विदेशमा मान्छे हिँड्दा र बोल्दा पनि बीमा गर्छन, नेपालमा खोई ?

विदेशमा मान्छे हिँड्दा र बोल्दा पनि बीमा गर्छन, नेपालमा खोई ?


सुदर्शन आचार्य, सूचना अधिकृत, सिदार्थ प्रिमियम इन्स्योरेन्स

एउटा व्यक्ति सुरक्षित रहन र भविष्यको जोखिमबाट बच्न बीमा चाहिन्छ । कसैले आर्जन गरेको सम्पतीदेखि आफ्नै जीवनको समेत सुरक्षा बीमाले गर्ने भएकोले बीमा आवश्यक छ । अझै पनि बीमा व्यवस्थित हुन नसक्नु समग्र मुलुककै विडम्वना हो । बीमा व्यवस्थित हुन नसकेको भन्दा पनि अहिले बीमा कम्पनीहरुबीच बढिरहेको अस्वस्थ प्रतिस्पर्धा र त्यसलाई कुशल  नियमन र सुपरिवेक्षण गरी बीमा कम्पनीहरुलाई थप व्यवस्थीत गर्नेमा प्राधिकरण लागिरहेको छ । ऐन २०७९ का अनुसार बीमा कम्पनीहरुलाई वित्तिय अनुशासन अबलम्वन गर्ने र गराउनेर्फ प्राघिकरण पनि लागिरहेको छ । यद्यपी बीमा सुरक्षित लगानी, बचत गर्ने बानीको विकास, सम्पति जोखिममा पर्दा क्षतिपूर्ती दिने सजिलो माध्यमको रुपमा स्थापित छ । त्यसैले बीमाको महत्व धेरै छ । आजको दिनमा यो आवश्यकता मात्रै नभई बाध्यता नै हो भन्दा फरक नपर्ला । यसै सन्दर्भलाई जोड्दै सिदार्थ प्रिमियम इन्स्योरेन्सका सूचना अधिकृत सुदर्शन आचार्यसँग बैकिङ्ग समाचारको तर्फबाट नमुना के.सीले गरेको कुराकानीको सम्पादित अशंः 
\"\"
बीमा एक व्यत्तिको उत्कृष्ट छनोट कि बाध्यता ?
बीमा भनेको जोखिम हस्तान्तरणको विधि हो । बीमा आफ्नो लागि गरिने भएकाले बीमा उत्कृष्ट छनोट हो । यसले वित्तिय सुरक्षा प्रदान गर्दछ । आफ्नो सम्पतीको सुरक्षाको लागि गरिने  पद्दति भएकोले  बीमा उत्कृष्ट छनोट हो ।

गुणस्तरीय बीमा बनाउन बीमा कम्पनिहरुले के–के गर्न सक्छन ?
बीमा कम्पनिले दिने सेवालाइ गुणस्तरीय बनाउने हो । ग्राहकप्रति गर्ने ब्यवहार, कम्पनीको संस्कार, ग्राहक प्रतिको झुकाव र लगाव र एउटा समय सिमामा हरेक ग्राहक जुन काम लिएर आउँछ त्यसलाई प्रभावकारी सेवा दिने कुराले बीमाका कामहरुलाई गुणस्तरीय बनाउन महत्वपूर्ण भुमिका खेल्छ । कम्पनीले निर्माण गरेको नीति–नियम पालना गरेर एउटा मापदण्ड बनाएर त्यसलाई उत्कृष्ट बनाएर जाँदा बीमाका सेवाहरु जनस्तरमा सहजै पुग्न सक्दछ । 

ग्रामिण क्षेत्रमा बीमा सम्बन्धी जनचेतना कसरी पुर्याइरहनु भएको छ ?
हामीले विशेषगरी निश्चित कार्यक्रम बनाएर ग्रामिण क्षेत्रलाई ध्यानमा राखेर बीमा सचेतना कार्यक्रम गर्दै आइरहेका छौँ । कतिपय अवस्थामा हामी आफै पनि गइरहेका छौँ । पालिकाको सहयोग पनि हामीले  लिईरहेका छौँ । बीमा प्राधिकरणले पनि सहयोग गरिरहेको छ । तर त्यतिले मात्रै सबै ग्रामीण क्षेत्रमा भ्याउने अवस्था छैन । हाम्रो देशमा ७५३ पालिका छन । त्यसको वडा स्तरीय समिति छुट्टै छ । उहाँहरुको ठुलो सञ्जाल छ । त्यसमार्फत बीमा सचेतना कार्यक्रम गर्न सकेको खण्डमा झनै बीमाको पहुँच सबैमा पुग्न सक्दछ । कतिपय पालिकाहरुको निति तथा कार्यक्रममा बीमाको कुरा उठेकै हुँदैन । त्यो अवस्थालाई छाडेर बीमासँग सहकार्य गरेर जानुपर्छ भन्ने हामीलाई गागिरहेको छ । बीमा कम्पनीसँग मिलेर पालिकाहरुले एउटा मात्र सचेतना कार्यक्रम गर्ने हो भने हामी धेरै ठाउँसम्म पुग्न सक्छौँ । यसमा थुप्रै सम्भावनाहरु छन तर काम गर्न सकिएको जस्तो लाग्दैन । यसमा स्थानीय तहहरुले पनि ध्यान दिनुपर्छ र बीमा कम्पनीहरुले पनि सक्दो प्रयास गरिरहेको छ । 

आम नागरिकले स्वइच्छाले बीमा गर्ने वातावरण कसरी बनाउन सकिन्छ ?
अभिकर्ता जीबन बीमा मात्रै निर्जीवन बीमामा पनि हुन्छन । निर्जीवन बीमाको कुरा गर्ने हो भने सम्पतीको बीमा गर्ने हो । तर यसमा अभिकर्ताको त्यति ठुलो भुमिका हँुदैन । उनीहरुले एउटा सहजकर्ताको काम गर्ने हो । उहाँहरु कानुनी रुपमा एजेन्ट हुन । कानुनले नै व्यवसाय गर भनेको छ । त्यसकारण उहाँहरुको व्यवसायलाई अन्यथा भन्ने कुरा हुँदैन । अधिकारले नै काम गर्नु भनेको छ । अभिकर्ताले अरुको लागि बीमा गरदिने हो । त्यसको फाईदा जसले बीमा गरेको त्यसैले लिन्छ । आम नागरिक सबैले बीमा गर्नुपर्छ । बीमा भनेको वित्तिय सुरक्षाको अंग नै बनिसकेको छ । त्यसकारण अभिकर्ता मार्फत पनि बुझेर बीमा गर्नुपर्छ। यसमा अभिकर्ता मार्फत होस या आम नागरिकले स्वइच्छाले बीमा गर्न पाउने व्यवस्था दुवैतर्फबाट महत्वपूर्ण रुपमा हेरिएको छ । 

\"\"खासगरी बीमा कुन वर्गलाई आवश्यक छ र किन ?
बीमा सबैलाइ आवश्यक छ । सम्पती सबैसँग हुन्छ । सम्पती हुने बित्तिकै जोखिम पनि हुन्छ । जोखिम न्युनिकरण गर्न बीमा चाहिन्छ । कम आम्दानी हुने वर्गलाई बीमा झनै आवश्यक छ ।

बीमा कम्पनीहरुले बीमा शिक्षालाई कसरी हेरिरहेका छन ? 
बीमा शिक्षा कम्पनीमार्फत जानू भन्दा राज्यले तय गर्ने विषय हो । हामीले पनि विद्यालयमा बीमा भनेको के हो भन्ने कुरा कहिल्यै पनि  पढेनौँ । बीमा भनेको के हो ? बीमाले के गर्छ ? यस्ता कुराहरु विद्यालयदेखि नै सिकाउनु जरुरी छ । अहिले कुनै–कुनै विषयमा बीमा पढाउन थालिएको पनि छ । कम्पनीहरुले त बीमा गर्न अनुरोध गर्ने हो ।

आजको युगमा बीमा बिनाको संसार नै कल्पना गर्न सकिँदैन । विदेशमा त झन मान्छे हिँड्दा बीमा गर्छन । उनीहरु बोल्दा पनि बीमा गर्छन । तर हामीकहाँ त्यस्तो खालको बिचार नै विकास भएको छैन, किनभने बीमा सम्बन्धी शिक्षा नै छैन हामीसँग छैन । अहिले बल्ल–बल्ल तेस्रो पक्ष बीमा गर्ने भएकाले बीमा चाहियो, किनभने  मोटरसाइकलको व्लु बुक नविकरण गर्न त्यसको आवश्यक पर्छ । तर बीमा गर्दा तेस्रो पक्षको हानी–नोक्सानी बीमाले बहन गरेको छ भन्ने सोच नै छैन । यसलाई नविकरण गर्न बाध्यकारी बनाएको हुनाले मात्रै गरिएको भन्ने धारणा छ तर त्यसको फाइदा हेरेर गरिएकै छैन । त्यसैले बीमा  शिक्षाको कमि अत्याधिक छ । बीमा नबुझेर, नबुझाएर नै हामी बीमामा अलिक पछाडी परेको छौँ ।