नेपाल बैंकले नागरिक लगानी कोषको ७० करोड बढीको शेयर बिक्री गर्दै

नेपाल बैंकले नागरिक लगानी कोषको ७० करोड बढीको शेयर बिक्री गर्दै


बैकिङ्ग समाचार ।

नेपाल बैंक (NBL) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गरेर कम्तिमा ७० करोड ४४ लाख रुपैयाँ आर्जन गर्ने भएको छ ।

बैंकले कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

उक्त शेयर चैत ३ गतेदेखि १७ गतेसम्म बिक्रीमा आउनेछन् । शेयर खरिद गर्न इच्छुक योग्य संस्थापक शेयरधनीहरु, कम्पनी जोसुकै व्यक्ति तथा संघ संस्था, चैत १७ गतेसम्म बोलपत्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५०२ रुपैयाँ ५० पैसा तोकेको छ । शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतमको सीमा तोकिएको छैन् ।

उक्त शेयर बिक्री गरेर नेपाल बैंकले कम्तिमा ७० करोड ४४ लाख १४ हजार ७० रुपैयाँ आम्दानी गर्नेछ । कम्पनीका अनुसार बोलपत्र आवेदन फारम एनआइबिल एस क्यापिटलमा बुझाउनुपर्नेछ ।

\"\"