन्छ।उनीहरूले दुर्घटना लगायत केही भैपरी आउने समस्यामा आर्थिक सुरक्षा नगरेर समयावधि सकिएपछि फिर्ता पाउने प्रावधान रहेको जानकारहरू बताउँछन् ।

यस्तै सामान्य व्यक्तिको १० लाखको बीमा छ भने मृत्यु भएमा प्रिमियमसहित कूल २० लाख आउँछ । तर, दृष्टिविहीनहरूको १० लाखको बीमाबाट १० लाख र तिरेको प्रिमियम मात्र आउने व्यवस्था रहेको घिमिरेको भनाइ छ । 

‘बीमा गराउनु अघि हरेक दृष्टिविहीनहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर परीक्षण अनिवार्य छ,’ बीमा अभिकर्ता राजेन्द्र घिमिरे भन्छन्, ‘जून बीमा कम्पनीले नै तोकेको मेडिकलमा गर्नुपर्ने हुन्छ ।’ यसबाहेक अन्य साधारण व्यक्तिहरूले पाउने घातक रोगको सेवा दृष्टिविहीनहरूले पाउने व्यवस्था छैन । यसबाट बीमा कम्पनीहरूले दृष्टिविहीनबाट प्रिमियम संकलन गर्ने तर बीमाबाट पाउने सेवाबाट वञ्चित गरिएको स्थिति छ ।

‘दृष्टिविहीनहरूको बीमा हुने तर आम नागरिकको भन्दा झन्झटिलो व्यवस्था छ,’ घिमिरे थप्छन्, ‘म स्वयं दृष्टिविहीन भएको कारण बीमाको सेवाहरूलाई नजिकबाट बुझेको छु । हाम्रो अरू साधारण व्यक्तिहरूको तुलनामा बीमा गर्न गाह्रो पनि छ र धेरैलाई झन्झट लाग्ने गरेको कारणले पनि बीमा गर्न खोजेको हुँदैनन् ।’ यस्तै सामान्य व्यक्तिको १० लाखको बीमा छ भने मृत्यु भएमा प्रिमियमसहित कूल २० लाख आउँछ । तर, दृष्टिविहीनहरूको १० लाखको बीमाबाट १० लाख र तिरेको प्रिमियम मात्र आउने व्यवस्था रहेको घिमिरेको भनाइ छ । 

के भन्छ नियामक ?

बीमा प्राधिकरणको निर्देशक पुजन ढुङ्गेल दृष्टिविहीनहरूले बीमा गर्न पाउने व्यवस्था रहेको बताउँछिन् । प्राधिकरणले दृष्टिविहीनलाई बीमा गर्न सहजीकरण गरिरहेको बताउँदै उनले भनिन्, ‘तर, बीमा कम्पनीहरूले इच्छा नदेखाएको हो कि जस्तो देखिन्छ ।’

उनी भन्छिन्, ‘बीमा कम्पनीहरूलाई हामीले दृष्टिविहीनहरूको जीवन बीमा नगर्न निर्देशन दिएका छैनौं । तर, केही समय अघि प्राधिकरणमा दृष्टिविहीन महिला आएर बीमा गर्नुपर्ने माग राखेर जानुभएको थियो ।’ बीमा व्यवसाय रोजगारी सृजना गर्ने प्रमुख व्यवसायहरूको सूचीमा पर्छ । यसमा दृष्टिविहीनहरू पनि बीमा क्षेत्रमा काम गर्न पाउने तर बीमा गर्न खोज्दा बीमा कम्पनीहरूले बेवास्ता गर्ने गरेको पाइएको छ । 

बीमा गर्न पाउने सबैको हकको कुरा हो र समयमा प्रिमियम तिरेर दाबी लिन पाउने प्रावधान रहेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण तिमल्सिनाले दृष्टिविहीनहरूको जीवन बीमा हुने र नेपाल लाइफले गराइरहेको बताउँछन् । ‘रोग सम्वन्धि असक्षमता बीमा कम्पनीले स्वीकार गदैन् । तर यदि आम्दानीको श्रोत भएका व्यक्तिहरू जसले पनि बीमा गर्न पाउने प्रावधान छ,’ उनले भने ।

कस्तो छ प्रावधान ?

बीमा नियामक बीमा प्राधिकरणले बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण गरिरहेको छ । बीमा कसले कसले गर्न पाउने भनेर तोकिएको भने छैन । बीमा नियामकले बीमा कम्पनीलाई कुनै पनि सीमा नदिएको कारण जीवन बीमा कम्पनीले सबैको बीमा गराँउन सक्छन् । यसरी पनि बुझौँ सबै निर्णय भने बीमा कम्पनीहरूको नै छ । बीमा कम्पनीले आफू बीमा गर्ने भन्ने आफ्नो मर्जीले गर्न नपाइने बीमा प्राधिकरणको निर्देशक पूजनले जानकारी दिएकी छिन् । बीमा गर्न पाउने सबैको हकको कुरा हो र समयमा प्रिमियम तिरेर दाबी लिन पाउने प्रावधान रहेको छ ।