नेपाल सेवा लघुवित्तको नाफा ६१९.१६% ले बढ्दा अन्य सूचक कस्तो ?

नेपाल सेवा लघुवित्तको नाफा ६१९.१६% ले बढ्दा अन्य सूचक कस्तो ?


बैकिङ्ग समाचार ।

नेपाल सेवा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८५ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । नाफा गत वर्षको भन्दा ६१९.१६% धेरै हो । गत वर्ष यस कम्पनीले ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी पनि २२७.८१% बढाएर २ करोड २३ लाख रुपैयाँ पुर्याएको छ । 
 

गत वर्ष यसले ६८ लाख ३ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले पुस मसान्तसम्म फसेको ५४ करोड ९६ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । यसले गर्दा पनि नाफा बेस्सरी चुलिन सहयोग पुगेको छ । यता, कम्पनी पुससम्ममा ५३ करोड ५९ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष कम्पनी २ लाख ५७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 

हाल यसको चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ करोड २९ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा भने बढेर ४.१५% भएको छ । गत वर्ष खराब कर्जा १.७०% रहेको थियो । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ५ पैसा रहेको छ ।