तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, १२ प्रतिशत बोनस शेयर वितरण गर्ने 

तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, १२ प्रतिशत बोनस शेयर वितरण गर्ने 


बैंकिङ्ग समाचार ।

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १३ औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ । 

बैंक सञ्चालक समितिको फागुन २१ गते बुधबार सम्पन्न सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५ दशमलव ७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बोनस वितरण पश्चात १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ पुग्नेछ।

अघिल्लो आव २०७४/७५ बाट पनि बैंकले १२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।