बीमा कम्पनीलाई जलवायु जोखिम सम्बन्धी मूल्यांकन गर्न किन कठिनाइ ?

बीमा कम्पनीलाई जलवायु जोखिम सम्बन्धी मूल्यांकन गर्न किन कठिनाइ ?


पछिल्लो समय जलवायु परिवर्तन र यसको असर सम्बन्धी विषयवस्तु विश्वव्यापी बन्दै गइरहेको छ । बीमा कम्पनीले पनि विभिन्न किसिमका जोखिम व्यवस्थापनका लागि विभिन्न किसिमका कोष बनाउँदै आइरहेका छन । यसै सन्दर्भलाई जोड्दै नेको इन्सुरेन्स लिमिटेडका  सूचना अधिकृत बिष्णु प्रसाद धितालसँग बैकिङ्ग समाचारको तर्फबाट  नमुना के. सीले गरेको सम्पादित अंशः

बीमा कम्पनीलाई जलवायु जोखिम सम्बन्धी मूल्यांकन गर्न किन  कठिनाइ ? 

हरेक कुरा नयाँ हुँदा बुझ्न समय लाग्छ । जलवायु समस्या छ तर यसलाई बीमामा जोड्न समय लागेको हो ।
\"\"
जलवायु जोखिमको व्यवस्थापन नगर्दा बीमा कम्पनीको महत्व कस्तो ? त्यसको बीमा गर्ने तपाईहरुका प्रावधानहरु कस्ता छन ?

जलवायु बीमा सम्बन्धी जोखिम बहन गर्ने कुनै बीमा लेख आइसकेको  छैन । जलवायु जोखिमले गर्दा क्षति धेरै भइरहेको छ । वर्षा आउने, बाढि, पहिरो आउने क्षती हुने तर त्यसको बीमा नभएकै कारण समस्या भइरहेको छ । हाम्रो बीमालेखमा सबै जोखिम बहन नीति हुन्छन । त्यस्तो अवस्थामा सबै क्षतिको आवरण गरेको हुन्छ । असार, साउनमा भएको क्षतिको मात्र क्षतिपूर्ति दिन्छ । अरु बेला भएको दिन्न भन्न पाइदैन । तर असार–साउन वर्षाको बेला आउँछ भन्नु अनुमान हो ।  तर कात्तिक–मसिंरमा पनि बाढि पहिरो आएर क्षति भइरहेको हुन्छ  । यस्तोमा धेरै समस्या आउँछ ।
\"\"
बीमा प्राधिकरणले विश्व बैंकसगँको सहकार्यमा जलवायु जोखिम सम्बन्धी निर्देशिका जारी गरेको छ ? यसमा बीमा कम्पनीलाई के कस्तो चुनौतिहरु आउन सक्छन ? 

बीमा प्राधिकरणले पनि केही समय पहिला निर्देशिका जारी गरेको छ । यसमा एक बर्षे, तीन बर्षे र पाँच बर्षे योजना छ । यो गत २०७९ साउनदेखि लागु भएको हो । अहिले हामी प्रारम्भिक चरणमा छौँ ।  जलवायु जोखिमसम्बन्धी कमिटि बनाउने र आगामी तीन बर्षमा बीमा कम्पनीले बेच्ने प्रोडक्टमा जलवायु जोखिमलाई कसरी बहन गर्ने, प्रिमियम कसरी निर्धारण गर्ने भन्ने काम गर्नुपर्छ ।

भविष्यमा बीमा प्राधिकरणको निर्देशिका अनुसार बीमा कम्पनीहरुले जलवायु  सम्बन्धी जोखिमको व्यवस्थापनको लागि कसरी अधि बढ्न सक्छन ?  

जलवायु जोखिम सम्बन्धी बीमालेखमा ढाचाँ नै परिवर्तन गर्नुपर्ने छ । जलवायु परिवर्तनले हरेक पक्षलाई असर गरिरहेको हुन्छ । जस्तै मानव जीवनमा, पशुबीमामा, खेतिपातिमा असर गरिरहेको छ । अब जलवायु  सम्बन्धी जोखिमको व्यवस्थापनको लागि पनि बीमा कम्पनीले पहिले जसरी नै काम गर्नेछन ।
\"\"
जलवायु जोखिम व्यवस्थापन गर्नु किन आवश्यक छ ? यसको व्यवस्थापनमा बीमा कम्पनीहरुले कसरी हातेमालो गर्न सक्छन ?

जलवायु जोखिम नेपालमा मात्रै नभई विश्वव्यापी समस्या हो । यसलाई व्यवस्थापन गर्न यो प्रत्यक्ष रुपमा  देखिने पनि होइन । कुनै क्षति हुनलाई जलवायु परिवर्तनको कारणले भयो या साधरण हो भन्ने कुरा छुट्टयाउन ग्राहो हुन्छ । बेमौसममा भयो भने जलवायु परिवर्तनको कारणले भन्न मिल्छ । यसको कारण भनेको तिब्र औद्योगिकरण, शहरीकरण जस्ता विषयहरु नै हुन ।  यसलाई न्युनिकरण गर्ने,  यसलाई कसरी  घटाउने र बीमाले त्यसलाई बहन कसरी गर्ने भन्ने व्यवस्थापन गर्नु आवश्यक छ ।