रेमिट्यान्स बढाउन श्रममन्त्री कृष्ण कुमार श्रेष्ठका १२ प्रस्ताव

रेमिट्यान्स बढाउन श्रममन्त्री कृष्ण कुमार श्रेष्ठका १२ प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले ६ महिनाको लागि मात्र विदेशी विनिमय सञ्चिति रहेको कारण विभिन्न देशबाट हुदै आइरहेको केही सामानलाई राख्न निर्देशन दिईसकेको छ ।

रुस–युक्रेनको युद्धले विश्वकै आर्थिक अवस्था निकै कमजोर भईरहेको साथै सार्क मुलुक श्रीलंकाको अवस्था नेपालमा पनि नआवस् भनेर राष्ट्र बैंकले यस प्रकारको निर्देशन सम्बन्धीत निकायलाई दिएको हो । विभिन्न व्यापारीहरुले राष्ट्र बैंकको निर्णयको विरोध गरिरहेका छन् । उनीहरुको भनाईमा राष्ट्र बैंकले अति–आवश्यक सामानलाई पनि बिलासिताको सामानको रुपमा व्याख्या गरेको र त्यो अति–आवश्यक खाद्य वस्तुलाई पनि रोक लगाएकोले बिरोध गरिरहेका छन् । 

तर श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले यस आर्थिक संकटबाट बच्नको लागि १२ वटा प्रस्ताव पेश गर्नुभएको हो । उहाँले पेश गर्नुभएको बुद्धाहरु निम्न प्रकारको रहेको छ । 

१.बैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने ।

२.विदेशबाट पैसा पठाउदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने ।

३.विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने ।

४.विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी व्याजदर दिर्नुपर्ने । 

५.औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेश गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभि, गरगहना, आदिमा सहुलियत दिने ।

६. औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेश गरेमा पुनः श्रम स्वीकृति लिंदा वैदेशिक रोजगार कल्याणकारी कोषमा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने । 

७.वार्षिक रुपमा सबैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने ।

८.औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेहरुलाई राज्य दिने सेवाहरुमा ५० प्रतिशत सहुलियत दिने ।

९. नेपाल फर्केर उद्यम गर्नेहरुलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि विना व्याज उपलव्ध गराउने ।

१०.बैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने । 

११. सरकारले तोकेबाहेक अन्य तरिकाबाट बैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने । 

१२.बैदेशिक रोजगारीमा जान विद्यमान प्रकृयालाई सहज र सरल बनाउने ।