बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक र भर्खरै खुलेका भुक्तानी सेवा प्रदायकहरूले विभिन्न सेवा दिएर डिजिटल कारोबारलाई प्रोत्साहन गर्न खोजेका छन् ।
नेपालमा हाल उपभोक्ताले सीमित क्षेत्रमा सेवा उपभोग गर्दा डिजिटल कारोबारका लागि उपलब्ध सुविधा उपयोग गर्ने गरेको बताइन्छ । विभिन्न कारोबारका लागि प्रयोग गर्न सकिने मोबाइल वालेट लाई धेरैले मोबाइल र इन्टरनेट रिचार्ज गर्ने, सिनेमा र हवाईजहाजका टिकट किन्ने माध्यमका रूपमा मात्र बुझ्ने गरेको सेवाप्रदायकहरू बताउँछन्।
मोबाइल वालेट
पानी र बिजुलीको बिल तिर्ने सुविधा केही क्षेत्रमा बाहेक देशको हरेक क्षेत्रमा उपलब्ध भएको भएपनि लाईन र धक्का, मुक्का वा चर्काे घाममा बसेर नै विद्युुत, पानी वा अन्य क्षेत्रको बिल भुक्तान गर्छन । धेरै उपभोक्ताहरुलाई हातमा बिल नआए सम्म उनिहरुलाई पैसा तिरेको जस्तो लाग्दैन साथै प्रविधी प्रति बिस्वास पनि कमै मात्रमा भएको पाइन्छ । साथै मोवाइल वालेटकै मदतले समेत बसको टिकट, हवाइजहाजको टिकट, सिनेमा इन्टरनेट लगायत धेरै सुविधाहरु भएको भएपनि यसमा जनमानको त्यति धेरै चासो भएको पाइदैन ।
राम्रो सँग मोवाइल वालेटहरु चल्ने क्षेत्रमा पनि नोटकै प्रयोगलाई सरल र सहि मानिन्छ ।
प्रयोग
धेरै उपभोक्ताले सजिलै प्रयोग गरून् भन्ने उद्देश्यले अब किराना पसलमा किनमेल गर्न वा बसको भाडा तिर्न एवम् सर्वसाधारणका दैनिक जीवनमा गरिने अनेक आर्थिक गतिविधिमा विद्युतीय कारोबारलाई जोडिएको भएपनि विजुलीको विल तिर्न वा अन्य कारोबार गर्दा डिजिटलमा माथि विस्वास नभएको पाईन्छ ।
पसलहरूमा क्यूआर कोड स्क्यान गरेर भुक्तानी लिने प्रविधि विकास भइसकेको भएपनि प्रविधी माथि विस्वास भने आम जनसमुदायलाई नभएको पाइन्छ । किनमेल गर्दा मोबाइलबाटै सहजै भुक्तानी गर्न सकिन्छ ।
राष्ट्र बैंकको निर्देशनले नगद प्रयोग प्रोत्साहित
कोभिडको समयमा मोवाइल कारोबारको कारणले अर्थतन्त्रलाई केहि सहज बनाएको थियो । त्यसैले राष्ट्रले पनि पछिल्लो समय नेपालको डिजिटल पैसा बनाउने जनाएको छ । डिजिटल माध्यमबाट कारोबार गर्दा राष्ट्रले प्रत्येक बर्ष नयाँ नोट निकाल्दा लाग्ने खर्चमा समेत कटौती हुने विस्वास लिएको छ । साथै जोखिमयुक्त तरिकाले पैसा बैक्दै हिड्ने दिनको औपचारिक रुपमा अन्त्य गर्नको लागि पनि राष्ट्र बैंक लागि परिरहेको भएपनि डिजिटल करेन्सी आउन भने केही ढिला हुने पक्कै देखिन्छ ।
मोबाइल र इलेक्ट्रोनिक वालेट
दैनिक जीवनमा हाम्रो बचतको अलिअलि पैसा खल्तीमा राखेर खर्च गरेजस्तै ब्याङ्कको खाताबाट समेत एपहरूमा डिजिटल माध्यमबाटै पैसा राखेर खर्च गरिने भएकाले यो सुविधालाई मोबाइल वालेट वा डिजिटल वालेट भनिएको हो ।
इलेक्ट्रोनिक वालेट भने मोबाइल र इन्टनेट दुवैबाट प्रयोग गर्न सकिन्छ । तर रकमान्तर गर्ने प्रक्रिया झन्झटिलो भएकाले ग्राहकहरू कम आकर्षित भएको सेवा प्रदायकहरूको बुझाइ छ ।
अधिकांश ब्याङ्कहरूले मोबाइल ब्याङ्किङको सेवा पनि दिने गरेका छन् । त्यसैले गैर-बैंकिङ्ग क्षेत्रको आवश्यकता नै नभएको भन्ने खालका तर्क पनि उठ्ने गरेका छन् । बजारमा भएका गैरब्याङ्किङ सेवा प्रदायकहरूलाई एउटै दायरामा ल्याएर सुरक्षित बनाउने काम भइराखेको छ ।
अनुमति
हाल सरकारले दुई भिन्न वर्गीकरणमा गैरब्याङ्किङ संस्थालाई डिजिटल वालेट सञ्चालनको अनुमति दिएको छ। राष्ट्र बैंकबाट अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न पाइने नियम ल्याइएपछि भने अरूले पनि अनुमतिका लागि आवेदन दिएका छन्। तीमध्ये कतिपयलाई सुरक्षा, गोपनीयता र जनशक्तिका पूर्वाधार हेरेर आशयपत्र दिइसकिएको छ ।
चुनौती
नेपालकोे जनसंख्याको ६० प्रतिशतले व्यक्तिले स्मार्टफोन प्रयोग गर्छन् ।स्मार्टफोनमार्फत् प्रयोग गर्न सकिने डिजिटल वालेटले डेभिड र क्रेडिट कार्डलाई विस्थापित गर्न सक्ने सम्भावना भएको विज्ञहरू बताउँछन् ।
नेपालमा ठूलै अनौपचारिक अर्थतन्त्र रहेको मानिन्छ । त्यसैले उपभोक्ता र कारोबारीहरू कतै हिसाब देखिनेगरी डिजिटल माध्यमबाट खर्च गर्न चाहिरहेका छैनन् । राष्ट्र बैंकको नयाँ नियमानुसार रसिद एवम् विवरण देखिने वा करको दायरामा आउने भुक्तानीहरू जति पनि गर्न सकिन्छ । तर रसिद नआउनेको हकमा भने निश्चित सीमा तोकिएको छ । सरकारी र निजी क्षेत्रले मोबाइल वालेटबाट भुक्तानी लिने सहज अवस्था नबनाएसम्म प्रयोगकर्ता बढेर मात्र नहुने र त्योभन्दा ठूलो भएका प्रयोगकर्ताको पनि मोबाइल वालेट प्रयोगको बानी नबस्ने जानकारहरूको चिन्ता छ ।
प्रतिक्रिया