फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं– फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । प्रभु बैंकको स्वामित्वमा रहेको यो संस्थाले बैंककै नाममा रहेको फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यसका लागि आगामी चैत ११ गतेसम्म ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिनेछ।