मैले कार्यभार सम्हाल्दा अधिकांश परिसूचक अनुकूल थिएनन्, अहिले अर्थतन्त्र गतिशील छ : महत

मैले कार्यभार सम्हाल्दा अधिकांश परिसूचक अनुकूल थिएनन्, अहिले अर्थतन्त्र गतिशील छ : महत


बैंकिङ्ग समाचार, काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले आफूले कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल नभएको बताएका छन् । मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

आफू अर्थमन्त्री बन्नुपूर्व स्रोतको आकलन नगरी ठूलो संख्यामा बहुवर्षीय ठेक्का लगाइएको अवस्था रहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘स्रोतको आकलन नगरी ठूलो संख्यामा बहुवर्षीय ठेक्का लगाइएको अवस्था थियो। आयोजनाको प्राथमिकीकरण कमजोर रहेको अवस्था थियो। कोभिडको परिवेशमा ठूलो मात्रामा कर्जा विस्तार भएको अवस्था थियो।’
तर आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्र समेत गतिशील हुँदै गएको बताएका छन् ।

२०७९/८० को मंसिरमसान्तमा विदेशी विनिमय सञ्चिति वृद्धिदर ३.२ प्रतिशतले नकारात्मक रहेकोमा २०८० कार्तिकमसान्तमा ३२.८ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

यस्ताे उनले प्रस्तुत गरेकाे प्रतिवेदन

मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशा

मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशा

  • कार्यभार सम्हाल्दाको आर्थिक परिवेश:

मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन्। आर्थिक वृद्धि खुम्चिएर १.८६% पुगेको अवस्थामा मैले कार्यभार सम्हालेको हुँ। स्रोतको आँकलन नगरी ठूलो संख्यामा बहुवर्षीय ठेक्का लगाइएको अवस्था थियो आयोजनाको प्राथमिकीकरण कमजोर रहेको अवस्था थियो। कोभिडको परिवेशमा ठूलो मात्रामा कर्जा विस्तार भएको अवस्था थियो। बैंक तथा वित्तीय प्रणालीबाट कर्जा प्रवाह २०७७ असार मसान्तमा रू. ३२१० अर्बबाट वृद्धि भै २०७९ असार मसान्तसम्म रू. ४६२१ अर्ब पुगेको अवस्था थियो सो कर्जा घर जग्गा, शेयर, आयात तर्फ प्रयोग भएको अवस्था रहेको थियो।   

आयात उच्च हुँदा वाह्य क्षेत्र असन्तुनल भई भुक्तानी सन्तुलन रू. २५५ अर्बले घाटामा रहेको अवस्था रहेको थियो वाह्य क्षेत्र सन्तुलन कायम गर्न लिइएको कसिलो मौद्रिक नीतिका कारण पछिल्लो समयमा ब्याजदर उच्च हुन पुगेको अवस्था थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र नेपाली मुद्राको अवमूल्यन समेतले आयात महंगो भई मुद्रास्फीति उच्च हुन पुगेको अवस्था रहेको थियो।

कतिपय वस्तुको आयातमा गरिएको बन्देजले भन्सार विन्दुमा संकलन हुने राजस्व प्रभावित भई राजस्वको वृद्धिदर ऋणात्मक हुन पुगेको र राजस्व संकलन अपेक्षित नहुँदा सार्वजनिक वित्त सन्तुलनमा चाप परेको अवस्था रहेको थियो। उच्च सार्वजनिक ऋणभारका कारण चालु आर्थिक वर्षमा सावाँ र ब्याज भुक्तानीका लागि क्रमश रू. २२५ अर्ब र रू. १०५ अर्ब गरी रू. ३३० अर्ब  विनियोजन गर्नुपरेको अवस्था छ अनिवार्य दायित्व तर्फको खर्च (पेन्सन,  सामाजिक सुरक्षा र  सार्वजनिक ऋण व्यवस्थापन खर्च) बढ्दै गएकोले विकास खर्चको लागि पर्याप्त बजेट व्यवस्थापन गर्न समस्या रहेको थियो कोभिडको समयमा अधिक लगानी भई बढेको शेयर कारोवार समेत खुम्चिन पुगेको अवस्था थियो

लगानी योग्य पुँजीको अभावमा पर्याप्त कर्जा लगानी हुन नसकेको र ब्याजदर समेत उच्च रहेको थियो।  

समग्रमा, कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, शेयर र वस्तु आयात तर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम संचितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, व्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकोले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको  थियो भने घर जग्गा र शेयर कारोवारमा ठूलो गिरावट आएको थियो। अर्को तर्फ सार्वजनिक खर्च तर्फ आयोजनाको प्राथमिकीकरणको अभाव र सम्भावित दायित्वको आंकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको थियो।

आर्थिक परिदृष्यको तुलनात्मक विश्लेषणः

मैले कार्यभार सम्हाल्दा आर्थिक वृद्धि १.८६ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा एशियाली विकास बैंकको प्रक्षेपण अनुसार पनि ४.३ रहने अनुमान छ। हाम्रो लक्ष्य ६ प्रतिशत हो। हालको हाम्रो अनुमान अनुसार ५ प्रतिशत भन्दा माथि रहन्छ। २०७९ फागुनमसान्तसम्ममा राजस्व वृद्धिदर १४.९ प्रतिशतले नकारात्मक रहेको थियो। २०८० मंसिरमसान्तमा सो ११.१८ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो डेढ वर्षमा राजस्व परिचालनमा देखिएको शिथिलता घट्दै गई क्रमशः सुधारोन्मूख हुँदै जानुले आगामी महिनाहरुमा स्रोत व्यवस्थापनमाथिको दवाब कम हुँदै जाने र समग्र अर्थतन्त्र समेत गतिशील हुँदै जाने अपेक्षा रहेको छ।

२०७९/८० को मंसिरमसान्तमा विदेशी विनिमय सञ्चिति वृद्धिदर ३.२ प्रतिशतले नकारात्मक रहेको थियो। २०८० कार्तिकमसान्तमा ३२.८ प्रतिशतले वृद्धि भएको छ।

२०७९ साल चैत महिनामा म अर्थमन्त्रीको रुपमा नियुक्त भएर अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा राजस्व परिचालन लक्ष्यभन्दा न्यून रहेको मात्र नभई राजस्व परिचालन घटेको थियो। फलस्वरुप, स्रोत माथिको दबाव बढ्दै गएको थियो। गत आर्थिक वर्षको फागुनसम्म ८ महिनाको अवधिमा संघीय सरकारको राजस्व असुली १४.९ प्रतिशतले घटेको थियो भने अन्य प्राप्ति तथा राजस्व सहित संघीय आय समेत ७.५ प्रतिशतले घटेको थियो। त्यस अवधिमा संघीय सरकारको खर्च १५.४ प्रतिशतले बढेको र संघीय आय १४.५ प्रतिशतले घटेको हुँदा संघीय सञ्चित कोषमा अधिक दवाब सिर्जना भएको थियो। त्यस बखत खर्च र आय बीचको अन्तर नै करिव रू. १६१ अर्ब रहेको हुँदा सार्वजनिक ऋण परिचालनमा समेत दवाव सिर्जना भएको थियो।  

आर्थिक वर्ष 2079/80 को फागुनसम्ममा शोधनान्तर स्थिति रू. १४८ अर्बले वचतमा रहेको भएपनि चालु खाता भने रू. ४४ अर्बले घाटामा रहेको थियो। विप्रेषण आप्रवाह २५.३ प्रतिशत र विदेशी विनिमय सञ्चिति १९.७ प्रतिशतले बढेको थियो। समग्रमा, त्यस बखत बाह्य क्षेत्र सुधारतर्फ केन्द्रीत भएपनि सार्वजनिक वित्तका परिसूचकहरु भने कमजोर रहेका थिए र अर्थतन्त्रलाई गतिशिल बनाउने कार्य जटिल र चुनौतीपूर्ण रहेको थियो।

२०७९ फागुन पछि ९ महिनाको अवधिमा भने अधिकांश परिसूचकहरु सुधारोन्मूख रहेका कारण अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको छ र आगामी दिनमा अर्थतन्त्र गतिशील हुँदै जाने स्पष्ट संकेत देखिन्छ। चालु आर्थिक वर्षको पहिलो ५ महिनामा राजस्व परिचालन ११.२ प्रतिशतले वृद्धि भएको छ भने अन्य प्राप्ति र राजस्व सहित संघीय सरकारको आय ७.६ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा खर्च र आय बीचको अन्तर करिब रू.७१ अर्ब रहेको हुँदा तुलनात्मकरुपमा स्रोत माथिको दबाव कम हुँदै गएको छ। यस अवधिमा संघीय सरकारको खर्च ४.१ प्रतिशत र आय ७.६ प्रतिशतले बढेको हुँदा खर्च र आय दुवैमा बढोत्तरी भएको छ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विप्रेषण आयमा २६.४ प्रतिशतको उल्लेख्य वृद्धि रहेको छ भने शोधनान्तर स्थिति र चालु खाता दुवै क्रमशः रू. १४७ अर्ब र रू. ९६ अर्बले बचतमा रहेका छन्। विदेशी विनिमय सञ्चिति ३६.१ प्रतिशतले बढेको छ। यसबाट समग्र बाह्य क्षेत्र स्थिरता कायम हुनुको साथै यस क्षेत्र थप सबल र सुदृढ समेत हुँदै गएको छ। वस्तु तथा सेवा निकासी प्रवर्द्धन गरी व्यापार घाटा सुधार गर्दै जाने तर्फ थप प्रयास गरिएको छ। साथै, वित्तीय क्षेत्रमा विगतमा देखिएका तरलता लगायताका समस्याहरु पछिल्लो समयमा नरहेको हुँदा यस क्षेत्र समेत सुदृढ हुँदै गएको छ।

समग्रमा, स्रोत व्यवस्थापनमा देखिएको दबाव क्रमशः न्यून हुँदै गएको र बाह्य क्षेत्र सन्तुलन कायम रहिरहनुको साथै थप सबल एवम् सुदृढ हुँदै जानुले आगामी दिनमा मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने छ ।

  • अर्थतन्त्रलाई गतिशील बनाउन गरिएका पहल:

लगानीको वातावरण निर्माण गर्न प्रक्रिया सरलीकरण गर्दै लागिएको छ रू. १०० मा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको छ। निजी क्षेत्रको मनोवल वृद्धि गर्न निजी क्षेत्रसंग निरन्तर संवाद गरिएको, पुँजीगत खर्चको प्रभावकारिता बढाउन पहल गरिएको, मौद्रिक नीति लचिलो पार्दै लागिएको, लगानीको लागत कम गर्न वित्त र मौद्रिक नीति मार्फत पहल गरिएको, तरलता प्रवाहमा सहजीकरण गर्न स्थानीय तहको निक्षेप गणना गर्ने सुविधा दिइएको, जग्गाको कित्ताकाट फुकुवा गरिएको छ। उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको छ।  

  • बजेटमा प्रस्तावित सुधार र कार्यान्वयनको स्थितिः

मैले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले कार्यान्वयनको क्रममा रहेका छन्। सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको छ। स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको छ जसमा चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको छ। यस व्यवस्थाले आयोजनाको प्राथमिकीकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ। त्यसै गरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ।

अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको छ। जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको छ। जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलीयतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको छ। विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दातृ निकाय तथा कोषबाट अनुदान र सहुलीयतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको र यसमा विकास साझेदारहरु सहमत भएकोले आगामी दिनमा यसको नतिजा आउने स्थिति बनेको छ। वैदेशिक सहायतालाई उत्पादनमूलक क्षेत्र, पूर्वाधार निर्माण र मानव पुँजी निर्माणमा लगानी गरिएको छ।

राजस्व परिचानलमा क्रमश: सुधार भएको छ। बजेट मार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कराधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको छ। कर प्रणालीमा सुधारका लागि उच्चस्तरीय समिति गठन भई काम गरिरहेको छ।

त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश:  खुकुलो बनाउँदै लगिएको छ। हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ। सार्वजनिक संस्थान सुधारका लागि गृहकार्य भइरहेको छ। निजीकरण समितिलाई क्रियाशिल बनाई काम अगाडि बढाइएको छ।

सम्मानीय प्रधानमन्त्री तथा मेरो उपस्थितिमा निजी क्षेत्र, अर्थविद र सरोकारवालासँग पटक पटकको छलफल र अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको छ।

  • अर्थतन्त्रको हालको अवस्था:

माथी उल्लेख गरिएका सुधारका प्रयासले आर्थिक क्रियाकलापहरु क्रमश:  चलायमान भएका छन्। जुन निम्नानुसार छन्:

  • आर्थिक वृद्धि: अर्थतन्त्रका अधिकाँश परिसूचकहरु सुधारोन्मुख रहेका छन्। एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ। हाम्रो प्रयास लक्षित ६ प्रतिशत पुर्‍याउने हो। कम्तिमा पनि ५ प्रतिशत आर्थिक वृद्धि कायम रहन्छ भन्ने हाम्रो अनुमान रहेको छ।
  • मुद्रास्फीतिः 2080 कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 5.38 प्रतिशत रहेको छ। 2079 कात्तिकमा यस्तो मुद्रास्फीति 8.08 प्रतिशत रहेको थियो।
समष्टिगत आर्थिक परिसूचकहरू
सूचक/परिसूचकहरू आर्थिक वर्ष २०७९/८० आर्थिक वर्ष २०८०/८१   
मान/ प्रतिशतमंसिरसम्मफागुनसम्मकार्तिकसम्ममंसिरसम्म 
वास्तविक क्षेत्र
आर्थिक वृद्धि (%)प्रतिशतमायथार्थ वार्षिक: १.८६%वार्षिक लक्ष्य प्रतिशत 
उपभोक्ता मुद्रास्फीतिप्रतिशतमा7.38%7.44%5.38%  
  • राजस्व र खर्चः आर्थिक वर्ष 2080/81 को मंसिर मसान्तसम्ममा सरकारको राजस्व गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा 11.2 प्रतिशतले  बढेर रू. 3 खर्ब 63 अर्ब 43 करोड संकलन भएको   छ। यस अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ क्रमशः 1.6 प्रतिशतले 6.1 र 21.2 प्रतिशतले वृद्धि भएको छ। समग्रमा सरकारको खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 4.1 प्रतिशतले बढेको छ।
सूचक  आर्थिक वर्ष 2079/80आर्थिक वर्ष 2080/81 
मान/ प्रतिशतमंसिरसम्मफागुनसम्मकार्तिकसम्ममंसिरसम्म
सार्वजनिक वित्त, प्रतिशत परिवर्तन (वार्षिक बिन्दुगत)
कर राजस्वप्रतिशतमा-20.7%-16.2%3.5%11.85%
गैर कर  राजस्वप्रतिशतमा-21.0%0.0%0.2%3.21%
कूल राजस्वप्रतिशतमा-20.7%-14.9%3.2%11.18%
अन्य प्राप्तिप्रतिशतमा-12.3%-7.5%-32.0%-35.55%
जम्मा राजस्व/प्राप्तिप्रतिशतमा-20.1%-14.5%0.3%7.55%
चालु खर्चप्रतिशतमा11.6%13.1%-3.6%1.6%
पुँजीगत खर्च प्रतिशतमा19.7%9.2%14.1%6.1%
वित्तीय व्यवस्था प्रतिशतमा13.7%44.2%25.8%21.2%
कुल सार्वजनिक खर्च प्रतिशतमा12.5%15.4%1.3%4.1%

आर्थिक वर्ष 2080/81 को मंसिर मसान्तसम्ममा सरकारको  खर्च गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा 4.1 प्रतिशतले बढेर  रू. 4 खर्ब 53 अर्ब भएको छ।वार्षिक लक्ष्य रू.१७ खर्ब ५१ अर्ब ३१ करोडको तुलनामा यस अवधिसम्ममा कुल खर्च 25.87 प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च 11.9 प्रतिशत भएको छ।

सार्वजनिक वित्त

सूचक  आर्थिक वर्ष २०७९/८०आर्थिक वर्ष २०८०/८१ 
मान/ प्रतिशतमंसिरसम्मफागुनसम्मकार्तिकसम्ममंसिरसम्म
कर राजस्वरू. करोडमा30146526472543033719
गैर कर  राजस्वरू. करोडमा2543563022342624
कूल राजस्वरू. करोडमा32689582772766436343
अन्य प्राप्तिरू. करोडमा2752352116261774
जम्मा राजस्व/प्राप्तिरू. करोडमा35441617982929038117
चालु खर्चरू. करोडमा35425.69608842711736000
पुँजीगत खर्चरू. करोडमा3399.16842629993606
वित्तीय व्यवस्थारू. करोडमा4696.26861354475694
कुल सार्वजनिक खर्चरू. करोडमा43521779233556345300

घ)वैदेशिक व्यापारः आर्थिक वर्ष 2080/81 को मंसिर मसान्तसम्मको कुल वस्तु आयात गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा 3.4 प्रतिशतले  घटेर रू. 6 खर्ब 42 अर्ब  र वस्तु निर्यात 6.1 प्रतिशतले घटेर रू. 63 अर्ब 21 करोडको रहेको छ। यस अवधिमा वस्तु व्यापार घाटा रू. 5 खर्ब 79 अर्ब रहेको छ। चालु खाता अघिल्लो आर्थिक वर्ष २०79/80 कात्तिक महिनामा रू. 37 अर्ब 79 करोडले घाटामा रहेकोमा चालु आर्थिक वर्षमा भने रू.96 अर्ब 38 करोडले बचतमा रहेको छ।

ङ) शोधानान्तर स्थितिः अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेका छन्। आर्थिक वर्ष 2079/80 को  पहिलो चार महिनामा शोधानान्तर स्थिति रू. 20 अर्ब 3 करोडले बचतमा रहेकोमा आर्थिक वर्ष 2080/81 को चार महिनामा यस्तो बचतमा उलेख्य सुधार भई रू. १ खर्ब 47 अर्ब पुगेको छ।

वाह्य क्षेत्र

सूचक  आर्थिक वर्ष 2079/80 आर्थिक वर्ष 2080/81 
मान/ प्रतिशतमंसिरसम्मफागुनसम्मकार्तिकसम्ममंसिरसम्म
चालु खातारू. करोडमा-3791.00-44319638.01 
चालु खाता  (अमेरिकी डलरमा)मिलियनमा-2972.00-3457725.12 
शोधनान्तर स्थितिरू. करोडमा4587.001481114710.99 
शोधनान्तर स्थिति (अमेरिकी डलरमा)मिलियनमा3468.0011201107.86 
विप्रेषण आप्रवाह (रेमिट्यान्स)रू. करोडमा48050.007943247796.45 
विप्रेषण आप्रवाह (रेमिट्यान्स) (अमेरिकी डलरमा)मिलियनमा3710.0060903601.51 
कुल विदेशी विनिमय सञ्‍चितिरू. करोडमा129256140121169678 
कुल विदेशी विनिमय सञ्‍चिति (अमेरिकी डलरमा)मिलियनमा9820.001069012753.89 
विदेशी विनिमय सञ्‍चिति पर्याप्तता (वस्तु आयात)महिनामा10.01113.6 
विदेशी विनिमय सञ्‍चिति पर्याप्तता (वस्तु तथा सेवा आयात)महिनामा8.7911.3 
कुल वस्तु निर्यातरू. करोडमा67301048050566321
कुल वस्तु आयातरू. करोडमा664751058395125064221
कुल वस्तु व्यापार घाटारू. करोडमा59744953594619457900
बाह्य क्षेत्र, प्रतिशत परिवर्तन (वार्षिक बिन्दुगत)
विप्रेषण आप्रवाह (रेमिट्यान्स)प्रतिशतमा23.0%25.3%26.4% 
विप्रेषण आप्रवाह (रेमिट्यान्स) (अमेरिकी डलरमा)प्रतिशतमा13.1%14.8%23.1% 
कुल विदेशी विनिमय सञ्‍चितिप्रतिशतमा6.5%19.7%36.1% 
कुल विदेशी विनिमय सञ्‍चिति (अमेरिकी डलरमा)प्रतिशतमा-3.2%11.3%32.8% 
वस्तु निर्यातप्रतिशतमा-34.6%-29.1%-3.8%-6.1%
वस्तु आयातप्रतिशतमा-20.7%-19.1%-7.7%-3.4%
वस्तु व्यापार घाटाप्रतिशतमा-18.8%-17.9%-3.3%-3.1%

च) विप्रेषणः आर्थिक वर्ष २०80/81 को चार महिनामा विप्रेषण आप्रवाह गत आर्थिक वर्षको तुलनामा 26.4 प्रतिशतले वृद्वि भएर रू.4 खर्ब 7८ पुगेको छ।

छ) विदेशी विनिमय सञ्चितिः २०80 कात्तिक सम्ममा कुल विदेशी विनिमय सञ्चिति 2080 असार मसान्तको तुलनामा  रू. १ खर्ब 57 अर्ब 42 करोड थप भई रू.16 खर्ब 96 अर्ब 78 करोड पुगेको छ। विदेशी विनिमय सञ्चितिले 13.6 महिनाको वस्तु पैठारी तथा 11.3 महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ।

ज) वैदेशिक लगानीः वैदेशिक लगानी प्राप्तीमा सुधार हुँदै गएको छ। चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा रू. 3 अर्ब 64 करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिक महिनासम्ममा यस्तो लगानी रू. 43 करोड  मात्र रहेको थियो। हालसम्म रू. 1 खर्ब ५८ अर्ब 60 करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ।

झ) पर्यटन आयः चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिलेसम्मकै उच्च हो। चालु आर्थिक वर्षको पहिलो चार महिनासम्ममा पर्यटन क्षेत्रबाट प्राप्त भएको हुने भ्रमण आय 47.2 प्रतिशतले वृद्धि भई रू. 25 अर्ब 74 करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय रू. 17 अर्ब 49 करोड प्राप्त भएको थियो।

ञ) बैकिङ्ग प्रणालीमा निक्षेप थपिदै गएको छ भने निजी क्षेत्रमा हुने कर्जा प्रवाह बढ्दै गएको छ। वार्षिक बिन्दुगत आधारमा २०८० कार्तिकमा बैङ्क तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप 14.3 प्रतिशत र  निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा 4.4 प्रतिशतले बढेको छ। हाल ब्याजदर घट्दै गएको छ। २०८० कात्तिक मसान्तमा औसत अन्तर बैङ्क दर 3.47 प्रतिशत, वाणिज्य बैङ्कको औसत आधार दर घटेर 9.74 प्रतिशत पुगेको छ।

मौद्रिक तथा वित्तीय क्षेत्र

सूचक  आर्थिक वर्ष २०७९/८० आर्थिक वर्ष २०८०/८१
मान/ प्रतिशतमंसिरसम्मफागुनसम्मकार्तिकसम्म
विस्तृत मुद्राप्रदाय (M2) (वार्षिक बिन्दुगत)प्रतिशतमा7.4%9.1%14.2%
संकुचित मुद्राप्रदाय  (M1) (वार्षिक बिन्दुगत))प्रतिशतमा1.1%-0.5%5.4%
निक्षेप परिचालन (वार्षिक बिन्दुगत)प्रतिशतमा9.5%10.5%14.3%
कुल आन्तरिक कर्जा (वार्षिक बिन्दुगत)प्रतिशतमा10.1%8.1%8.8%
निजी  क्षेत्रमा प्रवाह भएको कर्जा (वार्षिक बिन्दुगत)प्रतिशतमा4.1%3.1%4.4%
निक्षेपको व्याजदर (वाणिज्य बैंक)प्रतिशतमा8.5%8.4%7.76%
कर्जाको व्याजदर (वाणिज्य बैंक)प्रतिशतमा12.7%13.0%11.96%
औषत आधारदर (वाणिज्य बैंक)प्रतिशतमा10.7%10.6%9.74%
  • 2080 कार्तिक मसान्तसमा वाणिज्य बैङ्कको निक्षेपको ब्याजदर 7.76 प्रतिशत र वाणिज्य बैङ्कको कर्जाको ब्याजदर 11.96 प्रतिशत रहेको छ। २०७९ असोज मसान्तमा बाणिज्य बैङ्कको निक्षेप र कर्जाको ब्याजदर क्रमशः 8.32 प्रतिशत र 12.65 प्रतिशत रहेको थियो।
  • वित्तीय पहुँचमा वृद्धि हुँदै गएको छ। २०८० कात्तिक मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरुको शाखा सङ्ख्या ११ हजार ५ सय 55 पुगेको छ।
  • बीमाको दायरामा आएको जनसंख्यामा वृद्वि भएको छ। म्यादी,  लघु म्यादी र वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसङ्ख्या २०८० कार्तिक मसान्तमा 42.98 प्रतिशत पुगेको छ।
  • आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्ममा सङ्कलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 4.75 प्रतिशतले वृद्वि भई रू. 62 अर्ब 19 करोड रहेको छ। गत आर्थिक वर्षमा यस्तो सङ्कलन रू. 59 अर्ब 37 करोड रहेको थियो।
  • आर्थिक वर्ष 2080/81 को कात्तिक महिना सम्ममा 8 हजार  80 वटा कम्पनि दर्ता भएका छन्।
  • मौद्रिक  नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको  सकारात्मक प्रभाव क्रमश:  आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदैछ। घरजग्गा र शेयर कारोवार बढ्न शुरु भएको छ। हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ। त्यसै गरी २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ।साथै हाल घट्दो व्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ। सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको छ।
  • चालु आर्थिक वर्षमा करीब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिनेछ।
  • सम्भावनाका क्षेत्रहरु: जलविद्युतको विकास,  पर्यटन,  कृषिको व्यवसायीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर संभावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति लिइनेछ। जसमा निम्न आयोजना मुख्य रहने छन्:
  • जलस्रोत र जल विद्युत (लगानी प्रवर्द्धन, उत्पादन र निर्यात): अरुण, दूध कोशी, कर्णाली चिसापानी, नलसिंगाड पश्चिम सेतीलगायत र ट्रान्समिसन लाईन
  • पर्यटन: गुणस्तरीय पर्यटन पूर्वाधार, पर्या-पर्यटन, निजगढ विमानस्थल  
  • सूचना प्रविधि क्षेत्र (Digital Economy): पूर्वाधार, कर सहुलियत र प्रोत्साहन
  • कृषिको व्यवसायीकरण: कृषि उपजमा आत्मनिर्भरता हासिल गर्ने, उत्पाद्कत्व, जमीनको भरपुर उपयोग, एग्री बिजनेस, उत्पादनमा आधारित अनुदान, बाँझो जमिनको उपयोग 
  • आगामी कार्यदिशा

सरकारले शुरु गरेका आर्थिक र वजेट प्रणाली सुधारका कार्यक्रमलाई थप विस्तार गरिनेछ।अल्पकालमा सरकार र निजी क्षेत्र बिच उच्च स्तरको समन्वय कायम गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उत्पादन, उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरु फुकाउने,  मुलुकको पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितहरुलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवाहरुलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न जोड दिइनेछ।आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी शुरु गरेको छ। लगानी सम्मेलन अघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइनेछ। लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा संभावित लगानीकर्ताहरुको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागि परेको छ। दीर्घकालमा आर्थिक सुधार सँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ

क्षेत्रगत रुपमा निम्न अनुसारको कार्यदिशा लिईने छ:

  • उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने:

लगानीको वातावरण निर्माण गरी आर्थिक वृद्धिलाई गति दिने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने, विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउन यसका बाधा पहिचान गरी सुधार गर्ने, जल बिद्युत उत्पादन र प्रशारण लाइन विस्तारमा जोड दिने,गुणस्तरीय सडक संजाल निर्माण गर्ने, ग्रामिण सडक संजाललाई कृषि उत्पादन र बजारीकरणसंग आवद्ध गर्ने र पुँजीगत खर्चको प्रभावकारिता बधाई आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने लगानी सम्मेलन गरी विदेशी लगानी आकर्षित गर्न थप पहल गरिने छ।    

  • सार्वजनिक  वित्त सुधारको कार्यदिशा:

बजेटले लक्ष्य गरे अनुरुप राजस्वको वृद्धि हासिल गर्दै सार्वजनिक खर्चलाई थप औचित्यपूर्ण बनाउने गरी प्राथमिकिकरण गर्ने, राजस्वका परम्परागत स्रोतको विकल्प खोज्ने (सवारीसाधन, इन्धन, दूरसञ्चार), आयोजना छनौटपूर्ण तरिकाले निर्माण कार्य अघि बढाउने, प्राथमिकताका आयोजनाहरुलाई स्रोतको अभाव हुन नदिने र सार्वजनिक खर्चलाई सेवा प्रवाह, आर्थिक सामाजिक पूर्वाधार विकास र मानव पुँजी निर्माणमा लगानी गर्ने साथै, वैदेशिक अनुदान तथा सहुलीयतयतपूर्ण ऋणका अवसरहरुलाई राष्ट्रिय प्राथमिकतामा परिचालन गर्ने, जलवायु सँग सम्बन्धित कोषहरुको परिचालनमा जोड दिने, राजश्व उत्पादकत्वमा वृद्धि तथा  खर्च अनुशासनमा जोड दिने र संचित कोषलाई सहज अवस्थामा राख्ने सरकारीकोषबाट अनावश्यक सुविधा दिने प्रथालाई नियन्त्रण गर्ने। अहिले देखिनै बजेट तर्जुमाको लागि तयारी थाली सकिएको छ गत आर्थिक वर्ष बजेटमा छुटेका सुधार प्रयासलाई आगामी बर्षको बजेटमा समावेश गरी अघि बढाइने छ।  

  • मौद्रिक र वित्तीय क्षेत्रमा सुधार:

कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्ने, कर्जाको गुणस्तर बढाउने र खराब कर्जालाई नियन्त्रणमा राख्ने, साना तथा मझौला उत्पादन मूलक व्यवसायलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउन, वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्दै वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरुमा लचकता कायम गर्ने र वित्तीय सहकारीको नियमन गर्न दोश्रो तहको नियामक संयन्त्र निर्माण गर्ने 

  • वाह्य क्षेत्र सुधार:

विदेशी लगानी आप्रवाह बढाउन नीतिगत र कानूनी सुधार गर्ने, निर्यातमूलक क्षेत्रलाई प्रोत्साहित गर्ने: जल विद्युत, सिमेन्ट, आई.टि लगायत निर्यात सम्भावना भएका क्षेत्रलाई प्रोत्साहन गर्ने, सम्झौता भएका सहुलीयतपूर्ण विदेशी ऋण र अनुदानलाई प्राथमिकताका क्षेत्रमा अधिकतम परिचालन गर्ने, शर्तहरुमा सुधार गर्ने, वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउने (तालीम, सीप र गन्तव्य) र ब्यापार घाटा नियन्त्रण गर्ने सम्वन्धी रणनीतिको कार्यान्वयनमा जोड दिने।

धन्यवाद, जय नेपाल।

अनुसूची-१

समष्टिगत आर्थिक परिसूचकहरू

सूचक/परिसूचकहरू आर्थिक वर्ष २०७९/८०आर्थिक वर्ष २०८०/८१ 
मान/ प्रतिशतमंसिरसम्मफागुनसम्मकार्तिकसम्ममंसिरसम्म 
वास्तविक क्षेत्र
आर्थिक वृद्धि (%)प्रतिशतमा१.८६ प्रतिशतवार्षिक लक्ष्य ६.० प्रतिशत 
उपभोक्ता मुद्रास्फीतिप्रतिशतमा7.38%7.44%5.38%  
सार्वजनिक वित्त
कर राजस्वरू. करोडमा30146526472543033719 
गैर कर  राजस्वरू. करोडमा2543563022342624 
कूल राजस्वरू. करोडमा32689582772766436343 
अन्य प्राप्तिरू. करोडमा2752352116261774 
जम्मा राजस्व/प्राप्तिरू. करोडमा35441617982929038117 
चालु खर्चरू. करोडमा35425.69608842711736000 
पुँजीगत खर्चरू. करोडमा3399.16842629993606 
वित्तीय व्यवस्थारू. करोडमा4696.26861354475694 
कुल सार्वजनिक खर्चरू. करोडमा43521779233556345300 
तिर्न बाँकी आन्तरिक ऋणरू. करोडमा96649101028118357119757 
तिर्न बाँकी बााह्य ऋणरू. करोडमा104065106978117113117369 
कुल तिर्न बाँकी सार्वजनिक ऋण रू. करोडमा200713208006235470237126 
आन्तरिक ऋण प्राप्तिरू. करोडमा1750.008500.009731.0011131 
बाह्य ऋण प्राप्तिरू. करोडमा2957.336225.5017411997 
ऋण प्राप्ति  (आन्तरिक र वाह्य)रू. करोडमा4707147251147213128 
आन्तरिक ऋणको सावाँ भुक्तानीरू. करोडमा3846.39621742844284 
बाह्य ऋणको सावाँ भुक्तानीरू. करोडमा1477.28183216531653 
आन्तरिक र बाह्यऋणको सावाँ भुक्तानीरू. करोडमा5324804959375937 
अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्वतारू. करोडमा109041371240695817 
 स्थायी लेखा नम्बर(सङ्ख्यामा) 5E+0657973465854128 
सार्वजनिक वित्त, प्रतिशत परिवर्तन (वार्षिक बिन्दुगत)
कर राजस्वप्रतिशतमा-20.7%-16.2%3.5%11.85% 
गैर कर  राजस्वप्रतिशतमा-21.0%0.0%0.2%3.21% 
कूल राजस्वप्रतिशतमा-20.7%-14.9%3.2%11.18% 
अन्य प्राप्तिप्रतिशतमा-12.3%-7.5%-32.0%-35.55% 
जम्मा राजस्व/प्राप्तिप्रतिशतमा-20.1%-14.5%0.3%7.55% 
चालु खर्चप्रतिशतमा11.6%13.1%-3.6%1.6% 
पुँजीगत खर्च प्रतिशतमा19.7%9.2%14.1%6.1% 
वित्तीय व्यवस्था प्रतिशतमा13.7%44.2%25.8%21.2% 
कुल सार्वजनिक खर्च प्रतिशतमा12.5%15.4%1.3%4.1% 
मुद्रा तथा बैंकिङ
विस्तृत मुद्राप्रदाय (M2) (वार्षिक बिन्दुगत)प्रतिशतमा7.4%9.1%14.2%  
संकुचित मुद्राप्रदाय  (M1) (वार्षिक बिन्दुगत))प्रतिशतमा1.1%-0.5%5.4%  
निक्षेप परिचालन (वार्षिक बिन्दुगत)प्रतिशतमा9.5%10.5%14.3%  
कुल आन्तरिक कर्जा (वार्षिक बिन्दुगत)प्रतिशतमा10.1%8.1%8.8%  
निजी  क्षेत्रमा प्रवाह भएको कर्जा (वार्षिक बिन्दुगत)प्रतिशतमा4.1%3.1%4.4%  
निक्षेपको व्याजदर (वाणिज्य बैंक)प्रतिशतमा8.5%8.4%7.76%  
कर्जाको व्याजदर (वाणिज्य बैंक)प्रतिशतमा12.7%13.0%11.96%  
औषत आधारदर (वाणिज्य बैंक)प्रतिशतमा10.7%10.6%9.74%  
वैक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल (सङ्ख्यामा)(सङ्ख्यामा)116501162911555  
नेप्से सुचकाङ्क (मासिक कारोबार भएको अन्तिम दिनको)रुपैंयामा188319531852  
बजार पुँजीकरणरू. करोडमा339470282368285301  
बीमा प्रिमियम सङ्कलनरू. करोडमा7549119606218  
बीमाको दायरामा आएको जनसङ्ख्या  (म्यादि,
लघुम्यादि  बैदेशिक रोजगार जीवन बीमालेख सहित)
प्रतिशतमा43.944.143.0  
बाह्य क्षेत्र
चालु खातारू. करोडमा-3791.00-4431.009638.01  
चालु खाता  (अमेरिकी डलरमा)मिलियनमा-2972.00-3457.00725.12  
शोधनान्तर स्थितिरू. करोडमा4587.0014811.0014710.99  
शोधनान्तर स्थिति (अमेरिकी डलरमा)मिलियनमा3468.001120.001107.86  
विप्रेषण आप्रवाह (रेमिट्यान्स)रू. करोडमा48050.0079432.0047796.45  
विप्रेषण आप्रवाह (रेमिट्यान्स) (अमेरिकी डलरमा)मिलियनमा3710.006090.003601.51  
कुल विदेशी विनिमय सञ्‍चितिरू. करोडमा129256140121169678  
कुल विदेशी विनिमय सञ्‍चिति (अमेरिकी डलरमा)मिलियनमा9820.001069012753.89  
विदेशी विनिमय सञ्‍चिति पर्याप्तता (वस्तु आयात)महिनामा10.010.913.6  
विदेशी विनिमय सञ्‍चिति पर्याप्तता (वस्तु तथा सेवा आयात)महिनामा8.79.411.3  
कुल वस्तु निर्यातरू. करोडमा67301048050566321 
कुल वस्तु आयातरू. करोडमा664751058395125064221 
कुल वस्तु व्यापार घाटारू. करोडमा59744953594619457900 
बाह्य क्षेत्र, प्रतिशत परिवर्तन (वार्षिक बिन्दुगत)
विप्रेषण आप्रवाह (रेमिट्यान्स)प्रतिशतमा23.0%25.3%26.4%  
विप्रेषण आप्रवाह (रेमिट्यान्स) (अमेरिकी डलरमा)प्रतिशतमा13.1%14.8%23.1%  
कुल विदेशी विनिमय सञ्‍चितिप्रतिशतमा6.5%19.7%36.1%  
कुल विदेशी विनिमय सञ्‍चिति (अमेरिकी डलरमा)प्रतिशतमा-3.2%11.3%32.8%  
वस्तु निर्यातप्रतिशतमा-34.6%-29.1%-3.8%-6.1% 
वस्तु आयातप्रतिशतमा-20.7%-19.1%-7.7%-3.4% 
वस्तु व्यापार घाटाप्रतिशतमा-18.8%-17.9%-3.3%-3.1% 
अन्य
पर्यटक आगमनसङ्ख्यामा328785556540384101  
श्रम स्वीकृति (नयाँ र पुन:श्रम स्वीकृति) लिने नेपालीसङ्ख्यामा350407544320206316  
श्रोत: अर्थ मन्त्रालय