स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


बैकिङ्ग समाचार ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । संस्थाले १२.३९% बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो । 
साथै, अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार फागुन १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।