सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ३४ करोड, लाभांश क्षमता ४.३४ प्रतिशतमा सिमित

सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ३४ करोड, लाभांश क्षमता ४.३४ प्रतिशतमा सिमित


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०–०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसा बैंकले उक्त अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा ६१ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएर सोबाट शेयरधनीलाई ४.३४ प्रतिशत लाभांश वितरणको क्षमता बनाएको छ । यो आर्थिक वर्षको वितरणयोग्य नाफा ६१ करोड छ । यद्यपि श्रावण अन्त्यसम्म अझै असुली समय बाँकी छ । असल ऋणमा १.२ प्रतिशतबाट बाट १.१ प्रतिशतसम्मको व्यवस्थापन खर्च समावेश गरिएको छैन ।

ऋण गुणस्तर सुधारका लागि ६ महिनाको समयावधि पनि समावेश गरिएको छैन। अघिल्लो आवमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा र ८४ करोड ७० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । विवरणअनुसा बैंकले गत आर्थिक वर्षमा निक्षेप र कर्जा दुवैमा उल्लेख्य वृद्धि गर्न सफल भएको छ ।

उक्त अवधिमा बैंकले १ खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन ११.४७ प्रतिशत र कर्जा प्रवाह ९.७६ प्रतिशतले वृद्धि भएको हो ।

गत आवमा बैंकले ५ अर्ब ६८ करोड खुद ब्याज आम्दानी गरेको छ भने निष्कृय कर्जा ४.०७ प्रतिशत कायम गरेको छ । साथै, समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा र प्रति शेयर नेटवर्थ १ सय ९१ रुपैयाँ ८१ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकले आधार दर (बेसरेट)समेत एकल अंकमा ल्याउन सफल भएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा बेसरेट २.२५ प्रतिशत बिन्दुले घटाएर ८.२६ प्रतिशत कायम गरेको हो ।

कर्जा निक्षेप अनुपात (सिडि रेसियो) र तरलता अनुपात (एलडि रेसियो) ले बैंकको स्वस्थ वित्तीय अवस्था चित्रण गरेको छ । गत आवको असार मसान्तसम्म बैंकको सिडि रेसियो ८१.८६ प्रतिशत र एलडी रेसियो २८.०६ प्रतिशत कायम छ । राष्ट्र बैंकले सिडि रेसियो ९० प्रतिशत र एलडी रेसियो २० प्रतिशत कायम गरेर मात्रै कर्जा प्रवाह गर्न पाउने प्रावधान गरेको छ ।

उक्त अवधिमा बैंकको पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भई १३.०६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १२.१२ प्रतिशत थियो । गत वर्ष समग्र आर्थिक क्रियाकलापमा सुस्तताका बावजुद पनि बैंकले गत आर्थिक वर्षमा बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २, कर्णाली प्रदेशमा १, र सुदूरपश्चिम प्रदेशमा २ गरी ९ वटा थप शाखाहरू सञ्चालनमा ल्याएको छ ।