प्रिमियर इन्स्योरेन्सले चैत २३ गते साधारण सभा मार्फत लाभांश पारित गर्दै, बुक क्लोज कहिले ?

प्रिमियर इन्स्योरेन्सले चैत २३ गते साधारण सभा मार्फत लाभांश पारित गर्दै, बुक क्लोज कहिले ?


बैकिङ्ग समाचार ।

प्रिमियर इन्स्योरेन्सले प्रस्ताव गरेको ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश चैत २३ गते पारित गर्ने भएको छ । कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत गराई चैत २३ गते २७औं वार्षिक साधारण सभा मार्फत लाभांश पारित गर्ने निर्णय कम्पनीको फागुन २६ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । 

सभा कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे आयोजना गरिने कम्पनीको भनाइ छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ४५ लाख ६० हजार छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ११ करोड ८७ लाख ६७ हजार बराबरको नगद लाभांश दिन लागेको हो । निर्जीवन बीमा कम्पनीले पुर्‍याउनु पर्ने पूँजी कायम गरिसकेको कम्पनीले यस वर्ष नगदमा जोड दिएको हो । 

गत वर्ष लगानीकर्ताको हात खाली बनाएको यस कम्पनीले अघिल्लो वर्ष भने ८४ प्रतिशत बोनस वितरण गरेको थियो । आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कम्पनीले हालसम्मकै उक्त उच्च लाभांश वितरण गरेको हो । हालसम्मकै कम लाभांश कम्पनीले यस वर्ष दिन लागेको हो ।

विगतका वर्षहरुमा कम्पनीले न्यूनतम १३ दशमलव ५२ प्रतिशतसम्म लाभांश दिएको थियो । यस कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्मा रू. ३५ करोड ३८ लाख ७० हजार खुद नाफा गरेको थियो । यो नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म भने रू. ७ करोड ९० लाख २९ हजारमा सीमित भएको छ । 

यस वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफामा असर परेको हो । गत वर्ष पहिलो त्रैमाससम्म रू. १५ करोड १४ लाख ३९ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १४ करोड ५ लाख २२ हजार आम्दानी गरेको हो ।