नेपाल राष्ट्र बैंकको नियमन विभाग र नेपालगञ्ज कार्यालयसँगको समन्वयमा बैंकिङ्ग कार्यक्रम सम्पन्न

नेपाल राष्ट्र बैंकको नियमन विभाग र नेपालगञ्ज कार्यालयसँगको समन्वयमा बैंकिङ्ग कार्यक्रम सम्पन्न


काठमाडौं– नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयसँगको समन्वयमा बैंकिङ्ग कार्यक्रम सम्पन्न भएको छ । असार १४ गते सम्पन्न सो कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका बिद्यमान नीति निर्देशन एवं समसामयिक विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुखहरू एवं सहभागीहरुले वर्तमान आर्थिक विषयमा सुझाव दिँदै वर्किङ्ग क्यापिटल गाइडलाइन्सका बारेमा निकै चासोका साथ प्रश्नहरु राखेका थिए । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले सक्रिय सहभागिता सहित कार्यक्रम प्रभावकारी भएको उल्लेख गरेका छन् ।

‘यो प्रदेश रेमिट्यान्सका लागी सबैभन्दा बढी जनता बाहिरीने प्रदेश पनि हो । नेपालगञ्ज एक व्यापारिक केन्द्र त हुँदै हो त्यस माथि पनि कर्णाली प्रदेशको कतिपय जिल्लाको व्यापारिक नाका पनि हो । २०७८ को जनगणनाअनुसार यो प्रदेश अन्तरगत करिब ११ लाख ४२ हज़ार घरपरिवारमा ५१ लाख २२ हजार मानिसहरू बसाेबास गर्छन्’ कार्यक्रममा बाेल्दै उनले भने,‘मुलुकभर सबै वर्गका (क, ख, ग र घ समेत) बैंक तथा वित्तीय संस्थाका ११५९ शाखामध्ये १०४१ अर्थात् करिब ९ प्रतिशत शाखा यस प्रदेशमा छन् अर्थात एउटा बैंक तथा वित्तीय संस्थाको शाखाले करिब ४९२० जनालाई सुविधा दिएका छन् जबकी राष्ट्रिय औषत २५१६ जना रहेको छ ।’ उनले नेपालका बैंक तथा वित्तीय संस्थाले करिब ६२ खर्ब निक्षेप संकलन गरेकोमा यस प्रदेश अन्तर्गत करिब ५.४ खर्ब संकलन गरेको उल्लेख गरेका छन् । उनले समग्र बैंक तथा वित्तीय संस्थाले ५२ खर्ब कर्जा प्रवाह गरेकोमा यस प्रदेश अन्तर्गत ५.६ खर्ब कर्जा प्रवाह गरेको जानकारी दिए ।

डेपुटी गभर्नर बम बहादुर मिश्रको उपस्थिति रहेको यो कार्यक्रममा राष्ट्र बैंकको नियमन विभाग कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, बैंक तथा वित्तीय संस्थाका त्यस क्षेत्रका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका कर्मचारीको सहभागिता थियो ।

पौडेल राष्ट्र बैंकको नियमन विभागमा आएदेखि नै बैंकिङ्ग क्षेत्रको सुधारमा लागि परेका छन् भने बैंकिङ्ग क्षेत्रमा परिवर्तन पनि देखिन थालेका छन् ।