‘डिजिटल टान्सफर्मेसन बैंकिङ्ग क्षेत्रको लागि रोजाई नभई अपरिहार्यता’

‘डिजिटल टान्सफर्मेसन बैंकिङ्ग क्षेत्रको लागि रोजाई नभई अपरिहार्यता’


बैंकिङ्ग समाचार, काठमाडौं । 
डिजिटल बैंकिङ्ग अहिले मूलधारको वित्तीय उपकरणका रूपमा विकास हुँदै गएको छ । यसमा मोबाइल र इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड लगायतका अन्य डिजिटल माध्यमहरु प्रयोग गर्नेहरूको संख्या समग्रमा बढिरहेको छ । खाता खोल्ने, ऋण लिने, भुक्तानी गर्ने, पैसा पठाउने जस्ता आधारभूत बैंकिङ्ग सेवाहरू अहिले घरघरमै डिजिटल माध्यमबाट उपलब्ध छन । अहिलेको पुस्ता प्रविधिसँग अभ्यस्त हुन थालेकाले बैंकहरूले पनि प्रविधिमा आधारित ‘प्रडक्ट’ थपिरहेका छन। उनीहरुकै माग बमोजिम विविध प्रोडक्टहरु थपिरहेको मेगा बैंकमा ‘चिफ मार्केटिङ्ग अफिसर’ को रुपमा कार्यरत मनोज खड्का बताउँछन । उनी भन्छन, ‘घरमा नयाँ पुस्ताले पुरानो पुस्तालाई प्रविधिमा आधारित आधारभूत ज्ञानहरु प्रवाह गर्ने क्रम पनि बढिरहेको छ । इन्टरनेट र ब्रोडब्यान्ड अनि स्मार्ट फोनको पहुँच ग्रामीण क्षेत्रमा पुगेसँगै डिजिटल बैंकिङ्ग सेवा पनि गाउँ–गाउँसम्म पुगेको छ । बैंकभित्रको आन्तरिक कामकार्य (इन्टरनल अटोमेसन) लाई प्रविधिमा आधारीत भएर अगाडी बढाउने देखि ग्रामीण क्षेत्रका बासीन्दासम्म सबैले घरमै बसेर प्रविधिमा आधारीत कारोबार गर्ने वातावरण बनेको छ । यो सकरात्मक पक्ष हो ।’

‘आफ्ना सम्पूर्ण ग्राहकहरूलाई डिजिटल माध्यमबाट पूर्णरुपमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले मेगा बैंक नेपालले पनि प्रविधिमा आधारित कारोबार चुस्तदुस्त बनाएको छ । ‘यसको थप प्रोत्सानको लागि ‘डिजिटल ट्रान्सफर्मेसन स्टेरिग कमीटी’को संरचना बनाईसमेत बनाएर काम गरेका छौँ ।’ उनले भने, ‘अहिलेको पुस्ताको प्रविधितिर बढी झुकाव भएका कारण पनि यस्तो सेवा दिएका हौँ ।’

\"\"टेम्पो चढ्दा पनि क्यूआर कोडबाट पैसा तिर्न सकिने

तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढेको मेगा बैंकका २०७ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २,५०० भन्दा बढि मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन । करिब १२ लाख ग्राहक रहेको यस बैंकमा अनलाईनमार्फत कारोबार गर्ने करिव ७ लाख ग्राहकहरुहरुले कुनै न कुनै डिजिटल माध्यबाट कारोबार गर्ने गरेका छन । यस्ता ग्राहकहरुलाई डिजिटल बैंकिङ्गमा मेगा बैंकले नयाँपन प्रदान गर्न हरबखत प्रयास गरेको खड्का बताउँछन । उनी भन्छन ‘यसको प्रोत्सानमा हामीले हालसालै टिक बैंकिङ्गको सुरुवात गर्यौ । यदी ग्राहकहरुले बैंकका नयाँ प्रोडक्टहरुको बारेमा जानकारी लिन खोजेमा हामीले हाम्रो डाटाबेस मार्फत उसलाई ‘अप्रोच’ गर्छौ । यस्तै हामीले ‘भिडियो  अकाउन्ट ओपनिङ्ग’ अभियान पनि सञ्चालन गर्यौ । जहाँ ग्राहकहरुले बैंकमा ‘भिडियो कल’ गरी नयाँ खाता खोल्न सक्नुहुनेछ । यस्तै हामीले  ‘वीच्याट–पे’ को पनि सुरुवात गरेका छौँ । हामीले ‘च्याट बड’ को पनि व्यवस्था गरेका छौँ । त्यहाँ आफुलाई लागेको बैंक तथा बैंकका सेवा सुविधाका बारेमा सामान्य जानकारी आफैँ प्रदान गर्ने व्यवस्था गरिएको हुन्छ ।’ 

डिजिटल बैकिङ्गको प्रयोगका लागि वित्तिय ज्ञान अपरिहार्य छ । वित्तीय साक्षरतामार्फत डिजिटल बैकिङ्गमा प्रयोग हुने प्रविधिका उपकरणहरुको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभका बारेमा जनसमुदायमा ठूलो शिक्षा दिने गर्छ। वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग र बचत मात्रै नभई डिजिटल प्रणालिका बारेमा समेत ज्ञान प्रदान गर्न सक्ने खड्का  बताउँछन । मेगा बैंकले वित्तिय ज्ञान प्रदानको लागि जनसमुदायमा थुप्रै ज्ञान प्रदान गर्ने कार्यहरु गरेको पनि उनले सुनाए । उनले भने, ‘डिजिटल बैकिङ्गको प्रयोग र प्रोत्सानको लागि हरेक व्यक्ति, परिवार, समुदाय सबैलाई एकिकृत बैंकिग सचेतना प्रदान गर्नमा बैंक लागेको छ । अझैँ पनि परम्परागत बैकिङ्ग कारोबार त कम भएको छैन । तैपनी डिजिटल प्रणालिमा जानुपर्ने हाम्रो मुख्य एजेन्डा हो ।’

यो युग भनेको डिजिटल ट्रान्सफर्मेसनको हो । यकातिर पुर्वाधार निर्माण र अर्कातिर यसको प्रयोगको बारेमा दिने सूचना तथा जानकारी यी सबै कुरा यतीबेलाका चुनौतिहरु हुन् । ‘डिजिटल बैंकिङ्गको प्रयोगलाई हामीले चुस्तदुस्त त बनाउने भनेका छौँ तर बैंक भित्रैका कर्मचारी तथा हाम्रा सम्पूर्ण सम्बद्ध पक्षहरु अझै  तयार छन या छैनन भन्ने विषयलाई पनि हामीले ख्याल राख्नुपर्ने  छ ।’ उनले भने, ‘हाम्रो बैंकले बैंक भित्रैबाट यसको प्रयोग सुरु गरिसकेको छ । बैंक भित्रका स्टाफहरुलाई ट्रेनिङ दिएर हुन्छ कि उनीहरुलाई थप मनोबल प्रदान गरेर । यसो गर्दा उहाँहरुले ग्राहकहरुलाई अत्यान्तै राम्रोसँग बुझाउन सक्नुहुनेछ । अझ बैंकभीत्रका कामकार्यहरु ‘पेपरलेस’ भएका छन । बैंक यसमा गम्भीर भएर लागेको छ ।’

\"\"
अहिले धेरै नागरिकको बैंक खाता छ । अधिकांश व्यवसायीहरूको पनि बैंक खाता छ । त्यसैले सम्भव भएसम्म बढीभन्दा बढी नागरिकहरूलाई नगदरहित डिजिटल कारोबारको प्रोत्साहन गर्न सबै पक्षले आ–आफ्नो स्थानबाट पहल गर्न जरुरी छ । यसको जती प्रयोग बढ्दै जान्छ त्यती नै धेरै जाखिमहरु त आउँछन नै । यस्ता जोखिमहरुको विषयमा छलफल गर्दै खड्काले भने, ‘हामीले हाम्रा सिस्टमहरुलाई बलियो बनाउनुपर्ने छ । डिजिटल कारोबार गर्दा विभिन्न च्यानलहरुको प्रयोग हुन्छ । यसबीचमा विभिन्न च्यानलहरु हुन्छन । त्यस्ता च्यानलहरुमा सामान्य समस्याहरु आउँदा पनि सानो सानो कारोबार पनि नहुने हुन्छ । मेरो बुझाईमा पहिला भन्दा अहिले यस्ता समस्याहरु अत्यन्तै कम भएर गएको छ । पहिला सामान्य खालको प्रविधि काम गथ्र्यो भने अहिले सुरक्षीत र भरपर्दो प्रविधिको आवश्यकता पर्ने देखिन्छ । त्यसैले यसको प्राविधिक पूर्वधारको लागि बैंकले यसमा धेरै लगानी गर्नुपर्ने हुन्छ ।’

डिजिटल सेवाको दौडमा विभिन्न चुनौती पनि छन । डिजिटल बैंकको पूर्वाधार तयारीमा कति खर्च गर्ने भन्ने सीमितता छैन। ग्रामीण भेगमा यसको सेवा विस्तार गर्न कठिन छ । स्मार्ट फोन हातमा भएर पनि त्रियाशिल पनि त्यती विश्वस्त भएर लाग्न सकिरहेका छैनन । त्यसैले मेगा बैंक गम्भीर भएर लागेको उनले बताए । उनले भने,‘एकातिर कस्तो खालको सिस्टम र कस्तो उपकरण राख्ने भन्ने हुन्छ भने अर्कोतिर हाम्रो अहिलेको आवश्यकता के हो ? ग्राहकले प्रयोग गर्नसक्ने रुचीका प्रोडक्टहरु के–के हुन ? भन्ने पनि छ । यस्ता समस्याहरुलाई कम गर्दै लैजानुपर्नेमा मेगा बैंक लागेको छ ।’

बेला–बेलामा प्रविधिका कारण वित्तीय दुर्घटनाहरु भएका छन। सोही कारण ग्राहकहरुमा मनोवैज्ञानिक अड्चन हुने गरेको उनी बताउँछन । एटीएमबाट रकम चोरी, बैंकहरुको प्रणाली नै ह्याक गरेर विदेशबाटै पैसा झिकिदिने जस्ता घटनाले मनोवैज्ञानिक त्रास सिर्जना गरिरहेको पाइन्छ । त्यस्ता घटनाले पनि ग्राहकलाई प्रविधिमैत्री बन्न बाधा उत्पन्न गरिरहेका छन। त्यसैले ग्राहकहरुले पनि डिजिटल माध्यमबाट कारोबार गर्दा पिन नम्बर, पासवर्ड लगायतका कुराहरु सुक्षीत राख्नुपर्ने उनले सुझाए । उनले भने ‘ अहिले नेपालमा अलिक खड्केको विषय भनेको ‘नेसनल पेमेन्ट गेटवे’ हो । अनलाइन भुक्तानीलाई सहज बनाउन आफ्नै राष्ट्रिय भुक्तानी प्रणाली ‘नेशनल स्वीच’ (भुक्तानी द्वार) स्थापना गर्ने त सरकारले भनेको छ । तर हालसम्म पनि आएको छैन । यो ल्याउनुपर्ने अहिलेको अत्यन्तै जरुरी विषय हो ।’