राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली : बैंकहरुले ऋण लिँदा अनिवार्य प्रयोजन खुलाउनुपर्ने

राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली : बैंकहरुले ऋण लिँदा अनिवार्य प्रयोजन खुलाउनुपर्ने

'यो सुविधाको माग गर्दा ऋणी (बैंक) ले प्रयोजन खुलाउनुपर्नेछ'


काठमाडौं –  नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावलीमा पाँचौँ संशोधन गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिले गत साउन १७ गते विनियमावलीमा संशोधन गर्दै लागू गरेको हो । मौद्रिक नीतिको कार्यदिशाअनुरुप वित्तीय बजारमा तरलता व्यवस्थापन गर्दै ब्याजदर करिडोरलाई व्यवस्थित गर्न बैंकको पहलमा विनियम १० को उपविनियम ९१० बमोजिमका खुला बजार कारोबार सञ्चालन गरिने व्यवस्था गरिएको छ।

खुला बजार कारोबार सञ्चालनको लक्ष्य मौद्रिक नीतिबाट निर्धारण भएबमोजिम हुने केन्द्रीय बैंकले जनाएको । जसअन्तगर्त राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई दिने स्थायी तरलता सुविधा (ऋण) सम्बन्धमा कडा नीति लिएको छ ।

हाल अधिक तरलता भएपछि बैंकहरुले राष्ट्र बैंकमार्फत स्थानीय निक्षेप सुविधा लिइरहेका छन् । तोकिएको दिन आफूले चाहेको रकम राष्ट्र बैंकमा लगेर निक्षेप राखिरहेका छन् ।  त्यसैगरी तरलता संकट भएको बेला बैंकहरुले धितो राखेर राष्ट्र बैंकबाट ऋण लिन पाउँछन् । अब यस्तो सुविधा लिदाँ बैंकहरुले त्यसको प्रयोजन पनि खुलाउनुपर्ने भएको हाे ।

‘यो सुविधाको माग गर्दा ऋणी (बैंक) ले प्रयोजन खुलाउनुपर्नेछ। एउटा प्रयोजनका लागि लिएको ऋण अर्को प्रयोजनमा उपयोग गर्न पाइने छैन । ऋण सुविधाको उपयोगका सम्बन्धमा सम्बन्धित सुपरिवेक्षण विभागबाट आवश्यकता अनुसार अनुगमन तथा निरीक्षण हुनेछ,’ संसोधित कार्यविधीमा भनिएको छ । 

पहिला यो सुविधा उपयोग गर्दा सम्बन्धित काउण्टरपार्टी (बैंक) ले आफ्नो अघिल्लो सप्ताहन्तमा कायम रहेको स्वदेशी मुद्राको कुल निक्षेपको एक प्रतिशतभन्दा बढी बक्यौता नहुने गरी माग गर्नु पर्ने थियो।