बैंकिङ्ग समाचार, काठमाडौं– पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा सरकार गठन भएकाे एक वर्ष पूरा भयाे । प्रधानमन्त्री दाहालले सत्ताराेहणकाे एक वर्ष पुगेकाे अवसरमा विभिन्र मन्त्रालयबाट प्राप्त प्रगति विवरणसहित राष्ट्रकाे नाममा सम्बाेधन गरेका थिए ।
सरकार गठनपछि मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा प्रधानमन्त्री दाहालले माघ ३ गते सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गरेका थिए । मन्त्रालयले किरातीले नेतृत्व सम्हालेपछिकाे करिब एक वर्षीय कार्यकालयकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ ।
यस्ताे छ मन्त्रालयकाे प्रगति विवरण :
प्रमुख नीतिगत विषय
नीतिगत विषय/क्षेत्र | प्रगति/सुधार/आगामी कार्यदिशा |
राष्ट्रिय संस्कृति नीति २०६७ | संशोधनको प्रक्रियामा रहेको |
राष्ट्रिय अभिलेख नीति (नयाँ), नयाँ सम्पदा कार्यविधि | मस्यौदा तयार भएको |
पर्यटनऐन २०३५, प्रतिलिपि अधिकार संरक्षण ऐन २०५९, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन २०५५ र प्राचीन स्मारक संरक्षण ऐन २०१३ | समसामयिक बनाउन संशोधनको कार्य अन्तिम चरणमा रहेको |
संस्कृतिऐन र पर्यटन प्रतिष्ठान स्थापना सम्बन्धी ऐन (नयाँ) | प्रारम्भिक मस्यौदा तर्जुमा भएको |
नेपाल नागरिक उड्डयन प्राधिकरण(नियमन)विधेयक तथा हवाई सेवा प्राधिकरण (सेवा प्रदायक)विधेयक, २०८० | मस्यौदा मन्त्रिपरिषद्मा पेशभएको (२०८० जेठ) |
अभिलेख संरक्षण ऐन, २०४६ (संशोधन) | राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएको |
पर्वतारोहण नियमावली, २०५९ को संशोधन | अर्थ मन्त्रालयको राय/सहमति प्राप्त भई कानून मन्त्रालयमा पठाउने चरणमा रहेको |
गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली तथा हवाई सेवा व्यवस्थापन नियमावली | मस्यौदा उपर कानून मन्त्रालयमा राय-सहमतिका लागि प्रेषित |
दुर्गम क्षेत्र हवाइ सेवा कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि | मस्यौदा तयारी अन्तिम चरणमा रहेको |
मन्त्रालयको कार्यसम्पादन चुस्त बनाउन गरिएका प्रयास/व्यवस्थाहरु
- सूचना प्रविधिको माध्यमवाट होटल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली लागु गरिएको।
- मन्त्रालयमा अनलाइन ग्रिभेन्स सिस्टम लागू गरी सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासोको सम्वोधन गर्ने व्यवस्था मिलाइएको।
- भरतपुर विमानस्थल विस्तार तथा भरतपुर, भोजपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलको आन्तरिक टर्मिनल भवन निर्माण कार्य प्रारम्भ भएको।
- नेपालगञ्ज, धनगढी र विराटनगर विमानस्थलहरुमा ब्यागेज कन्भेयर बेल्ट जडान भई सञ्चालनमा आएको।
- काठमाडौं उपत्यका बाहिरका ८ वटा विमानस्थलबाट रात्रीकालीन उडान हुने गरेको र वायुसेवा रात्री विश्राम गर्ने व्यवस्था मिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप कम गरिएको।
- हालसम्म ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएको। हालै नेपाल र रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको तथास्वीजरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौता गर्ने प्रकृया अन्तिम चरणमा रहेको।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु सेवा सुविधाका लागि अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनमा यात्रु प्रस्थान कक्ष विस्तार भएको।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सम्बन्धी कार्य भइरहेको। आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म यात्रुहरुको आवतजावतको लागि विद्युतीय बसको व्यवस्था, पर्याप्त व्यागेज ट्रलिहरुको व्यवस्था गरिएको।
- भूकम्पबाट क्षति भएका ९२० पुरातात्त्विक सम्पदाहरुको मर्मत सम्भार र पुनर्निर्माणको कार्य हालसम्म ७२६ वटा (७९ %)सम्पन्न भएका साथै बाँकी सम्पदाहरुको पुनर्निर्माण कार्यभइरहेको।
- कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नतयार भएको ।
जनतामा आशा र भरोसा जगाउन सेवा प्रवाहमा सुधार
- दुर्गम क्षेत्र उडान गर्ने तीन थान साना जहाज टेन्डर गरी मुल्यांकनको चरणमा रहेको । वर्षौं अगाडिबाट ग्राउन्डेड जहाज मर्मत गरी सञ्चालनमा ल्याउन मर्मतसम्भार अगाडी बढेको । ट्रङ्क रुटमा उडान गर्ने ३ वटा र अन्तर्राष्ट्रिय उडानको लागि न्यारf] बडी ३ वटा जहाजको लिज प्रक्रिया अघि बढेको। लामो समय देखी थन्किएर रहेका चिनियाँ जहाज लिलाम बिक्री प्रक्रिया अगाडि बढेको।
- नेपाल वायुसेवा निगमले ३ (तीन) वर्षमा ३ (तीन) गुणाले व्यापार वृद्धी गरेको ।
- सम्पदा सरसफाई निर्देशिका जारी गरी सम्पदा सरसफाईलाई निरन्तरता दिदै आएको,
- वायुसेवा निगम र नारायणहिटी दरवार संग्रहालयमा इ – टिकट लागु गरिएको,
- एयरपोर्ट सरसफाई गरी स्यानिटरी प्याड तथा संगीत सहितको सौचालय व्यवस्थापन गरिएको तथा अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन परिसरमा रहेको गुनासा सम्बोधन गर्दै यात्रुमैत्री विधुतीय भर्याङ र नयाँ लिफ्ट जडान गरिएको,
- लगेज हराउने समस्यालाई चुस्त गुनासो सुनुवाईको प्रवन्ध गरी यात्रु गुनासो न्यूनीकरण गरिएको,
- सम्पदा बस यात्रा (हप अन हप अफ) सेवा परीक्षणको रुपमा सुरु गरिएको ,
- वायुसेवा निगमलाई व्यवस्थापन करारमा लान अध्ययन समिति बनाई कार्य प्रारम्भ गरिएको,
- निजगढ़ विमानस्थल निर्माणको कार्य प्रारम्भिक रुपमा अघि बढाइएको,
- गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक तयारी गरिएको।
- पशुपति हिन्दु,रैथाने र पर्यटन विश्वविद्यालय स्थापनाको लागि अध्ययन अघि बढाइएको,
- पर्वतारोहणका लागि पर्यटक सूचना व्यवस्थापन प्रणाली (TIMS) लागु गरिएको,
- वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय सुधार अध्ययन समिति बनाई सो समिति बाट प्राप्त प्रतिवेदन कार्यन्वयन र सुधार कार्यलाई तिब्रता दिइएको,
- पशुपतिमा निशुल्क विधुतीय शव दाह गृह संचालन गर्ने कार्य अन्तिम चरणमा पुगेको,
- पर्यटन तथा सांस्कृतिक कुटनीतिलाई प्रभावकारी बनाउन पोखरामा नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट फेस्टिभल र लुम्बिनी तथा पोखरामा नेपाल भारत संयुक्त योग कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको,
- नयाँ सम्पदा निर्माण ( कहिरन पहाड र रिसिया पहाड) को अवधारणा ल्याई कार्य अघि बढाइएको,
- खुला संग्रहालय, मौखिक ज्ञान संग्रहालय, सम्पदा गाँउ निर्माण (लुम्बिनी), पुरानो सांस्कृतिक गाँउको खोजी गर्ने कार्य अगाडि बढाइएको।
- पशुपति क्षेत्रको सुकुम्वासी समस्या समाधान र संस्थाको नाममा रहेको जग्गा हाल साविक गर्ने कार्य अन्तिम चरणमा रहेको।
- नेपालबाट विभिन्न ढङ्गले विदेशिएका मूर्ति तथा सम्पदाहरु हालसम्म 145 वटा फिर्ता ल्याइसकिएको र बाँकी फिर्ता ल्याउने कार्य जारी रहेको।
- राजतन्त्रकालीन समय देखि गैरकानुनी तरिकाबाट पशुपतिमा विसंगतिपूर्ण कार्य गर्ने सयभन्दा बढी संख्यामा रहेका सल्लाहकार हरु खारेज गरिएको
- वर्षौं देखि ९ रोपनी जग्गा वार्षिक ५१ हजारमा गैर कानुनी तरिकाबाट संचालन गरिरहेको पशुपति गौशाला धर्मशालाको सम्झौता रद्ध गरी समसामयिक बनाउन नयाँ प्रक्रिया थालनी गरेको,
- पर्यटकलाई लक्षित गर्दै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नका लागि सांस्कृतिक संस्थानमार्फत प्रत्येक शुक्रबार मौलिक संस्कृति झल्कने कार्यक्रमको प्रस्तुति प्रारम्भ भएको।
- अभौतिक सांस्कृतिक सम्पदाहरुलाई कार्यविधि तयार गरी सूचीकरणको कार्य प्रारम्भ भएको।
- “नेपाल घुमौं नेपाल चिनौं” भन्ने कार्यक्रम अन्तर्गत पर्यटकका लागि सम्पदा नाटक,घुमन्ते अभियन्ताहरुसंग सहकार्य, रैथाने खाना महोत्सव,जात्रा महोत्सव जस्ता कार्य अघि बढाइएको |
प्रतिक्रिया