बैंक अफ काठमाण्डूको क्यूआर सेवा पूर्वी नेपालका विभिन्न बसहरुमा उपलब्ध

बैंक अफ काठमाण्डूको क्यूआर सेवा पूर्वी नेपालका विभिन्न बसहरुमा उपलब्ध

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार क्यूआर विस्तारित गर्नेक्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ क्यूआर सेवा सुभारम्भ गरेको छ ।

बैंकले फागुण २८ गते एक औपचारीक कार्यक्रमका बिच सेवा शुभारम्भ गरेको हो । कउक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यूआर हस्तान्तरण गरे ।

यस सेवाको शुभारम्भ संगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्नुहुने सम्पूर्ण महानुभावहरुले बसमा राखीएको बैंक अफ काठमाण्डूले हस्तान्तरण गरेको क्यूआरलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

साथै,कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बससेवा प्रयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुले क्यूआर स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकद्वारा राखिएको क्यूआर छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।