‘नेपाल राष्ट्र बैंकले वर्तमान चुनौतीलाई अवसरको रूपमा लिँदै आगामी कार्यदिशा तय गर्नुपर्छ’

‘नेपाल राष्ट्र बैंकले वर्तमान चुनौतीलाई अवसरको रूपमा लिँदै आगामी कार्यदिशा तय गर्नुपर्छ’

खिलराज तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक तथा नेपाल सरकारको आर्थिक सल्लाहकार हो । यस बैंकले नेपालको मौद्रिक नीति निर्माण गर्नुका साथै मौद्रिक प्रणालीलाई व्यवस्थापन गर्नमा नियमनकारी भूमिका निर्वाह गर्दछ । यस बैंकले राज्यलाई आवश्यक पर्ने नोट निष्कासन तथा व्यवस्थापन गर्दै मुद्रा प्रदाय र विदेशी विनिमय व्यवस्थापन को कार्य समेत गर्दछ । यो स्वच्छ अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित संस्था तथा गैर नाफा मूलक संस्था हो। यस बैंकले नेपाल सरकारको आर्थिक नीति निर्माण तथा कार्यान्वयनमा मद्दत गर्दै सरकारलाई आवश्यक पर्ने वित्तीय अभाव पूर्ति गर्न मद्दत गर्दछ ।

तत्कालीन समयमा नेपालमा द्वैध  मुद्रा प्रणाली हटाउदैभारतीय मुद्राको विस्थापन गर्नु र नेपालमानेपाली मुद्रा प्रचलनमा ल्याउनुका साथै बैंकिङ्ग  क्षेत्रको नियमन तथा विकास गर्नु , नेपाली मुद्राको विनिमय दर स्थिर राखी नेपाली मुद्राप्रति जनविश्वास बढाउनु धेरै नै आवश्यक थियो फलस्वरू नेपाल राष्ट्र बैंकको, बि.स. २०१३ बैशाख १४ गते, ‘नेपाल राष्ट्र बैंक ऐन २०१२’ अन्तर्गत स्थापन भएको हो। हाल यो बैक ‘नेपाल राष्ट्र बैंक ऐन २०५८’ अनुसार सञ्चालनमा रहेको छ ।

आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य तथा शोधानान्तर स्थिरताका लागि आवश्यक पर्ने मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण र व्यवस्थापन गर्ने, मुलुकमा वित्तीय पहुँच बिस्तार गरी बैंकिङ्ग  तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र सुरक्षित स्वस्थ सक्षम भुक्तानी प्रणाली निर्माण गर्ने यस बैंकको मुख्य उद्देश्य हो।

“वर्तमान अधिक तरलता लाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी आन्तरिक आर्थिक क्षमता बढाउनु, बचत तथा ऋण सहकारी सस्ताहरूको समस्या समाधानमा नेतृत्वदायी भूमिका खेल्दै प्रभावकारी मौद्रिक नीतिद्वारा आर्थिक स्थायित्व सवल बनाउनु राष्ट्रको मुख्य चुनौती बनेको छ”

यसका अलावा बैंकिङ्ग  क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्नु, मर्जर र प्राप्ति प्रक्रियालाई थप सशक्त बनाइ युनिभर्सल बैंकिङ्ग अवधारणा लागू गर्नु, छाया बैंकिङ्ग  हाबीलाई कम गर्नु, ग्रामीण क्षेत्रमा बैंकिङ्ग  सेवाको पहुँच बिस्तार गर्नु, वित्तीय साक्षरता र समावेशिता अभिवृद्धि गर्नु, केन्द्रीय बैंक विद्युतीय मुद्रा प्रचलनमा ल्याउनु, विनिमय दर स्थिर राखी नेपाली मुद्राको विश्वसनीयता अभिवृद्धि गर्नु, भुक्तानीका डिजिटल साधन प्रयोग गरी सुरक्षित भुक्तानी प्रणाली निर्माण गर्नुका साथै नगद रहितकोअर्थतन्त्र निर्माण गर्नु, नेशनल पेमेण्ट स्विचको प्रभावकारिता अभिवृद्धि गर्नु, अन्तर देशीय भुक्तानीलाई सहज बनाउनु, हाइपर फण्ड र कृप्टो करेन्सिमा लगानी भई हुने पुजी पलायन नियन्त्रण गर्नु, प्रभावकारी मौद्रिक नीतिद्वारा निरन्तरको उच्च मूल्य वृद्धिलाई तोकिएको सीमाभित्र राखि तीव्र दिगो र उच्च आर्थिक वृद्धि हासिलमा मद्दत गर्नुका साथै हालको विदेशी मुद्राको सञ्चितिको ऐतिहासिक रेकर्डराखेको सन्दर्भलाई र शोधानान्तर बचतलाई दिगो बनाई बाह्य क्षेत्रलाई सधैँ बलियो बनाउनु तथा व्यापार घाटा न्यूनीकरण गर्नमा सरकारलाई बलियो दिशा निर्देशनको भुमिका निर्वाह गर्नु लगायतको चुनौती राष्ट्र बैंकमा रहेको देखिन्छ ।

वित्तीय बजारको बिकास, प्रभावकारी आर्थिक नीतिहरू र नयाँ प्रविधिहरू प्रयोगमा निरन्तर अनुसन्धान र विकासका कार्यक्रमहरू सञ्चालन गर्नमा समेत बिचार गर्नुपर्ने देखिन्छ ।

यद्यपि नेपाल राष्ट्र बैंकले माथिका चुनौती समाधान गर्ने प्रयास नगरेको भने हैन । निरन्तर नीतिगत पोषण र सर्कुलर जारी गरी अर्थतन्त्रलाई गति प्रदान गर्न यस बैंकले निकै महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । कोभिड महामारी तथा अन्तर्राष्ट्रिय युद्धले निम्त्याएको आर्थिक जटिलताका परिणाम स्वरूप थला परेको नेपाली अर्थतन्त्रमा मूल्य र बाह्य क्षेत्रमा अत्यधिक चाप परेको समयमा यस बैंकले खेलेको भूमिका स्मरण गर्न लायक छ भन्नमा हिचकिचाउन सकिँदैन । साथै, नेपालको आर्थिक स्थिरता कायम गर्ने सिलसिलामा यस बैंकले निरन्तर रूपमा अग्रगामी भूमिका निर्वाह गरिरहेको छ ।

‘मौद्रिक क्षेत्रको सक्षम व्यवस्थापन र अर्थतन्त्रको बिरामी बृहत् आर्थिक परिसूचकको उपचार गर्न नेपाल राष्ट्र बैंकले चुनौतीलाई नै अवसरको रूपमा स्वीकार गरी आफ्नो सम्भावनालाई उजागर गर्दै आगामी दिनमा चमत्कारिक कदम अगाडि बढाउन आवश्यक छ’

यसका लागि नेपाल राष्ट्र बैंकलाई पूर्ण रूपमा स्वतन्त्र र स्वायत्त बनाउनु पर्ने हुन्छ जसले यस बैंकलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै आफ्नो नीतिहरू स्वतन्त्र रूपमा निर्माण र कार्यान्वयन गर्न सक्षम बनाउँछ । आर्टिफिसियल इन्टेलिजेन्स को प्रयोग गरी बैंक तथा वित्तीय संस्थाको स्वचालित निरीक्षण र नियमन प्रणाली कार्यान्वयन गर्नुपर्ने देखिन्छ । यस बैंकको कर्मचारीहरूको दक्षता र क्षमता अभिवृद्धि गर्न निरन्तर तालिम र विकास कार्यक्रमहरू सञ्चालन गर्न सकेमा केन्द्रीय बैंकको कार्यदक्षता बढ्नेअपेक्षा राख्न सकिन्छ । ‘नेपाल राष्ट्र बैंक रिसर्च एण्ड डेभलपमेन्ट कार्यक्रम’ को विकास गरीप्रभावकारिता ल्याउनुका साथै अत्याधुनिक प्रविधिहरू र उपकरणहरूको प्रयोग गरी बैंकको कार्य प्रणालीसुधार गर्नुपर्ने देखिन्छ । मौद्रिक नीतिलाई समेत राजनीतिक प्रभाव पारिरहेको सन्दर्भमा प्रभावकारी मौद्रिक नीतिको निर्माण गर्नु जोड दिनु पर्ने देखिन्छ ।

वित्तीय सेवाहरूको पहुँच बढाउन ग्रामीण क्षेत्र र विपन्न वर्गलाई लक्षित गरी विशेष कार्यक्रमहरू सञ्चालन गर्नुका साथै डिजिटल वित्तीय सेवाहरूको प्रवर्धन गर्न र सबैलाई वित्तीय प्रणालीमा समावेश गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

जसले नेपालको बृहत् आर्थिक उद्देश्यहरू बाह्य क्षेत्र स्थायित्व, रोजगारी सिर्जना, मुद्रास्फीति नियन्त्रण, मौद्रिक क्षेत्रका नियमन, समावेशी सन्तुलित आर्थिक वृद्धि र विकास आदि लाई प्रवर्धन गर्नमा मद्दत गर्छ साथै मौद्रिक नीतिको प्रभावकारिता मूल्याङ्कन र नियमित विश्लेषण गर्नु पर्ने आवश्यक देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको सुदृढ निगरानी र नियमन गर्न स्पष्ट, सबल र कठोर नीतिहरू अपनाउनु आवश्यक छ जसले वित्तीयप्रणालीमा हुने गलत हर्कत् नियन्त्रण गरी बैंक तथा वित्तीय संस्थालाई इमानदार बनाइ वित्तीय स्रोतको उत्पादनशील प्रयोग गराउन मद्दत गर्दछ। वित्तीय संस्थाहरूको जोखिम व्यवस्थापन रणनीति निर्माणतथा सोको अनु पालना सुनिश्चित गर्न नियमित निरीक्षण गर्नुका साथै बढ्दो विप्रेषण आप्रबाह र विदेशी सञ्चितिको उत्पादनशील सदुपयोग गर्न यस बैंकले सरकारसँग उचित समन्वय गर्नुपर्ने देखिन्छ जसले आन्तरिक आर्थिक क्षमतालाई बलियो बनाउन मद्दत गर्न सक्ने विश्वास लिन सकिन्छ ।

वित्तीय नीतिहरू र निर्णयहरूको पारदर्शिता सुनिश्चित गर्न नियमित रूपमा प्रतिवेदनहरू प्रकाशित गर्नुका साथै बैंकको कार्य प्रणालीमा पारदर्शिता र उत्तरदायित्व कायम राख्न स्वतन्त्र अडिट र निगरानी प्रणाली स्थापनामा विशेष जोड दिनुपर्ने हुन्छ ।

वित्तीय सेवाहरूको पहुँच बढाउन ग्रामीण क्षेत्र र विपन्न वर्गलाई लक्षित गरी विशेष कार्यक्रमहरू सञ्चालन गर्नुका साथै डिजिटल वित्तीय सेवाहरूको प्रवर्धन गर्न र सबैलाई वित्तीय प्रणालीमा समावेश गर्न प्रोत्साहित गर्नु पर्ने देखिन्छ । विनिमय दरको स्थिरता कायम गर्न प्रभावकारी विदेशी विनिमय नीति अपनाउनुका साथै विदेशी विनिमय सञ्चितिको सुदृढ व्यवस्थापनमा ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।

वित्तीय नीतिहरू र निर्णयहरूको पारदर्शिता सुनिश्चित गर्न नियमित रूपमा प्रतिवेदनहरू प्रकाशित गर्नुका साथै बैंकको कार्य प्रणालीमा पारदर्शिता र उत्तरदायित्व कायम राख्न स्वतन्त्र अडिट र निगरानी प्रणाली स्थापनामा विशेष जोड दिनुपर्ने हुन्छ । वित्तीय निर्णयहरूमा जनतालाई सशक्त बनाउन उनीहरूलाई आवश्यक ज्ञान, सूचना प्रदान गर्न र वित्तीय व्यवहार बढाउने कार्यक्रम सञ्चालन गर्नसकिन्छ । वित्तीय बजारको बिकास, प्रभावकारी आर्थिक नीतिहरू र नयाँ प्रविधिहरू प्रयोगमा निरन्तरअनुसन्धान र विकासका कार्यक्रमहरू सञ्चालन गर्नमा समेत बिचार गर्नू पर्ने देखिन्छ र सोहीअनुसन्धानका आधारमा नीतिगत सुधारहरू र अन्तर्राष्ट्रिय असल अभ्यासहरू लागू गर्दै यस बैंकले आफ्नो कार्यदिशा तय गर्न आवश्यक देखिन्छ । सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँग बलियो समन्वय र सहकार्य स्थापना गर्नुका साथै आर्थिक नीतिहरूको समन्वयात्मक कार्यान्वयनमा साझेदारीको महत्व बुझ्न सकेमा अर्थतन्त्रको बृहत् आर्थिक उद्देश्य हासिल गर्न धेरै हदसम्म सहयोग पुग्ने विश्वास लिन सकिन्छ ।

यद्यपि, अर्थतन्त्रलाई सन्तुलित रूपमा अघि बढाउन सरकारले नै नेतृत्वदायी भूमिका खेल्न पर्ने आवश्यक हुन्छ । बर्तमान आर्थिक खराबी तथा शिथिलता विरुद्धमा मलम लगाउन प्रभावकारी बितिय नीति र मौद्रिक नितिबीचमा सहयोगात्मक समन्वय गरि अगाडि बढ्ने हो भने निजी क्षेत्रमा उत्साह थपिनुका साथै देशको आन्तरिक आर्थिक गतिविधिमा सकारात्मक संकेत देखिन सक्ने विश्वास लिन सकिन्छ ।

(माथि उल्लेखित विचारहरू लेखकका निजी विचार हुन्)